×

NEPAL TIMES UPDATES

Playing
सदावहार प्रतिपक्षी’ प्रेम सुवालको बिदाइ र हर्क साम्पाङको इन्ट्री || Nepal Times
Apr 15, 2026
Playing
बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य || Nepal Times
Apr 15, 2026
Playing
Top 15 Afternoon News || April-15-2026 || Nepal Times
Apr 15, 2026
Playing
गृहमन्त्रीले निर्देशनपछि कार्यक्षमताका आधारमा डिआइजीको बढुवा || Nepal Times
Apr 15, 2026
Playing
Israel–Lebanon बीच वासिंगटनमा वार्ता, रोकिएला यु द्ध ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुजमा १०,००० बढी अमेरिकी से*ना तैनाथ, सी ले दिए ४ बँुदे शान्ति प्रस्ताव|| Nepal Times
Apr 15, 2026
Playing
दीपक खड्काको फाइल अब अख्तियारमा || Nepal Times
Apr 15, 2026
Playing
देउवा, ओली, प्रचण्ड अनि बालेनमा को धनी ?|| Nepal Times
Apr 15, 2026
Playing
सरकारको १८ बुँदे प्रतिवद्धतामा प्रतिपक्ष दल के भन्छन् ?#balen #ashika #nepal || Nepal Times
Apr 15, 2026
Playing
५ वर्षमा १५ लाख रोजगारी र एआई निर्यातसहितका १४ राष्ट्रिय प्रतिबद्धता|| Nepal Times
Apr 15, 2026

माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 

१७ श्रावण २०८२
१६ साउन ,काठमाण्डौं ।
एउटा सामान्य भ्लगले नेपालको राजनीतिमा भूकम्प ल्याइदिएको छ। पूर्वनवयुवराज हृदयन्द्र शाहले आफ्नो जुम्ला भ्रमणबारे बनाएको भ्लगले एकातिर प्रशंसा बटुलिरहेको छ भने अर्कोतिर, जुम्लाकी माओवादी सांसद छिरिङ ल्हामु लामा रिसले ज्वालामुखी बनेकी छन्।
हृदयन्द्रको सादगीपन र आम युवाजस्तो व्यवहारको प्रशंसा राजावादीदेखि गणतन्त्रवादीसम्मले गरिरहँदा सांसद लामाले भने सामाजिक सञ्जालमा गालीगलौज र अपमानजनक शब्दसहित आफ्नो आक्रोश पोखेकी छन्।
बिहीबार सार्वजनिक भएको  १५ मिनेटको भ्लगमा हृदयन्द्र कतै पनि पूर्वनवयुवराजको रवाफमा देखिँदैनन्। आम युवाको जस्तो व्यवहार उनको देखिएको छ ।
उनी जुम्लाको एउटा सानो बेकरीमा पसेर कफी अर्डर गर्छन्। त्यहाँका सञ्चालकसँग उनको संवाद कुनै दुई साथीहरूबीचको गफजस्तो सुनिन्छ।
भित्तामा टाँसिएको जापानी कार्टुन ’एनिमे’ को पोस्टरबारे चासो राख्दै आफू पनि ’वान पिस’ जस्ता एनिमे हेर्ने गरेको बताउँछन् भने काठमाडौँ छाडेर जुम्लामा व्यवसाय गरिरहेका युवाको प्रशंसा गर्दै  उनले भनेका छन््, “धेरै युवाहरू विदेशिन्छन्, उहाँबाट केही सिक्नुपर्छ।“ 
भ्लगको सबैभन्दा मार्मिक क्षण तब आउँछ, जब एक स्थानीय युवती पञ्चकली बुढाले उनलाई सोध्छिन्, “हाम्रो नेपाल कहिले समृद्ध हुन्छ होला?” यसमा हृदयन्द्रले कुनै राजनीतिक भाषण दिँदैनन्, बरु भन्छन्, “मान्छेहरू सबैले राम्रो काम गरे भने, सबै कुरा राम्रो भयो भने हुन्छ होला। अलिकति हामी पनि लाग्नुपर्यो, आँट गर्नुपर्यो। अनि हुन्छ होला।” 
उनको यही सरल, सकारात्मक र जिम्मेवार जवाफले धेरैको मन जितेको छ। तर माओवादी सांसद यो भ्लग हेरेपछि ज्वालामुखी झै विष्फोट भएकी छन् । उनले ‘भोटे कुकुरको छाउरा’ देखि ‘साँढे’ सम्म भन्दै गालीगलौजमा उत्रिएकी छन् ।
हृदयन्द्रको प्रशंसा सहन नसकेकी सांसद लामाले फेसबुकमा लामो र आगो ओकल्ने स्टाटस लेखेकी छन्। उनले हृदयन्द्रलाई गाली गर्न कुनै कसर बाँकी राखेकी छैनन्।
सांसद समेत रहेकी उनले अशिष्ट टिप्पणी गर्दै लेखेकी छन्, जुम्लालाई चिनाउन उसको पूरै वंश जिजु बाजेहरुले देशलाई कंगाल हुने गरी लुटेर दरबारमा थुपारेको धनले विदेशमा एस आरामले बिलासी जीवन बिताईरहेको भोटे कुकुरको छाउरा हुर्के झै गरेर हुर्काएको साडे प्रवृत्ति जस्तैले चिनाउन पर्छ र  ?
उनले हृदयन्द्रको भ्रमणलाई “अपवित्र षड्यन्त्रको रचना“ भन्दै जुम्लाको इतिहास तोडमोड गरेको आरोप  समेत लगाएकी छन्, उनले लेखेकी छन् , छोरो हृदयन्द्रलाई काखमा चेपेरे आमा हिमानी शाहले नयाँ अवतार युट्युबबाट टिपेर ल्याएको एउटा भरिया को डाडमा टेकेर जुम्लाको भूमिमा फेरि पनि अपवित्र षड्यन्त्रको रचना गरिँदैछ यो माया जालमा कुनै पनि सचेत जुम्लाका बासी फस्ने छैनन् भन्ने मेरो विश्वास छ।
उनले राप्रपा सांसद ज्ञानेन्द्र शाहीलाई लक्षित गर्दै लेखेकी छन्, “हुँदाहुँदै एउटालाई त करोडौं लगानी गरेर संसदभित्र नै भित्र्याइसके, जो आज अराजकता मच्चाउनमा रेकर्ड कायम गर्न राजा र गणतन्त्र दुवैको दानापानीमा उफ्रिरहेको छ।“
उनले “२३८ वर्षको राजतन्त्रले जुम्लामा सिटामोल पु¥याउन सकेन, गणतन्त्रले १५ वर्षमै बाटो, इन्टरनेट, स्वास्थ्य सेवा पु¥यायो“ भन्दै हृदयन्द्रका पुर्खालाई दोष दिएकी छन्।
हृदयन्द्रको राजनीतिकभन्दा सामाजिक र सांस्कृतिक महत्वको प्रयोगले परम्परागत राजनीतिक शक्तिहरूलाई असुरक्षित बनाएको देखिएको छ ।
उनको नम्रता र आम जनतासँग घुलमिल हुने शैलीलाई नै उनीहरूले आफ्नो राजनीतिक अस्तित्वमाथिको खतराको रूपमा लिएका छन्।  सांसद लामाको आक्रामक र असहिष्णु टिप्पणीले उल्टै गणतान्त्रिक प्रणालीभित्र आलोचना र फरक विचारलाई कसरी हेरिन्छ भन्ने प्रश्न खडा गरेको छ।
एउटा सामान्य भ्लगले पैदा गरेको यो राजनीतिक सुनामीले नेपालको समाज कति ध्रुवीकृत छ भन्ने कुरालाई फेरि एकपटक उजागर गरिदिएको छ।
Advertisement

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top