×

NEPAL TIMES UPDATES

Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026
Playing
Top 15 Afternoon News || April-23-2026 || Nepal Times
Apr 23, 2026
Playing
संविधान संशोधनबारे हर्कले दिए ९ बुँदे सुझाव, संसदबाहिर बाटै मन्त्री || Nepal Times
Apr 23, 2026
Playing
होर्मुजमा बारूदी सुरूङ हटाउन Americaलाई ६ महिना लाग्ने || Nepal Times
Apr 23, 2026
Playing
रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन || Nepal Times
Apr 23, 2026
Playing
Iran यु द्धमा Trumpको शक्ति घटाउने विधेयक पाँचौँ पटक अस्वीकृत || Nepal Times
Apr 23, 2026
Playing
शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली गर्ने तयारी|| Nepal Times
Apr 23, 2026
Playing
चीनले इरानलाई पठाएको ’उपहार’ ट्रम्पले खोसे || Nepal Times
Apr 23, 2026

रुसले फेरि थर्कायो, हाम्रा सामू अमेरिकी २ पनडुब्बी केही होइनन्

१९ श्रावण २०८२
१८ साउन , काठमाण्डौ ।
आफ्नो देश नजिकै दुई परमाणु पनडुब्बी तैनाथ गर्ने निर्णयमा अमेरिकालाई रुसले जवाफ फर्काएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सो निर्णयमा रूसी सांसदले कडा जवाफ दिएका छन् ।
रूसी सांसद भिक्टर भोडोलात्स्कीले आफ्नो देशसँग पहिलेदेखि धेरै न्युक्लियर पनडुब्बीहरू रहेका बताएका छन् । त्यसले अमेरिकाका दुई पनडुब्बी सम्हाल्न सक्ने उनको भनाइ छ ।
भिक्टरले भनेका छन्, “विश्वका महासागरहरूमा रूसका परमाणु पनडुब्बीहरूको संख्या अमेरिकाको भन्दा धेरै छ । ट्रम्पले पठाइरहेका ती दुई पनडुब्बी पहिलेदेखि नै हाम्रो निसानामा छन् । त्यसैले अब यसमा छुट्टै प्रतिक्रिया दिनु आवश्यक छैन ।”
पनडुब्बीको स्थानान्तरणबारे ट्रम्पले भनेका थिए, “हामीलाई यो गर्नैपर्ने थियो । हामीले केवल सावधान हुनुपर्छ । हामीलाई धम्की दिइएको थियो । हामीलाई यो उचित लागेन । त्यसैले म धेरै सावधान हुनुपर्छ ।” 
उनले भने, “म यो मेरो जनताको सुरक्षाका निम्ति गरिरहेको छु । जब परमाणु शक्तिको कुरा आउँछ, हामी तयार हुनुपर्छ ।” ट्रम्पले दिमित्री मेद्भेदेभलाई असफल पूर्वरूसी राष्ट्रपति भनेका थिए । जवाफमा मेद्भेदेवले भने, “ट्रम्प रूससँग अल्टिमेटमको खेल खेलिरहेका छन् । उनले रूस न त इजरायल हो न इरान हो भनेर सम्झनुपर्छ । प्रत्येक नयाँ अल्टिमेटम युद्धतर्फ लैजाने कदम हो ।”
त्यसपछि नै ट्रम्पले रूसनजिकै परमाणु पनडुब्बी तैनाथ गर्ने आदेश दिएका थिए । यता मेद्भेदेभलाई क्रेमलिनका सबैभन्दा प्रमुख पश्चिमा विरोधी नेता बनेको आरोप लाग्न थालेको छ ।
जबकी कुनै समय उनलाई उदारवादी रूसी नेताका रूपमा हेरिन्थ्यो ।
सन् २००८ देखि २०१२ सम्म राष्ट्रप्रमुखको जिम्मेवारी सम्हालेका ५९ वर्षीय मेद्भेदेभले आफ्नो एकल कार्यकालमा युरोप र संयुक्त राज्य अमेरिकासँग ‘मैत्रीपूर्ण’ सम्बन्ध राख्न चाहेका देखिन्थ्यो तर राष्ट्रपति भ्लादिमिर पुटिनलाई उक्त पद हस्तान्तरण गरेपछि उनी ओझेलमा परेका थिए ।
सन् २०१२ मा राष्ट्रपतिबाट प्रधानमन्त्री बनाइएका मेद्भेदेभलाई सन् २०२० मा रुसको सुरक्षा परिषद्को उपप्रमुख बनाइएको थियो । मस्कोले युक्रेन आक्रमण सुरु गरेलगत्तै मेद्भेदेभले सामाजिक सञ्जालमा कट्टरपन्थी विचार राख्न थालेका थिए ।
द्वन्द्व सुरु भएदेखि नै सार्वजनिक वक्तव्यहरूमा उनले पश्चिमाहरूलाई ‘हरामी र पतित’ को रूपमा वर्णन गरेका थिए । उनले युद्ध सुरू भएपछि ‘युक्रेन, निःसन्देह, रूस हो’ भनेका थिए ।
उनले रूसका शत्रुविरुद्ध आणविक हतियार प्रयोग गर्ने सम्भावना रहेको भनी युरोपलाई आतङ्कित पार्ने काम पनि गरेका थिए । गत जुन महिनामा अमेरिकाले मस्को समर्थित इरानको आणविक केन्द्रहरुमा हवाई आक्रमण गरेपछि मेद्भेदेभले तेहरानलाई आणविक हतियार उपलब्ध गराउन ‘धेरै देश’ इच्छुक रहेको बताएका थिए ।
मेद्भेदेभले बिहीबार टेलिग्रामपोस्टमा मस्कोको सेमी अटोमेटिक ‘डेड ह्यान्ड’ आणविक हतियार नियन्त्रण प्रणालीलाई सङ्केत गर्दै ट्रम्पको आलोचना गरेका थिए ।
मेद्भेदेभका आलोचकहरूले उनको पोस्टलाई रुसको भीडभाड भएको कुलीन वृत्तमा राजनीतिक सान्दर्भिकता कायम राख्ने प्रयासको रूपमा अथ्र्याएका थिए तर अमेरिकी राष्ट्रपति ट्रम्पले यो धम्कीलाई गम्भीरतापूर्वक लिएको बताएका छन् ।
‘रूसी नेताको अत्यधिक उत्तेजक भनाइका कारण मैले दुई आणविक ‘पनडुब्बी’हरूलाई उपयुक्त क्षेत्रमा तैनाथ गर्न आदेश दिएको छु’, ट्रम्पले शुक्रबार भने, ‘यी मूर्खतापूर्ण र भड्काउ भनाइहरू यस कदमका लागि जिम्मेवार छन्।’
यसअघि जुलाई २८ मा स्कटल्यान्ड भ्रमणका क्रममा ट्रम्पले युक्रेन युद्ध अन्त्य गर्न रुससँग १० देखि १२ दिनको समय रहेको घोषणा गरेका थिए ।
यस अविधमा रुसले युद्धविराम वार्ता गर्न सहमत भएन भने रुससँग व्यापार गर्ने देशमा ’माध्यमिक शुल्क’ लगाइने बताएका थिए।
Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top