×

NEPAL TIMES UPDATES

Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026
Playing
चीनतर्फ भारतको एप्पल पाटपुर्जा निर्यात कीर्तिमानी स्तरमा|| Nepal Times
Apr 17, 2026
Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026

एमाले–समाजवादीपछि माओवादीमा सुरु भयो रडाँको

१९ श्रावण २०८२
१८ साउन , काठमाण्डौ ।
नेपालमा वाम एकता वा सबै कम्युनिष्टहरु एक हुनुपर्छ भन्दै आएका दलहरु प्राय सबै नै आन्तरिक कलह र केही त पार्टी फुटकै संघारमा पुगेका छन् ।
कम्युनिष्टमध्ये संसदमा रहेको सबैभन्दा ठूलो दल नेकपा एमाले जो अहिले सरकारको पनि नेतृत्व गरिरहेको छ, अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको जुधाईमा फसेको छ ।
विधान महाधिवेशनको मुखमा एमालेमा नेताकार्यकर्ताहरुबीच कित्ता काटाकाटको स्थिति बनेको छ । विद्या भण्डारीले आफ्नो अडान नछाडे पार्टी फुट्नेसम्मको आँकलन गरिएको छ ।
अर्को छ एमालेबाट चोइटिएर गएको नेकपा एकीकृत समाजवादी । यो पार्टी अहिले फुटकै संघारमा छ । अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालबीचको जुहारी र एकअर्काको राजीनामा मागले यो पार्टी जुनसुकै बेला फुट्ने चर्चा छ ।
एमाले र नेकपा एसको जस्तै आन्तरिक किचलोमा फसेको छ दोस्रो ठूलो कम्युनिष्ट दल नेकपा माओवादी केन्द्र । यो पार्टीमा अहिले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भर्सेस उपमहासचिव जनार्दन शर्माको स्थिति देखिएको छ ।
पार्टीको तल्लो तहसम्मै यो दुई धार देखिएको छ । यद्यपि एमालेमा जस्तै माओवादीको स्थायी समितिमा पनि अध्यक्षकै पकड बलियो देखिएको छ ।
एमालेको पोलिट ब्युरोदेखि केन्द्रिय समितिको बैठकसम्म जसरी बहुमत ओलीको पक्षमा देखिएको थियो, सोही प्रकारले माओवादी स्थायी समितिमा पनि अधिकाँश सदस्यहरूले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ठिक काम गरिरहेको भन्दै प्रशंसा गरेका थिए भने प्रभाकरले आत्मआलोचना गर्नुपर्ने माग गरेका थिए ।
एमाले र नेकपा एसमा तनाव चर्किरहँदा अब माओवादीमा पनि त्यो सरेको छ । प्रचण्ड र प्रभाकरबीच वाकयुद्ध नै छेडिएको छ । यहाँसम्म कि जनार्दनले पार्टी छाडेर विप्लवसंग मोर्चा कस्नेसम्मको चर्चा भइरहेका छन् ।
यसबीचमा जनार्दनले विप्लवसंग भेटसमेत गरेका थिए । तर अहिले स्थायी समितिका सदस्यहरुले उनले बाहिर बाहिर पार्टीविरुद्ध बोल्दै हिडेको भन्दै आत्मआलोचना गर्न माग गरेका बेला जनार्दनले पनि जवाफ फर्काएका छन् ।
अध्यक्ष दाहालले आफ्नो कमजोरीको जिम्मा लिए आफूले पनि आत्मआलोचना गर्ने बताएका छन् । प्रचण्डले पार्टीको विधि र पद्धतिलाई ‘मनपरि’ चलाएको भन्दै त्यसको जिम्मा लिनुपर्ने आरोप लगाएका छन् ।
