×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

८ दशकपछि राष्ट्रसंघको उच्च तहमा पुग्यो नेपाल

१७ श्रावण २०८२
१६ साउन ,काठमाण्डौं ।
नेपालले संयुक्त राष्ट्रसंघमा आफ्नो ७ दशक लामो यात्रामा एक ऐतिहासिक र गौरवपूर्ण उपलब्धि हासिल गरेको छ। संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि, राजदूत लोकबहादुर थापा राष्ट्रसंघको एक प्रमुख अंग, आर्थिक तथा सामाजिक परिषद् इकोसकको अध्यक्षमा निर्वाचित  भएका छन् ।
यो नेपालका लागि पहिलो र हालसम्मकै सबैभन्दा उच्च तहको राष्ट्रसंघीय नेतृत्व हो।  बिहीबार आयोजित एक विशेष समारोहमा राजदूत थापाले निवर्तमान अध्यक्ष, क्यानडाका स्थायी प्रतिनिधि बब रेबाट अध्यक्षता ग्रहण गरे ।
आफ्नो पदभार ग्रहण गर्दै राजदूत थापाले यसलाई नेपालका लागि एक ऐतिहासिक क्षण को संज्ञा दिएका छन् । उनले भने, “यो निर्वाचन नेपालले बहुपक्षीय प्रणालीप्रति देखाउँदै आएको स्थायी प्रतिबद्धता, विकासोन्मुख राष्ट्रहरूको आवाज बुलन्द गर्ने अथक प्रयास र अन्तर्राष्ट्रिय सहयोगमा निभाएको भूमिकाको विश्वव्यापी मान्यता हो।“
आफ्नो सम्बोधनमा अध्यक्ष थापाले वर्तमान विश्व गम्भीर र बहुआयामिक संकटबाट गुज्रिरहेको उल्लेख गरे । उनले भने, “जलवायु परिवर्तनले सिर्जना गरेको अस्तव्यस्तता, पुनः चर्किएको महाशक्ति प्रतिस्पर्धा, आर्थिक अनिश्चितता, बढ्दो असमानता र विकासशील देशहरूमा देखिएको वार्षिक ४० खर्ब डलरको वित्तीय अभाव जस्ता चुनौतीहरूबीच इकोसकको भूमिका झनै सान्दर्भिक बनेको छ।“ 
थापासँगै आगामी एक वर्षका लागि चार जना उपाध्यक्षहरू पनि निर्वाचित भएका छन्, जसमा अल्जेरिया, स्पेन, डोमिनिक गणतन्त्र र आर्मेनियाका प्रतिनिधिहरू रहेका छन्।
आर्थिक तथा सामाजिक परिषद् संयुक्त राष्ट्रसंघका ६ प्रमुख अंगहरू मध्ये एक हो। ८० वर्षअघि राष्ट्रसंघको बडापत्रअन्तर्गत स्थापना भएको यो निकाय विश्वव्यापी आर्थिक, सामाजिक र वातावरणीय दिगो विकासको केन्द्रविन्दु हो।
यसले विश्वव्यापी आर्थिक र सामाजिक नीतिहरूमा बहस चलाउने, सिफारिस गर्ने र समन्वय गर्ने मञ्चको रूपमा काम गर्छ। यस्तै संयुक्त राष्ट्रसंघीय विकास प्रणालीका विभिन्न एजेन्सीहरू जस्तै यूएनडिपी, यूनिसेफ डब्लुएचओको कामलाई समन्वय र निर्देशित गर्छ।
यसले मानवअधिकार, शिक्षा, स्वास्थ्य, वातावरण, लैङ्गिक समानता, र प्रविधि जस्ता महत्वपूर्ण विषयहरूमा विश्वव्यापी संवादलाई अगाडि बढाउँछ भने  विकास नीति केन्द्रबाट आउने सिफारिसका आधारमा नेपालजस्ता अल्पविकसित देशहरूलाई विकासशील देशमा स्तरोन्नति गर्ने महत्वपूर्ण निर्णय यही निकायले गर्दछ।
यसमा महासभाद्वारा क्षेत्रीय सन्तुलनको आधारमा तीन वर्षे कार्यकालका लागि निर्वाचित ५४ सदस्य राष्ट्रहरू रहन्छन्। इकोसकको अध्यक्षतामा नेपाल निर्वाचित हुनुलाई एक महत्वपूर्ण कूटनीतिक सफलताका रूपमा हेरिएको छ।
यसले विश्व मञ्चमा नेपालको नेतृत्व क्षमता, विश्वसनीयता र भूमिका विस्तार भएको विश्लेषण गरिएको छ ।  अध्यक्षको रूपमा नेपालले  अल्पविकसित, भूपरिवेष्ठित र साना विकासोन्मुख राष्ट्रहरूका मुद्दाहरूलाई प्राथमिकतामा राख्ने, दिगो विकास लक्ष्य को कार्यान्वयनमा देखिएका चुनौतीहरूलाई सम्बोधन गर्न विश्वव्यापी सहकार्य जुटाउने र विकसित  तथा विकासोन्मुख देशहरूबीचको खाडल पुर्न पुलको रूपमा काम गर्ने अवसर पाएको छ ।
अध्यक्ष थापाले इकोसकलाई “हामी सबैको साझा थलो“ भन्दै आफ्नो कार्यकालमा सबै सदस्य राष्ट्रहरूको सक्रिय सहभागितामा जोड दिएका छन् । उनले आफूले निष्पक्ष, सहभागी र समावेशी नेतृत्व प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
Advertisement

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top