८ साउन , काठमाण्डौ ।
अमेरिकाले इरानको न्यूक्लियर साइटमा गरेको बमबारी र त्यसको जवाफमा अमेरिकी सैन्य बेसमा इरानले गरेको हमलापछि दुवै देशबीच तनाव चुलिएकै अवस्थमा छ ।
हुन त यसपछि पनि अमेरिकाले इरानलाई परमाणु वार्तामा पुनः आउन आह्वान गरेको छ र इरानले पनि विना शर्त अमेरिका आए वार्ता गर्न सकिने बताएको छ ।
तर पछिल्ला दिनहरुमा भने ट्रम्पले इरानमा फेरि बमबारी गर्न सक्ने धम्की दिन थालेका छन् । यसबीच दुवै देश फेरि एक पटक नयाँ तनावमा देखिएका छन् ।
हालै ओमानको खाडीमा उनीहरु आमनेसामने भएका छन् । ओमानको खाडीमा अमेरिकी युद्धपोत र इरानी हेलीकप्टरका बीच टकराव भएको छ ।
एक इरानी नौसैनिक हेलीकप्टरले एक ठूलो अमेरिकी विध्वंसक युद्धपोतलाई लखेटेको देखिएको छ । जसले यहाँ टकरावको स्थिति उत्पन्न भएको छ ।
यो टकरावको भिडियो पनि सार्वजनिक भएको छ । यूएसएस फिट्जगेराल्ड बुधवार विहान ओमानको खाडीबाट गइरहेको थियो । जसलाई ईरानी हेलीकप्टरले आफ्नो जल क्षेत्रमा नआउन चेतावनी दियो ।
ईरानी मिडियाको दाबी छ कि सो हेलीकप्टरले यूएसको जहाजलाई आफ्नो क्षेत्र खाली गर्न कडा चेतावनी पनि दिएको छ । कयौं मिडिया रिपोर्टमा दाबी गरिएको छ कि अमेरिकी जहाजले इरानी चेतावनीपछि आफ्नो बाटो बदलेको थियो ।
तर अन्य केही रिपोर्टमा भने ईरानी हेलीकप्टरको चेतावनीले अमेरिकी जहाजमा कुनै असर नपरेको पनि बताइएको छ । ईरानका मिडियाहरुमा भनिएको छ, ईरानी पाइलटले अमेरिकाको विध्वंसक जहाजलाई ईरानी जलक्षेत्रबाट टाढा जानका लागि चेतावनी दिएका थिए ।
ईरानी पाइलटको कडा रुपले अमेरिकी जहाजलाई आफ्नो बाटो बदल्न बाध्य पारेको थियो । यो घटनाक्रमले दुवै देशबीच अब ओमानको खाडीमा नयाँ तनाव बढने आशंका गरिएको छ ।
ईरानी सेनाहरुको देशको दक्षिणी तटसंग जोडिएको जलक्षेत्रमा अमेरिकी सेनाहरुसंग भिडन्तको पुरानै इतिहास पनि छ । अब सो दोहोरिने चिन्ता बढेको हो ।
ओमानको खाडीमा यो घटना अमेरिका र ईरानबीच बढिरहेको तनावका बीच भएको हो । हालै ईरानका विदेश मंत्री अब्बास अराघचीले तेहरानले यूरिनियमको संवर्धन जारी राख्नेछ भनेपछि अमेरिका भड्किएको थियो ।
त्यसलगत्तै ट्रम्पले आवस्यक पर्यो भने इरानमा पुनः बमबार गर्ने चेतवानी दिएका थिए । अमेरिका र ईरानबीच कयौं वर्षदेखि तनाव जारी छ । यसको कारण भनेको ईरानको परमाणु कार्यक्रम नै हो ।
अमेरिकाको भनाइ छ कि ईरानले परमाणु बम बनाइरहेको छ, तर तेहरानले भने यसलाई अस्वीकार गर्दै आएको छ । बम होइन नागरिकहरुको आवस्यकता पूरा गर्न र विज्ञानका लागि आफूले परमाणु कार्यक्रम जारी राखेको इरानको भनाइ छ ।
तर अमेरिका र इजारयल यो मान्न तैयार छैनन । फलस्वरुप यिनिहरुले इरानी परमाणु साइटहरुमा हमला गरिछाडे । इजरायलले ईरानमा युद्ध शुरू गर्नासाथ अमेरिका पनि यो मैदानमा हाम्फालिहालेको हो ।
२१ जूनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपले घोषणा गरेका थिए, कि अमेरिकी सेनाले ईरानका तीन परमाणु प्रतिष्ठानहरु– फोर्डो, नतांज र इस्फहानमा हमला गरेको छ ।
यसपछि भने ईरानले पनि कतारमा रहेको अमेरिकी सैन्य अड्डामा हमला गरेको थियो । अब फेरि ओमानको खाडीमा यी दुई आमनेसामने भएका हुन् ।
रिपोर्टका अनुसार इजरायल र ईरानबीच पछिल्लो १२ दिने युद्धपछि यो पहिलो पटक हो, जब अमेरिका र ईरानका सेनाहरु आमने सामने आएका ।