आइतबार स्थायी समितिमा बैठकमा उपमहासचिव शर्माले पार्टी नेतृत्वले विधि र पद्धति नमान्दा आफूले प्रश्न उठाएको बताएका हुन् ।
पार्टी बिग्रिएको विषयमा दाहालले जिम्मा लिए मात्र आफूले सार्वजनिक रूपमा प्रश्न उठाएको आधारमा आत्मालोचना गर्न तयार भएको शर्माको भनाइ छ ।
मूल नेतृत्वले नै पार्टीको विधि बिगारेको उनको आरोप छ । ‘अध्यक्ष प्रचण्डले पनि विधि, पद्धतिलाई मनपरि चलाउनु भएको छ । यसको जिम्मा उहाँले लिनुपर्छ,’ शर्माको भनाइ उद्धृत गर्दै एक स्थायी समिति सदस्यले भने, ‘अध्यक्षले जिम्मा लिएपछि म आत्मालोचना गर्न तयार छु ।’
उनले अध्यक्ष दाहालले नै गुट चलाएको आरोप समेत लगाए । ‘अध्यक्ष प्रचण्डबाटै गुट सुरु भयो,’ शर्माको दाबी थियो, ‘त्यसपछि म पार्टीभन्दा टाढा पुगेँ ।
जारी स्थायी समितिमा शनिबार २५ नेताले शर्माले विधि उल्लंघन गरी सार्वजनिक मञ्चमा अध्यक्ष दाहालको नेतृत्व गरेकाले आलोचना गर्नुपर्ने बताएका थिए ।
माओवादीले अघि सारेको सामाजवादी बाटो, वामपन्थी एकता, प्रमुख प्रतिपक्षले खेल्नुपर्ने भूमिका, आगामी कार्यक्रम, पार्टी नेतृत्व सबल बनाउन महाधिवेशनको आवश्यकतामाथि सुझाव दिन स्थायी समिति सदस्यलाई आग्रह गरिएको थियो ।
तर अधिकांश नेताहरूले ‘पार्टीको आन्तरिक एकता’ प्रस्ताव बढी समय खर्चेर सार्वजनिक रूपमा अध्यक्ष दाहालमाथि प्रश्न उठाएका उपमहासचिव शर्मामाथि खनिएका छन् ।
यद्यपि अर्का उपमहासचिव वर्षमान पुनले भने शनिबार आफ्नो धारणा राख्दै बोलेकै भरमा र आफ्नो धारणा राखेकै भरमा कसैलाई कारबाही नगरिने बताएका थिए ।
कम्युनिस्ट पार्टीमा कुनै नेतालाई कारबाही गर्नुअघि आत्मालोचना गर्न लगाइन्छ । आत्मालोचना चित्त नुबझे कारबाहीको प्रक्रिया अघि बढाइन्छ ।
प्रभाकरले प्रचण्डसँग गम्भीर असहमति राख्दै आफ्ना धारणाहरू सार्वजनिक गरेका हुन् । शर्माले अध्यक्ष प्रचण्डकै कारण २०६४ सालमा प्राप्त गरेको जनमत गुमेको बताए ।
‘वर्गप्रतिको प्रतिबद्धतामा अध्यक्षज्यूको विचलन आएको छ, संघीयताको स्वामित्व लिन सकिएको छैन, पहिचानको मुद्दा छोडिएको छ,’ शर्माले बैठकमा भने, ‘यी सबै कारणबाट हामीले ३१ लाखको जनमत गुमाएका छौं, त्यो फिर्ता गर्न सक्छौं कि सक्दैनौं ?’
२०६४ सालको संविधानसभा निर्वाचनमा माओवादी पहिलो पार्टी बनेको थियो । त्यसयता माओवादीको जनमत निरन्तर ओरालो लागिरहेको छ ।
जनमत घट्दै जानुको जिम्मा स्वयं प्रचण्डले पनि लिनुपर्ने शर्माले बताउँदै आएका छन् । बैठकमा उपमहासचिव शर्माले वैचारिक लाइन, राजनीतिक अस्पष्टता, संगठनात्मक अराजकता, विधि र संगठनात्मक प्रणालीमा संकट लगायतका कारणले पार्टीमा समस्या उत्पन्न भएको पनि बताएका छन् ।
