×

NEPAL TIMES UPDATES

Playing
Israel–Lebanon बीच वासिंगटनमा वार्ता, रोकिएला यु द्ध ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुजमा १०,००० बढी अमेरिकी से*ना तैनाथ, सी ले दिए ४ बँुदे शान्ति प्रस्ताव|| Nepal Times
Apr 15, 2026
Playing
दीपक खड्काको फाइल अब अख्तियारमा || Nepal Times
Apr 15, 2026
Playing
देउवा, ओली, प्रचण्ड अनि बालेनमा को धनी ?|| Nepal Times
Apr 15, 2026
Playing
सरकारको १८ बुँदे प्रतिवद्धतामा प्रतिपक्ष दल के भन्छन् ?#balen #ashika #nepal || Nepal Times
Apr 15, 2026
Playing
५ वर्षमा १५ लाख रोजगारी र एआई निर्यातसहितका १४ राष्ट्रिय प्रतिबद्धता|| Nepal Times
Apr 15, 2026
Playing
सीमा नाघेर गतिविधि नगर्न देउवा पक्षलाई गगनको चेता*वनी, पूर्णबहादुरको काउन्टर|| Nepal Times
Apr 14, 2026
Playing
एमसीसी र बीआरआईको सन्तुलन नमिलाए बालेन सरकारलाई कठिन || Nepal Times
Apr 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-01-2083 || Nepal Times
Apr 14, 2026
Playing
‘नेपाललाई बफर स्टेट होइन, भाइब्रेन्ट ब्रिज बनाउने’ भारतसँग जलमार्ग, चीनको बन्दरगाह उपयोग
Apr 14, 2026

चीनले बनायो किल चेनमा कसरी फस्यो भारत ?

१९ श्रावण २०८२

१८ साउन , काठमाण्डौ ।

पहलगाम आतंकवादी हमलापछि भएको भारत–पाकिस्तान युद्धका क्रममा भएका दुवैतर्फका क्षति तथा कमजोरीहरु अहिलेसम्म पनि एकपछि अर्को गर्दै बाहिर आइरहेका छन् ।

Advertisement
Advertisement

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पटक पटक आफूले युद्धविराम गराएको दोहोर्याइरहँदा उनले भारतका केही विमानहरु खसेको पनि खुलाएका थिए ।

तर भारतले सुरुमा यी दुवै कुरालाई मान्न अस्वीकार गरेको थियो । तरपछि भारतीय अधिकारीहरुले आफ्ना केही विमानहरु खसेको स्वीकार गरे ।

अहिले फेरि भारतीय लडाकु विमान कसरी खसेको थियो भन्नेमा केही कुराहरु खुलासा भएको छ । भारतसंगको यो युद्धकाक्रममा पाकिस्तानलाई चीन सघाएको थियो ।

चीनले पाकिस्तानलाई पीएल–१५ मिसाइल दिएको थियो, त्यो चिनियाँ सेना पीएलएले आफ्नो स्टकबाट निकालेर दिएको खुलेको छ । चीनको सेनाले यस्तो पहिलो पटक गरेको हो ।

सामान्यतया कुनै पनि हतियारको एक्सपोर्ट भर्जन, ओरिजनलको तुलनामा केही कम प्रभावकारी हुन्छ । मिडिया रिपोट्र्समा भनिएको छ कि चीनले पीएल–१५ मिसाइलको एक्सपोर्ट भेरिएंट पाकिस्तानलाई दियो र सोही कुरा भारतीय गुप्तचर एजेन्सीहरुले भेउ पाउन नसक्दा भारतले मुल्य चुकाउनु परेको हो ।

समाचार एजेंसी रोयटर्सले भारत र पाकिस्तानको वायुसेनाका गुप्तचर अधिकारीहरुलाई उदृत गर्दै भारतमा फाइटर जेट खसेको कारण बारे खुलाएको छ ।

