अख्तियारले निवर्तमान मन्त्री गुप्तासंग बयान लिने, भोलिलाई बोलायो

Share this
706shares
५ साउन , काठमाण्डौ ।
७८ लाख रुपैयाँ ’घुस डिल’ सम्बन्धी अडिओ सार्वजनिक भएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीबाट राजीनामा दिएका राजकुमार गुप्तालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बोलाएको छ ।
अख्तियारले निवर्तमान मन्त्री गुप्तालाई भ्वाइस परीक्षण गर्नका लागि बोलाएको हो । ’निवर्तमान मन्त्री गुप्तामाथि सोधपुछ गर्न र भ्वाइस परिक्षणका लागि मंगलबार बोलाउने तयारी भइरहेको छ,’ अख्तियार स्रोतले भन्यो, ’यो अनुसन्धानकै प्रक्रियाअन्तर्गत हो।’
निवर्तमान मन्त्री गुप्ताले आफू भ्वाइस परीक्षण गर्न तयार रहेको बताउँदै आएका थिए भने सार्वजनिक भएको अडिओ आफ्नो नभएको दाबी उनको थियो ।
घुस डिलसम्बन्धी अडिओमा मुछिएपछि मन्त्री गुप्ताले असार ३१ गते पदबाट राजीनामा दिएका थिए । भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख र मालपोत कार्यालय कास्कीको तत्कालीन प्रमुखको सरूवा रोक्न ५३ लाख घुस लेनदेनसम्बन्धी ’डिल गरेको’ अडिओ सार्वजनिक भएको भएपछि मन्त्री गुप्ताले राजीनामा दिएका थिए ।
सो  ‘गोप्य घुस डिल’मा मुछिएका गुप्तासंगै अख्तियारले बिचौलिया सुजन लामालाई पनि बयानका लागि डाकेको छ । मालपोत र भूमि आयोगका अधिकारीलाई हातमा लिएर पोखराको बाटुलेचौरस्थित लिची बगैंचाको जग्गा हत्याउन गरिएको सेटिङको अडियो गत साता सार्वजनिक भएको थियो ।
घुस प्रकरणमै मुछिएका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी भने अझै पदमा छन् । उनले पत्रकार सम्मेलन गरेर आफूमाथि लागेको आरोपको इन्कार गरेका छन् ।
तर, अधिकारीले लिची बगानको जग्गा हत्याउने योजनाअनुसार छोरामार्फत घुस बुझेको दाबी गरिएको विषय घुस डिलसँगै सम्बन्धित अडियोमै सुन्न सकिन्छ ।
यस प्रकरणमा भूमि व्यवस्था मन्त्रालयका तत्कालीन सचिव अर्जुनप्रसाद पोखरेलले पनि बिचौलियाको योजनाअनुसार काम गराउन ५ लाख रुपैयाँ घुस र मदिरा नै बुझेको दाबी गरिएको अडियोमा सुनिन्छ ।
अधिकारी र गुप्ता एमालेबाट प्रतिनिधिसभा सदस्य हुन् । गुप्ता, बिचौलिया लामा र अर्की एक महिलाबीच जग्गा हत्याउने खेलअन्तर्गत भैंसेपाटीस्थित मन्त्री क्वार्टरमै घुस डिल भएको आशंका छ ।
त्यही संवादमा मन्त्री अधिकारीको संलग्नता रहेको विषय समेटिएको छ । यो विषय र संलग्न व्यक्तिहरु अनुसन्धानका क्रममा रहेको अख्तियारका एक अधिकारीले बताएका छन् ।
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top