‘स्वचालित संगठन नहुनु, विधि सम्मत परिचालन नहुनु. समस्या समाधानका लागि पार्टीको पुनर्संरचना नयाँ सविधान र परिस्थिति अनुसार नगरी केन्द्रिकृत मानसिकतामा रुमल्लिनु नै आजको पार्टीको समस्या हो,’ शर्माले भनेका छन्, ‘यी समस्याको समाधान गर्न विचारको बहस, राजनीतिक लाइनको स्पष्टता, विधि पद्दतिसहितको स्थायी संरचना, स्वचालित कमिटीहरु, आर्थिक उत्पादन र आत्मनिर्भरलाई आत्मसात गर्नुपर्छ । जनसंगठनहरु समेत तयार गर्न, पार्टीभित्र प्रतिस्पर्धा र जनउत्तरदायीत्वलाई आत्मसाथ गर्न विशेष महाधिवेशन नै आजको विकल्प हो ।’
उपमहासचिव शर्माले देश र जनताका लागि आफू आत्मालोचनामात्रै होइन जुनसुकै त्याग गर्न पनि तयार रहेको समेत बताए । तर त्यसका लागि अध्यक्ष प्रचण्ड पनि तयार हुनुपर्ने धारणा उनले राखे ।
‘म देश र जनताका लागि आत्मालोचनामात्रै होइन जुनसुकै त्याग गर्न तयार छु,’ बैठकमा शर्माले भने, ‘अध्यक्ष प्रचण्डबाट उत्पन्न समस्याको जिम्मा उहाँ स्वयंले लिनुपर्छ, हामी सबै तयार नै छौं ।’
तर बैठकमा बोल्ने अधिकांश नेताहरूले शर्मालाई आत्मालोचना गर्न सुझाव दिएका थिए भने अध्यक्ष प्रचण्डले ठिक काम गरिरहेको भन्दै प्रशंसा गरेका छन् ।
पार्टीभित्र विधि र प्रकृयाको कुरा उठाउँदै रूपान्तरण गर्नुपर्ने आवाज उठाइरहेका उपमहासचिव जनार्दन शर्मा प्रभाकरको तर्कलाई भने धेरै नेताले अस्वीकार गरेका छन् ।
पदाधिकारीमा राम कार्की र स्थायी समिति सदस्य परशुराम तामाङले भने उपमहासचिव शर्माले उठाएको विधि र प्रक्रिया लागु हुनुपर्ने भन्दै पार्टी रूपान्तरणको विषय सही भएको धारणा राखेका थिए ।
राम कार्कीले ठट्यौली गर्दै ९÷९ महिनामा नेतृत्व फेरेर हेर्न प्रचण्डलाई सुझाव दिएका थिए । प्रचण्डबिनाको माओवादी कल्पना गर्न नसकिने धारणा राखेका नेताप्रति संकेत गर्दै कार्कीले त्यसको विरोध गरेका थिए ।
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाइ उद्धृत गर्दै भने, ‘केपी ओलीजीले आफूबिनाको एमालेको कल्पना नगर्नुस् भन्नुभयो। के ओली जाँदा एमाले पनि सँगै जान्छ? कोही पनि नेता अजम्बरी छैनन्। नेतृत्व अपरिहार्य छ, यही नेता विशेष सँधैँ नेतृत्व भने अपरिहार्य छैन। यो परिवर्तन हुन्छ, हुनुपर्छ’, कार्कीले भनेका थिए ।
तर अधिकाँश नेताहरुले भने प्रभावकरले आत्मआलोचना गर्नु पर्ने नै बताएका थिए । प्रचण्ड स्वयंले पनि यसबीचमा जनार्दनलक्षित तिखो टिप्पणी गर्दै आएका छन् ।
उनले आफ्नै पार्टीका साथीहरूले सिँगौरी खेल्न थालेको तर आफूले भने अहिले पनि संगै लिएर हिड्ने गरेको बताउने गरेका छन् ।
शर्माले माओवादी नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने प्रस्ताव गर्दै मनमोहन अधिकारीबाहेक सबै कम्युनिस्ट प्रधानमन्त्री भ्रष्टाचारी भएको आरोप लगाएपछि प्रचण्ड फायर भएका हुन् ।
Advertisement

भर्खरको समाचार

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top