×

NEPAL TIMES UPDATES

Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026
Playing
Top 15 Afternoon News || April-23-2026 || Nepal Times
Apr 23, 2026
Playing
संविधान संशोधनबारे हर्कले दिए ९ बुँदे सुझाव, संसदबाहिर बाटै मन्त्री || Nepal Times
Apr 23, 2026
Playing
होर्मुजमा बारूदी सुरूङ हटाउन Americaलाई ६ महिना लाग्ने || Nepal Times
Apr 23, 2026
Playing
रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन || Nepal Times
Apr 23, 2026
Playing
Iran यु द्धमा Trumpको शक्ति घटाउने विधेयक पाँचौँ पटक अस्वीकृत || Nepal Times
Apr 23, 2026

दुर्घटनाग्रस्त रुसी विमानमा ४९ जनाको मृत्यु, भेटिएनन् जीवित

९ श्रावण २०८२
८ साउन , काठमाण्डौ ।
रुसको पूर्वी अमुर क्षेत्रमा बेपत्ता भएको यात्रुवाहक विमान चीनको सीमा क्षेत्र टिन्डा सहर नजिकै दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ। आपत्कालीन सेवाले इन्टरफ्याक्स समाचार एजेन्सीलाई दिएको जानकारीअनुसार, प्रारम्भिक तथ्याङ्कले दुर्घटनामा कोही पनि जीवित नरहेको देखाएको छ।
समाचार एजेन्सीले रुसी आपत्कालीन मन्त्रालयलाई उद्धृत गर्दै भनेको छ, “टिन्डाबाट १५ किलोमिटर टाढा, एउटा भिरालोमा एन–२४ विमानको भग्नावशेष फेला परेको छ। विमान पूर्ण रूपमा ध्वस्त भएको छ।“ 
यसअघि करिब ४९ जना सवार ’अंगारा’ एयरलाइन्सको एन–२४ विमान अमुर क्षेत्रमा बेपत्ता भएको खबर आएको थियो।  तास समाचार एजेन्सीका अनुसार, खराब मौसम र कम दृश्यता  भएको अवस्थामा अवतरण गर्ने क्रममा चालक दलबाट भएको त्रुटि नै दुर्घटनाको मुख्य सम्भावित कारण मानिएको छ।
रुसी उद्धारकर्मीहरूले विमानको मुख्य भाग  जलिरहेको अवस्थामा फेला पारेको आपत्कालीन मन्त्रालयले जनाएको छ। इन्टरफ्याक्स समाचार एजेन्सीका अनुसार, विमानको भग्नावशेष अमुरमा भेटिएको थियो।
रुसको नागरिक उड्डयन प्राधिकरण द्वारा सञ्चालित एमआई–८ हेलिकप्टरले विमानको जलिरहेको मुख्य भाग देखेको छ,“ मन्त्रालयले टेलिग्राममार्फत जनाएको छ।
विमानस्थलको प्रेस सेवाका अनुसार, विमान स्थानीय समयअनुसार बिहीबार बिहान ७ः३६ बजे खाबारोभस्कबाट निर्धारित समयमै उडेको थियो। विमान ’खाबारोभस्क–ब्लागोभेशचेन्स्क–टिन्डा’ मार्गमा सञ्चालित थियो, तर टिन्डा विमानस्थलबाट केही किलोमिटरको दूरीमा रहँदा राडारबाट हराएको थियो र सम्पर्कविहीन भएको थियो।
पछि एक उद्धार हेलिकप्टरले टिन्डाबाट करिब १६ किलोमिटर टाढा जङ्गलले ढाकिएको पहाडी भिरालोमा विमानको जलिरहेको मुख्य भाग फेला पारेको थियो।
रुसी अन्वेषकहरूले सार्वजनिक गरेका भिडियोहरूमा घना जङ्गल क्षेत्रमा विमानको भग्नावशेषबाट धुवाँको मुस्लो निस्किरहेको देखिन्छ। हेलिकप्टरबाट उद्धारमा संलग्न टोलीले कोही पनि जीवित रहेको प्रमाण नदेखेको स्थानीय उद्धारकर्मीहरूले बताएका छन्।
इन्टरफ्याक्सले जनाएअनुसार, पहिलो पटक अवतरण गर्ने प्रयास असफल भएपछि दोस्रो पटकको प्रयासमा विमान सम्पर्कविहीन भएको थियो। क्षेत्रीय गभर्नर भासिली ओर्लोभले टेलिग्राममार्फत प्रारम्भिक रिपोर्टमा साइबेरियास्थित ’अंगारा’ एयरलाइन्सको उक्त विमानमा पाँच बालबालिकासहित ४३ यात्रु र ६ जना चालक दलका सदस्य सवार रहेको बताएका थिए।
उनले लेखेका थिए, “विमानको खोजीका लागि सबै आवश्यक बल र साधन परिचालन गरिएको छ।“ आपत्कालीन मन्त्रालयले भने विमानमा सवार यात्रुको सङ्ख्या केही कम, करिब ४० जना रहेको उल्लेख गरेको छ।
अमुर क्षेत्रको नागरिक रक्षा एजेन्सीले घटनास्थलमा स्थलमार्गबाट टोली पठाइएको र घना जङ्गलको भू–भागका कारण घटनास्थल पुग्न कठिन भइरहेको जनाएको छ।
टिन्डा सहर मस्कोबाट करिब ६,६०० किलोमिटर पूर्वमा पर्दछ। गत वर्ष सेप्टेम्बरमा पनि यही अमुर क्षेत्रमा तीन जना सवार एक हेलिकप्टर अवैध उडानका क्रममा बेपत्ता भएको थियो।
टास समाचार एजेन्सीका अनुसार, दुर्घटनाग्रस्त विमान करिब ५० वर्ष पुरानो थियो। सन् २०२१ मा यस विमानको उडान योग्यता प्रमाणपत्र सन् २०३६ सम्मका लागि नवीकरण गरिएको थियो।
एन्टोनोभ–२४ सोभियत–कालमा डिजाइन गरिएको एक लोकप्रिय दुई–प्रोपेल्लर विमान हो, जुन सन् १९५९ मा पहिलो पटक सेवामा आएको थियो।
हालका वर्षहरूमा रुसले सोभियतकालीन विमानहरूलाई आधुनिक जेटले प्रतिस्थापन गर्ने प्रयास गरे पनि दुर्गम क्षेत्रहरूमा पुराना विमानहरूको प्रयोग अझै पनि व्यापक छ, जसका कारण बारम्बार दुर्घटनाहरू हुने गरेका छन्।
टिन्डा सहर मस्कोबाट करिब ६,६०० किलोमिटर पूर्वमा पर्दछ। गत वर्ष सेप्टेम्बरमा पनि यही अमुर क्षेत्रमा तीन जना सवार एक हेलिकप्टर अवैध उडानका क्रममा बेपत्ता भएको थियो।
Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top