रोयटर्सले लेखेको छ, ७ मेको मध्य राति पाकिस्तानी वायुसेनाको अपरेशन रूममा रातो स्क्रीन चम्किएको थियो । सो स्क्रीनमा भारतीय वायुसेनाका लडाकू विमान सीमा नजिक देखिएका थिए । पाकिस्तानी वायुसेनाका कयौं अधिकारी, भारतले गर्न सक्ने हमलाको आशंकामा कयौं दिनसम्म वाररूममा नै रहेका थिए । जसमा पाकिस्तान एयरफोर्सका चीफ जहीर सिद्धू पनि थिए । यसक्रममा सिद्धूले भारतीय राफेललाई जुनसुकै तरिकाले खसाल्न आदेश दिए, जसलाई भारतीय वायुसेनाका लाग निधारको टिका जस्तै मानिन्थ्यो ।

रोयटर्सले भनेको छ, सिद्धूले चिनियाँ जे–१० सी लडाकू विमानहरुलाई सो बेला उडान भर्ने आदेश दिए । पाकिस्तानी अधिकारीहरुले रोयटर्ससंग भनेका छन् कि पाकिस्तानले हरहालतमा भारतीय राफेललाई खसाल्न चाहेको थियो ।

रोयटर्सले विशेषज्ञहरुलाई उदृत गर्दै भनेको छ कि रातको अध्यारोमा एक घण्टासम्म चलेको यो युद्धमा करिब ११० विमान सहभागि थिए। जसका कारणले यो दशकौँमा विश्वको सबैभन्दा ठूलो हवाई युद्ध समेत बन्न पुगेको खुलेको छ ।

रोयटर्सले मे महिनामा अमेरिकी अधिकारीहरुलाई उदृत गर्दै भनेको थियो, कि जे–१० विमानहरुले कम से कम एक फ्रान्समा निर्मित विमानलाई खसालेको छ ।

यद्यपि भारतका तर्फबाट भनियो कि केही क्षति भएको छ । तर आधिकारिकरुपमा भारतले अहिलेसम्म राफेल खसेको बारे बोेलेको छैन। रोयटर्सले दुई भारतीय अधिकारी र तीन पाकिस्तानी अधिकारीहरुको अन्तर्वार्ता लिएको छ ।

जसमा दुवै देशका अधिकारीहरुले भनेका छन् कि लडाकू विमानहरुमा कुनै समस्या थिएन । बरु यो खस्नुका पछाडि गोप्य जानकारीको अभाव थियो ।

रोयटर्सले भनेको छ कि लडाकू विमानहरु खस्नुको मुख्य कारण चिनियाँ पीएल–१५ मिसाइल हो । जसलाई जे–१० सी लडाकू विमानबाट प्रहार गरिएको थियो ।

यसमा पाकिस्तानले भारतीय पायलटलाई घेरेर वा धरापमा पारेर खसालेको भन्दा पनि पीएल–१५ मिसाइलको रेंजको गलत अनुमान भारतले लगाउँदा उसले राफेल गुमाएको भनिएको छ ।

तर यता पाकिस्तानी वायुसेनाका अधिकारीले भने आफूहरुले भारतीय विमानमाथि घेरा हालेर हमला गरेको दाबी गरेका छन् । रोयटर्ससंग लण्डनका रोयल यूनाइटेड सर्भिसेज इंस्टीट्यूट थिंक–ट्यांकका वायु युद्ध विशेषज्ञ जस्टिन ब्रोन्कले भनेका छन्, ’भारतीयहरुले कल्पना गरेका थिएनन् कि उनीहरुमाथि गोली वर्षाइने छ’।

अर्कातर्फ पाकिस्तानी अधिकारीहरुले रोयटर्ससंग कुरा गर्दै स्वीकार गरेका छन् कि चीनले उनीहरुलाई ’किल चेन’ बनाउन सहयोग गरेको थियो ।

भारतीय वायुसेनाका तर्फबाट जारी गरिएको बयानमा भनिएको छ कि चीनले पाकिस्तानलाई युद्धका क्रममा स्याटेलाइटको लाइभ फीड दिएको थियो ।

खासमा चीनले पीएल–१५ मिसाइललाई बेच्नका लागि जुन भेरिएंट बनाएको छ, त्यसको म्याक्सिमम रेंज १४५ किलोमिटर छ । तर पाकिस्तानी अधिकारीहरुले भनेका छन् कि पीएल–१५ मिसाइललाई २०० किलोमीटर परबाट हानिएको थियो ।