ईरानको दाबी छ कि यूएसएस फिजराल्ड नामको अमेरिकी नेभी डेस्ट्रोयर ईरानी सीमाको नजिक पुगेको हो । यसको जवाफमा ईरानको नौसेनाले हेलिकप्टरलाई सो क्षेत्रमा पठायो जसले अमेरिकी जहाज माथि उडान भर्दै चेतावनी दियो कि त्यसले इरानी जलक्षेत्रबाट टाढा जाओस् ।
अवस्था थप तनावपूर्ण कतिबेला भएको थियो भने जब अमेरिकी जहाजका तर्फबाट पनि जवाफमा धम्की दिइएको थियो कि यदी ईरानी हेलिकप्टर पछाडी हटेन भने त त्यसमा हमला गरिनेछ । तर अन्ततः अमेरिका नै पछाडी सरेको हो ।
किनभने ईरानी वायुसेनाले लगत्तै प्रतिक्रिया दिदै घोषणा गर्यो कि हेलिकप्टर उसको एकीकृत एयर डिफेंस सिस्टमको पूरै सुरक्षाभित्र छ । ईरानी रिपोर्टका अनुसार यो दबावपछी यूएसएस फिजराल्डले दक्षिणतर्फ फिर्ता गएको थियो ।
यद्यपि, अमेरिकाको सेंट्रल कमांडले यी दाबीहरुलाई पूर्णरुपमा खारेज गरेको छ । उसले भनेको छ कि यो मुठभेड़ ‘सुरक्षित र प्रोफेशनल’ थियो र यसले अमेरिकी पोतको मिशनमा कुनै असर पारेन ।
सेन्ट्रल कमांडले अगाडि भन्यो, ईरानका तर्फबाट फैलाइएका भ्रामक सूचनाहरुको विश्वास नगर्नु । यी दुईका दाबीका बीच यूएसएस फिजराल्ड ईरानी जलसीमाको कति नजिक पुगेको थियो भन्ने कुराको अहिलेसम्म स्वतन्त्र पुष्टि भएको छैन ।
यसैबीच ईरानी राष्ट्रपति मसूद पेजेशकियनले भनेका छन् उनको देश इजरायलविरुद्ध युद्धका लागि फेरि पनि तयार छ । उनले भने, यदी इजरायलले युद्ध छेड्यो भने त उनको देशले पनि जवाफ दिन पछाडी पर्ने छैन ।
यसका साथै उनले आफू ईरान र इजरायलबीच भएको युद्धविरामलाई लिएर पनि आशावादी नरहेको बताएका छन् । पेजेशकियनले बुधवार अल जजीरालाई दिएको एक अन्तर्वार्तामा यस्तो बताएका हुन् ।
यसैकारण आफूलाई कुनै पनि संभावित स्थिति र कुनै पनि संभावित प्रतिक्रियाका लागि तयार पारेको पनि उनले सुनाए । उनले भने, इजरायलको हमलामा जोजो प्रमुख सैन्य अधिकारीहरु र परमाणु वैज्ञानिकहरुको हत्या भयो र परमाणु प्रतिष्ठानहरुमा क्षति पुर्याइयो । यसको उद्देश्य ईरानका शीर्ष नेतृत्वलाई अन्त्य गर्नु थियो । तर उनीहरुले यस्तो गर्न पुरै विफल भए।“
यस्तै पेजेशकियनले भने, ईरानले अंतर्राष्ट्रिय विरोधका बावजूद आफ्नो यूरेनियम संवर्धन कार्यक्रम जारी राख्नेछ र आफ्नो परमाणु क्षमताको विकास “अंतर्राष्ट्रीय कानूनहरु अन्तर्गत नै गर्ने पनि उनले बताए ।
उनले भने, “ट्रंप भन्छन् कि ईरानसंग परमाणु हतियार हुनु हुँदैन । हामी पनि यसलाई स्वीकार गर्छौ कि हामीले परमाणु हतियारहरु बनाइका छैनौ । हामी पनि यसलाई अस्वीकार गर्छौ र यो हाम्रो राजनीतिक, धार्मिक, मानवीय र रणनीतिक स्थिति हो।“
उनले भने, “हामी कूटनीतिमा विश्वास गर्दछौं । यसैकारण भविष्यमा हुने कुनै पनि वार्ता दुवै पक्षको जित हुने खालको अर्थात विन विनको स्थितिमा हुनुपर्छ । र हामी धम्कीहरु र आदेशहरुलाई पनि स्वीकार गर्दैनौ“ उनले भने ।
ईरानी राष्ट्रपतिले भने ट्रंपको यो दाबी कि “हाम्रो परमाणु कार्यक्रम समाप्त भएको छ, यो खाली एउटा भ्रम हो“ । “हाम्रो परमाणु क्षमताहरु, हाम्रा वैज्ञानिकहरुको दिमागमा छ, न कि हाम्रा प्रतिष्ठानहरुमा“।
इरानी यो अडान, अमेरिकाका धम्कीहरु र अहिले ओमानको खाडीमा दुई देश आमने सामने भएको स्थितिले के फेरि तनाव बढ्न सक्छ। ट्रम्पले भनेजस्तै के फेरि अमेरिकाले इरानमा बमबारी गर्ला ? इरानी राष्ट्रपतिलाई हालै भएको युद्धविराममा किन शंका लागेको हो ? आफ्ना टिप्पणी अवस्य व्यक्त गर्नुहोला ।
ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला ।
तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।