×

NEPAL TIMES UPDATES

Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026

एसियन कुराशमा प्रशान्तलाई पदक, बक्सिङमा अप्रिलको जित

१९ श्रावण २०८२
१८ साउन , काठमाण्डौ ।
नेपालका एमएमए फाइटर रविन्द्र ढाँटले कीर्तिमान रचेका छन् । उनले भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन)को उपाधि जितेका छन् ।
उनी यो उपाधि जित्ने पहिलो नेपाली खेलाडी समेत बनेका छन् । भारतका टाइटल होल्डर चोंगरेंग कोरेनलाई हराउँदै ढाँट एमएफए १७ मा बान्टमवेट च्याम्पियन बनेका हुन् ।
गएराती भारतको नोएडामा भएको खेलमा कोरेनलाई तेस्रो राउन्डमा पराजित गर्दै रवीन्द्र च्याम्पियन बनेका हुन् । आफ्नो व्यावसायिक रेकर्ड ८–१ मा सुधार गर्दै रवीन्द्रले कोरेनको पाँच–लडाईको जितको श्रृंखलालाई भंग गरिदिए ।
उनी बझाङका हुन् । उनले यो सफलता आफ्नो प्रशिक्षक तथा मेन्टर दिविज पिया लामालाई समर्पण गरेका छन् । दिविज नेपाली एमएमएको अग्रणी व्यक्तित्व हुन् ।
उनी नेपाल वारियर्स च्याम्पियनसिप (एनडब्लुसी) का संस्थापक समेत हुन् । यही एनडब्लुसीमार्फत ढाँटको प्रतिभालाई चिनिएको थियो । दिविजले रविन्द्रको प्रतिभा पहिचान गर्दै उनलाई व्यक्तिगत खर्चमै प्रशिक्षण, बसोबास र तयारीका लागि सम्पूर्ण सहयोग गरेका थिए ।
यो ढाँटका लागि व्यावसायिक करिअरको नवौं जित हो । ढाँटले कीर्तिमानी रचेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि उनलाई बधाई दिएका छन् । रवीन्द्रलाई प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भारतका चुनरेङ कोरेनलाई हराउँदै रवीन्द्र ढाँट म्याट्रिक्स फाइट नाइट (एमएफए) १७ मा बान्टमवेट च्याम्पियन बन्न सफल हुनुभएको छ । पहिलोपटक नेपाललाई उपाधि दिलाउन सफल रवीन्द्रलाई हार्दिक बधाई ।’ 
यता अर्का नेपाली खेलाडी प्रशान्त राईले पनि दक्षिण कोरियामा जारी एसियन कुराश च्याम्पियनसिप २०२५ मा कास्य पदक जितेका छन्। दक्षिण कोरियाको चेओङ्जु सहरमा जारी  प्रतियोगितामा शनिवार प्रशान्तले जुनियर –४२ केजी तौल समूहमा पदक जितेको नेपाल कुराश संघले जनाएको छ ।
प्रशान्त सेमिफाइनल उज्वेकिस्तानका खेलाडीसँग पराजित भएका थिए । एसियाली कुराश महासंघको आयोजनामा जारी प्रतियोगितामा प्रशान्तको तौल समूहमा भारत, तुर्कमेनिस्तान, मङ्गोलिया, चीन (ताइपे), कुवेतका खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
अर्का नेपाली खेलाडी नामशाङ सामसोङजुनियर –५२ केजीमा प्रतिस्पर्धा गरेका थिए । एशियन कुराश च्याम्पियनसिपमा यो नेपालको दोस्रो पदक हो ।
यसअघि सन् २०१८ मा थाइल्याण्डमा आयोजित एसियन च्याम्पियनसिपमा कृति शर्माले ५२ केजी मुनीको तौल समूहमा कास्य पदक जितेकी थिइन् ।
दक्षिण कोरियामा च्याम्पियनसिपका दौरान कुराश संघका कार्यवाहक अध्यक्ष जीवन राईले एसियन कुराश कंग्रेसमा भाग लिएका छन् ।
यता एसियाली बक्सिङ कन्फडरेसन (एएसबिसी) को आयोजनामा मित्र राष्ट्र थाइल्याण्डको जारी (यू–२२ र युथ) एसियाली बक्सिङ च्याम्पियन्सिपमा नेपाली मुक्केवाज अप्रिल रानाले पहिलो खेलमा जित हासिल गरेको छ ।
अप्रिलले ५० केजी तौलसमूहमा साउदी अरबका इब्राहिमलाई ५–० ले पराजित गरेको बक्सिङका अन्तराष्ट्रिय को–ओर्डिनेटर श्यामकाजी अवालेले जनाएका छन् ।
अप्रिलले क्वाटरफाइनलमा भुटानी मुक्केवाजसंग प्रतिस्पर्धा गर्नेछन् । भुटानी बक्सरलाई पराजित गरेमा नेपालले अप्रिलले कम्तीमा कास्य निश्चित गर्ने छन् ।
आज यू– १९ को खेलमा सेरफ शेर्पा ६० केजी तौलसमूहमा फिलिपिनी मुक्केवाजसंग आरएसिसीका आधारमा पराजित भए । आइबिए थ्री स्टार कोच दिपक महर्जनको नेतृत्वमा ४ मुक्केवाज सहित ५ सदस्यीय नेपाली राष्ट्रिय बक्सिङ टोली बैकंक पुगेको छ ।
प्रस्थान गरेको थियो । प्रतियोगितामा २५ राष्ट्रका ५ सय भन्दा बढी खेलाडी सहभागी रहेको बताइएको छ ।
Advertisement

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top