×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

उपाधि भिड्न्तमा चुक्यो नेपाल, एन्फाको ‘कमेन्ट सेक्सन’ बन्द

७ श्रावण २०८२
६ साउन , काठमाण्डौं । 
बङ्गलादेशले २० वर्षमुनिको महिला साफ च्याम्पियनशिप जितेको छ । अन्तिम खेलमा हिजो नेपाललाई ४–० गोलले हराउँदै बङ्गलादेश पाँचौं पटक च्याम्पियन बनेको हो ।
यद्यपि महिला साफ च्याम्पियनशिपमा नेपाली टोलीकी स्ट्राइकर पूर्णिमा राई  सर्वाधिक गोलकर्ता बनेकी छन् । उनले ६ खेलमा सर्वाधिक १० गोल गरिन् ।
भुटानविरुद्ध लगातार दुई ह्याट्रिकसहित उनले ७ गोल गरेकी थिइन् । त्यसमाथि श्रीलंकाविरुद्धको खेलमा थप ३ गोल गरेर आफ्नो कुल संख्या १० पु¥याएकी हुन् ।
योसँगै उनले साफ इतिहासको पानामा पनि आफ्नै नाम सुरक्षित गरेकी छन् । उनको यो कीर्तिमानले सन् २०१८ को साफ यु–१८ च्याम्पियनसिपलाई सम्झाउँछ ।
उक्त प्रतियोगितामा बंगलादेशकी फरवार्ड मोसमत सिरात जहान शोपनाले चाङ्लिमिथाङ रंगशालामा ८ गोलको कीर्तिमान बनाएकी थिइन् ।
त्यो कीर्तिमान पूर्णिमाले ७ वर्षपछि भंग गरेकी हुन् । पूर्णिमाले व्यक्तिगत रेकर्ड बनाएपनि नेपाली टोली भने निर्णायक खेलमा चुकेको छ । अहिलेसम्म बङ्गलादेश र भारतले मात्र यो प्रतियोगिताको उपाधि जितेका छन् ।
भारतले जम्मा २ पटक उपाधि जितेको छ । नेपाल तेस्रो पटक उपविजेतामा सीमित बन्यो । यसअघि सन् २०१८ र २०२३ मा नेपाल उपाधिबाट चुकेको थियो ।
दुवै पटक नेपाल बङ्गलादेशसँग नै हारेको थियो । नेपाल तीन पटक तेस्रो भएको इतिहास छ । बङ्गलादेश ६ खेलमा सबै जितेर १८ अङ्कसहित च्याम्पियन बन्यो ।
६ खेलमा ४ मा जीत र २ हारका साथ नेपाल १२ अङ्कसहित दोस्रो बनेको छ । नेपालले बङ्गलादेशसँग पहिलो खेलमा ३–२ ले पराजित भएको थियो ।
बङ्गलादेशसँग हारे पनि नेपालले श्रीलङ्का र भूटानविरुद्ध सानदार जीत निकालेको थियो । तर निर्णायक खेलमा भने बंगलादेशले सहजै बाजी मार्यो ।
तीन खेलको प्रतिबन्ध भोगेर आएकी मोसमत सागोरिकाको ह्याट्रिकसँगै बंगलादेशले उपाधि रक्षा गरेको हो । बंगलादेशको जितमा सागोरिका नायक बनिन् ।
गत जुलाई १३ मा नेपाल र बंगलादेशबीचको खेलमा नेपाली डिफेन्डर सिम्रन राई र सागोरिकाबीच मैदानमै हात हालाहाल र कपाल लुछालुछ भएको थियो ।
सो घटनापछि रेफ्रीले दुवै खेलाडीलाई रातो कार्ड दिएका थिए । रातो कार्ड पाउँदा समान्यतया एक खेलको प्रतिबन्ध लाग्ने थियो । तर, दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले यी दुई खेलाडीलाई ३ खेलको प्रतिबन्ध र समान ५ सय अमेरिकी डलर जरिवाना गरेको थियो।
प्रतिबन्धसँगै सोमबारको खेलमा दुवै खेलाडीले पुनरागमन गरेका थिए । तर, सागोरिकाले आक्रामक खेल देखाइन् । खेलको आठौं मिनेटमै थ्रु बलमा उनले सुन्दर फिनिसिङ गरिन् ।
गोलकिपर सुजता तामाङ अगाडि बढेको अवस्थामा उनलाई बिट गर्दै सागोरिकाले खाली पोस्टमा गोल गरेकी हुन् । पहिलो हाफमा नेपाल १–० ले पछि थियो । तर, सागोरिकाले पुनः नेपालमाथि धावा बोलिन् ।
उनले नेपाली डिफेन्डर सिम्रन र सुजतालाई बिट गर्दै ५२औं मिनेटमा अग्रता दोब्बर बनाइन् । त्यसको ६ मिनेटमै उनले ह्याट्रिक पूरा गरिन्। मध्यभागबाट आएको बलमा उनले हाइट बलमार्फत गोल गरिन् ।
बंगलादेशी खेलाडीबाट आएको लङ बललाई डिफेन्डर अनिशा राई पुग्न सकेनन् । त्यहीबेला सुजता अगाडि बढेकी थिइन् । त्यसैको फाइदा उठाउँदै उनले गोल गरेकी हुन् । ७८औं मिनेटमा सागोरिकाले चौथो गोल गरिन् ।
मुन्की अक्तरले सिम्रनलाई बिट गर्दै दिएको पासलाई उनले सुजताको सामुन्नेबाट गोल गरेकी हुन् । यता नेपालको नमिठो हारले एन्फा समेत तनावमा आएको छ ।
उसले आफ्नो सामाजिक सञ्जाल फेसबुकको ‘कमेन्ट सेक्सन’ बन्द गरेको छ । नेपाली टोली बंगलादेशसँग ४–० गोल अन्तरले पराजित भएलगत्तै एन्फाले फेसबुकमा कमेन्ट गर्न नमिल्ने बनाएको हो ।
नेपाली टोली लगातार फाइनल तथा महत्वपूर्ण खेलहरूमा पराजित हुने क्रम जारी रहँदा खासगरी एन्फा पदाधिकारीहरूलाई सामाजिक सञ्जालहरूमा गाली आउने गरेको छ ।
सोमबार पनि त्यही गालीबाट बँच्न एन्फाले सो निर्णय गरेको हुने सक्ने अनुमान गरिएको छ । एन्फाको यो निर्णयप्रति सामाजिक सञ्जालहरूमा आलोचना भइरहेको छ ।
सामाजिक सञ्जाल प्रयोगकर्ता तथा खेलप्रेमीहरूको आलोचना एन्फा पदाधिकारीहरूप्रति लक्षित छन् । एन्फामा सधैं भइरहने विभिन्न विवादहरूलाई लिएर निराश भएका खेलप्रेमीहरूले पछिल्लो समय सामाजिक सञ्जालमा व्यापक असन्तुष्टि पोखिरहेका छन् ।
हालै एएफसी महिला एसियन कपको छनोट खेलमा नेपाल उज्बेकिस्तानसँग पराजित भएपछि एन्फाभित्र भएका आरोपप्रत्यारोप सामाजिक सञ्जालमा छरपस्ट भएका थिए । ती आरोपप्रत्यारोहरू सामाजिक सञ्जालमा पोखिँदा खेलप्रेमीहरू असन्तुष्ट देखिएका छन् ।
Advertisement

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top