×

NEPAL TIMES UPDATES

Playing
Iran war 10 Updates,इरानको टापु ध्व स्त, नेतन्याहुलाई खोजेर मा र्ने || Nepal Times
Mar 15, 2026
Playing
रूस पुगे मोज्तबा खामेनी, Putinले गरे उद्यार, नेतन्याहुको ज्या नलाई ख तरा || Nepal Times
Mar 15, 2026
Playing
पदका लागि कोही पनि घरघर नधाउनुहोलाः रवि लामिछाने || Nepal Times
Mar 15, 2026
Playing
पूर्वबाट उदाएको हर्कवाद || Nepal Times
Mar 15, 2026
Playing
World News: अमेरिकीलाई मध्यपूर्व छाड्न सूचना, हर्मुजमा यो*द्धपोत पठाउन Trumpको अपिल || Nepal Times
Mar 15, 2026
Playing
कार्की आयोगको प्रतिवेदनबारे आज निर्णय ? मन्त्रिपरिषद् बैठक बस्दै || Nepal Times
Mar 15, 2026
Playing
इरानले ज्या नको बदला ज्या न लि ने, Netanyahu लाई मा र्ने ध म्की, कहाँ छन् ‘Bibi’? || Nepal Times
Mar 15, 2026
Playing
Iranले खार्गको बदला लिने, मोज्तावाको सूचना दिनेलाई १ करोड डलर पुरस्कार|| Nepal Times
Mar 15, 2026
Playing
मोज्ताबा जिवित कि मृत ?अमेरिकालाई स्विट्जरल्यान्डले हवाईक्षेत्र नदिने || Nepal Times
Mar 15, 2026
Playing
काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल टाइम्सकी पत्रकार संचिताश्रेष्ठ सम्मानित, मन्त्री दिए प्रशंसापत्र
Mar 15, 2026