जबकि भारतीय वायुसेनाका अधिकारीहरुले भनेका थिए कि मिसाइललाई त्योभन्दा परको दूरीबाट हानिएको थियो । खासमा पीएल–१५ मिसाइल, जसलाई चीनको सेना पीएलएले आफ्नो प्रयोगका लागि बनाएको हो, यसको रेंज २५० किलोमिटर आसपास छ । यसले त्यो रिपोर्टमा सत्यता भएको थाहा हुन्छ ।

जसमा भनिएको छ कि चिनियाँ पीएलएले आफ्नो गोदामबाट पीएल–१५ मिसाइल निकालेर पाकिस्तानलाई दिएको हो । रोयटर्सले भारतीय अधिकारीहरुलाई उदृत गर्दै भनेको छ,राफेल पायलटहरुलाई विश्वास थियो कि पाकिस्तानी पीएलए–१५ मिसाइलको रेन्ज १५० किलोमिटरभन्दा धेरै छैन ।

जुन यसको एक्सपोर्ट भर्जनको सीमा मानिन्छ । तर यथार्थमा चीनले पाकिस्तानलाई जुन पीएलए–१५ मिसाइलहरु दिएको थियो त्यसको रेंज २०० किलोमीटर भन्दा धेरै थियो ।

अर्थात भारतका पायलटले ठानिरहेका थिए कि उनीहरु पीएल–१५ मिसाइलको रेंजबाट टाढै छन् तर सोही बेला करीब २०० किमी परबाट आएको मिसाइलले राफेललाई निशाना बनायो ।

अर्थात यसले सिचुएशनल अवेयरनेसको समस्यालाई देखाएको छ । यद्यपि पछि भने भारतले पीएल–१५ मिसाइललाई नष्ट गरेको दाबी गरेको छ ।

कम से कम १० पीएल–१५ मिसाइलहरुलाई भारतीय एयर डिफेंस सिस्टमले नष्ट गरेको र एक पीएल–१५ मिसाइललाई भने भारतीय वायुसेनाले क्षति नपुर्याइ सही सलामत खसालेको पनि दाबी गरेको छ,जसमा अहिले भारतीय टोलीले रिसर्च गरिरहेको छ ।

युद्धपछि सिंगापुरमा दिइएको एक इंटरभ्यूमा भारतीय सीडीएसले केही क्षति भएको भन्दै पछि भारतले आफ्नो रणनीतिमा बदलाव गरेको बताएका थिए ।

सीडीएस जनरल अनिल चौहानले भनेका थिए, भारतले तत्काल आफ्नो युद्ध रणनीतिमा सुधार गरेको छ । ७ मे को घटनापछि भारतले ११ पाकिस्तानी एयरबेस र रडार ठेगानाहरुमा हमला गरेको थियो ।

भारतीय ब्रह्मोस सुपरसोनिक क्रूज मिसाइलहरुले पाकिस्तानी एयर डिफेंस सिस्टमलाई नष्ट गरेको दाबी गरेको थियो । र पाकिस्तानका दुई सर्भिलान्स एयरक्राफ्टलाई पनि खसालेको बताएको थियो ।

भारतको एस–४०० एयर डिफेंस सिस्टमले ३१४ किलोमिटर परबाट पाकिस्तानी सर्भिलांस एयरक्राफ्टलाई नष्ट गरेर वल्र्ड रेकर्ड बनाएको पनि दाबी गरेको छ ।

तर पाकिस्तानले पनि भारतको एयर डिफेन्स सिस्टमलाई हानेको दाबी गरेको थियो । यस्ता धेरै दाबीहरुको सत्यता अझै खुल्न बाँकी छ । जसरी एकपछि अर्को गर्दै खुलासाहरु भइरहेका छन् ती दाबीहरु र गोप्य राखिएका अन्य कुराहरु पनि समयक्रममा खुल्दै जाने छन् ।

यसबारे आफ्ना टिप्पणी अवस्य व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ ।

Advertisement

यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

भर्खरको समाचार

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

सम्बन्धित खबरहरु

Scroll to Top