माधवले आफ्नै पार्टीमा आगो लगाए, झलनाथसँग मागे राजीनामा 

१७ श्रावण २०८२
१६ साउन ,काठमाण्डौं ।
नेकपा एमाले विभाजन गरेर ठूलो राजनीतिक जोखिम मोल्दै गठन भएको नेकपा (एकीकृत समाजवादी) पार्टीभित्रको आन्तरिक कलह सडकमा छताछुल्ल भएको छ। पार्टीका सम्मानित नेता झलनाथ खनालले एमाले विभाजनलाई ’गल्ती’ भनेर पश्चाताप व्यक्त गरेपछि अध्यक्ष माधवकुमार नेपालले उनलाई “खुरुक्क राजीनामा दिएर जान“ कडा चुनौती दिएका छन्।
यो विवादले पार्टीको जग हल्लिएको छ भने भर्खरै पार्टी प्रवेश गरेका वामदेव गौतमसमेत असन्तुष्ट रहँदा एकीकृत समाजवादीको भविष्य नै संकटमा परेको देखिन्छ।
विवादको आगो तब सल्कियो, जब सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले एक अन्तरवार्तामा एमाले विभाजनको निर्णय नै गलत भएको स्वीकार गरे। उनले भने, “म त अब के भन्न सुरु गरेको छु भने जतिबेला यो पार्टी विद्रोह या विभाजन गरियो नि, त्यो नै गलत रहेछ भन्ने ठाउँमा पुग्दै छु म। नेकपा एमाले भनेको एउटा संस्था हो, जो नेपालको कम्युनिस्ट आन्दोलनको एउटा राम्रो संस्था बनाइएको थियो। त्यो संस्थालाई त्यतिबेला छोड्ने, विद्रोह गर्ने कुरा गलत थियो।“
खनाल यतिमा मात्र रोकिएनन्। उनले अध्यक्ष नेपालमाथि पार्टीलाई एकलौटी ढंगले चलाएको, आफूलाई महत्त्वपूर्ण निर्णय प्रक्रियाबाट बाहिर राखेको र सैद्धान्तिक विचलन देखाएको गम्भीर आरोप लगाए।
“पार्टीका महत्त्वपूर्ण निर्णयमा मलाई संलग्न गराउन छोडिएको छ। पछिल्लो समाजवादी मोर्चाको बैठक आफ्नै पार्टी कार्यालयमा हुँदा पनि मलाई खबर गरिएन,“ खनालले भने, “यो पार्टी व्यक्तिको बपौती होइन।“
आफ्नै सम्मानित नेताबाट पार्टीको औचित्यमाथि प्रश्न उठेपछि अध्यक्ष नेपालले खनालमाथि कडा र आक्रामक जवाफ फर्काएका छन् । उनले खनालको अभिव्यक्तिप्रति अविश्वास जनाउँदै भने, “उहाँले त्यसो भन्नु भएको हो भन्ने कुरा मलाई विश्वास लागेको छैन। अचेल त एआईको जमाना छ, नबोलेको कुरा पनि बोलेको जस्तो बनाइन्छ।“
तर, यदि खनालले त्यसो भनेकै हो भने उनलाई पार्टीमा बस्ने अधिकार नभएको नेपालको भनाइ थियो। उनले खनाललाई पार्टी निर्णय उल्लंघन गर्ने ’नम्बर वान’ व्यक्ति भन्दै थपे, “उहाँले पार्टीबाट बिदा लिनुपर्छ।
हाम्रो पार्टीको संस्थागत निर्णयको विरोध गर्नुको कुनै अर्थ छैन।“ उनले खनाललाई पार्टीको निर्णय उलङ्घन गर्ने कुरामा नम्बर वान भएको बताए ।
उनले माओवादीसँग समाजवादी मोर्चालाई निरन्तरता दिने र दुई पार्टी बिचको सम्बन्धलाई विश्वासको जगमा खडा गर्ने र सहकार्यलाई बलियो बनाउने गरी जाम भनेर छलफल भइरहेको बताए ।
कोशी प्रदेश समिति बैठकमा सहभागी हुन विराटनगर पुगेका नेता नेपालले भने, ‘यो हाम्रो पाटीको संस्थागत निर्णय हो । यसमा कसैले विरोध गर्नुको अर्थ छैन ।’
एकीकृत समाजवादीभित्रको संकट झलनाथ–माधव विवादमा मात्र सीमित छैन। ठूलो तामझामका साथ पार्टी प्रवेश गरेका अर्का प्रभावशाली नेता वामदेव गौतम पनि असन्तुष्ट छन्।
उनले पार्टीमा आफूले चाहेको र सुहाउँदो जिम्मेवारी नपाएको गुनासो सार्वजनिक रूपमै गर्दै आएका छन्। पार्टीका दुई शीर्ष नेताबीच जुहारी चलिरहँदा र अर्का नेता असन्तुष्ट रहँदा पार्टी एकीकरणको औचित्य र नेताहरूको व्यवस्थापनमा अध्यक्ष नेपाल असफल भएको टिप्पणी हुन थालेको छ।
गत साउन २ गते समाहित भएका वामपन्थी नेता  गौतमले आफूले मागेबमोजिम संगठन विभाग प्रमुखको जिम्मेवारी नदिइएपछि दिक्दारी व्यक्त गरेका छन्  ।
विगतमा आफू संगठन विभागको सञ्चालन र परिचालनमा प्रमाणित भइसकेको भन्दै उनले पार्टी अध्यक्ष माधवकुमार नेपाल र उक्त विभागको प्रमुख रहेका बेदुराम भुसालसँग कुरा गरेको बताए ।
तर, जति अनुरोध गर्दा पनि जिम्मेवारी दिन नमानेको उनले  बताएका छन् । यो घटनाक्रमले एकीकृत समाजवादीको गठनको आधारमै प्रश्न उठाएको छ। केपी ओलीको दम्भ र अहंकारविरुद्ध विद्रोह गरेको बताउने नेतृत्वमाथि नै अहिले ’एकलौटी’ र ’दम्भ’को आरोप  लागेको छ ।
अध्यक्ष नेपालले एकातिर माओवादीसँग समाजवादी मोर्चा बनाएर सहकार्य बलियो बनाउने बताइरहेका छन् भने अर्कोतिर पार्टीभित्रका वरिष्ठ नेताहरूलाई मिलाएर लैजान सकिरहेका छैनन्।
यसैबीच, भ्रष्टाचारको मुद्दामा आफूमाथि राजनीतिक प्रतिशोध साधिएको भन्दै नेपालले त्यसको दोष प्रधानमन्त्री केपी ओलीमाथि थुपारेका छन्। “एउटा व्यक्ति केपी ओलीको अहंकारको दम्भका कारण देश पीडित छ,“ उनले भने।
नेता नेपालले आफूले सरकारको एक पैसा पनि नखाएको बताए । उनले भने, ‘यो राजनीतिक पूर्वाग्रह र प्रतिशोध राखेर मुद्दा चलाइएको हो । मेरो त भ्रष्टाचारको केस नै होइन, मन्त्रिपरिषद्को सर्वसम्मत निर्णयबाट भएको हो, मैले सरकारलाई एक पैसा पनि नोक्सानी गरेको छैन ।’
उनले प्रधानमन्त्री केपी ओलीको दम्भ, अहङ्कार र नीति देशका लागि अभिशाप बनेको टिप्पणी गरे । उनले ओली ओली कम्युनिस्ट आन्दोलन समाप्त पार्न लागिरहेको आरोप लगाए ।
पूर्वराष्ट्रपति तथा  उपराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले नछेकेको जिकिर गरे ।  तर, आफ्नै पार्टीभित्रको आन्तरिक लोकतन्त्र र व्यवस्थापनमा चुकेका नेपालले ओलीमाथि लगाएको आरोपले राजनीतिक वृत्तमा खासै प्रभाव पार्न सकेको छैन।
सम्मानित नेता खनालको पश्चाताप, अध्यक्ष नेपालको अहंकारपूर्ण जवाफ र वामदेव गौतमको असन्तुष्टिले एकीकृत समाजवादी पार्टी एक गम्भीर वैचारिक र संगठनात्मक संकटबाट गुज्रिरहेको स्पष्ट छ।
मधव नेपाल पतन्जली  जग्गाको अपचलनमा जोडिएपछि उनीमाथि नैतिक प्रश्न  उठेपनि उनले अध्यक्ष भने छाडेका छैनन् । उनी अदालतबाट ३५ लाख धरौटीमा छुटेका हुन् ।
यसअघि माधव निकट मानिएकी रामकुमारी झाक्रीले नै माधव नेपाललाई लक्षित गर्दै मरेको सिनो बोकेर हिँड्न नसकिने अभिब्यक्ति दिएकी थिइन ।
उनले अभिब्यक्तिपछि पार्टीले  नेताहरुको अभिब्यक्तिमा नै लगाम लगाएको थियो ।  यस्तो अवस्थामा विद्रोहको जगमा खडा भएको पार्टीभित्रै विद्रोहको आगो सल्किँदा यसले पार्टीको अस्तित्वमाथि नै गम्भीर प्रश्नचिह्न खडा गरेको छ।

भर्खरको समाचार

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

सम्बन्धित खबरहरु

Scroll to Top