×

NEPAL TIMES UPDATES

Playing
अन्ततः भारतले खोल्यो नेपाली चिया माथिको अवरोध || Nepal Times
May 20, 2026
Playing
‘प्रश्न किन लिनुहुन्न’ भन्दै Modi लाई प्रश्न सोध्ने पत्रकार ‘भाइरल’ || Nepal Times
May 20, 2026
Playing
मलेसियाविरुद्ध नेपालको संघर्षपूर्ण जित || Nepal Times
May 20, 2026
Playing
Top 15 Afternoon News || May-20-2026 || Nepal Times
May 20, 2026
Playing
नेपाल कालोसूचीमा पर्न लागेको हो? एपिजीको समूहले के भन्यो ? || Nepal Times
May 20, 2026
Playing
मधेशदेखि सुदूरपश्चिमसम्मः सत्ता फेरबदलको नयाँ अध्याय सुरु || Nepal Times
May 20, 2026
Playing
हर्कले पर्चा देखाएपछि सभामुख रिसाए, दिए कारबाहीको चेताव*नी|| Nepal Times
May 20, 2026
Playing
कतै वर्षा, कतै ४१ डिग्रीको गर्मी, ठाउँ–ठाउँमा सडक अवरुद्ध || Nepal Times
May 20, 2026
Playing
नेपालमा बर्ड*फ्लुको जो*खिम, म*रेका कागमा संक्र*मण, उच्च सतर्कता अपनाउनु || Nepal Times
May 20, 2026
Playing
भारतले नेपाललाई दुःख दिन थाल्यो,नेपाली चिया रोक्यो,व्यापारिक कि कूटनीतिक ? || Nepal Times
May 20, 2026

पब्जी मोबाइल विश्वकपमा नेपालको होरा नवौं

२० श्रावण २०८२
१९ साउन , काठमाण्डौ । 
नेपाली पब्जी टिम होराले इस्पोट्र्स साउदी अरेबियामा भएको इस्पोट्र्स विश्वकप अन्तर्गत डेढ करोडभन्दा बढीको पुरस्कार जितेको छ । पब्जी मोबाइल विश्वकपमा नवौं स्थान हासिल गरेपनि नेपाली टोलीले पुरस्कार पाएको हो ।
फाइनलको अन्तिम दिनको अन्तिम खेलमा चिकन डिनर जितेको होराले समग्रमा १८ खेलमा १०० अंकसहित नवौं भएको हो ।
प्रतियोगिताको ग्रान्ड फिनालेमा विश्वका शीर्ष १५ टोलीहरूसँग प्रतिस्पर्धा गर्दै यो जित निकालेको होराले ग्रुप स्टेजको २७ हजार ५०० डलर, सर्भाइभल स्टेजको २५ हजार डलर, शो म्याचको १५ हजार डलर र फाइनलको नवौं स्थानको ६० हजार डलर गरी कुल १ लाख २७ हजार ५०० अमेरिकी डलर पुरस्कार जितेको छ ।
यो रकम आजको दरअनुसार १ करोड ७८ लाख ९७ हजार १७५ नेपाली रुपैयाँ हुन आउँछ । गत शुक्रबारदेखि आइतबारसम्म भएको लिग स्टेजको खेलमा होरा इस्पोट्र्स समग्रमा १३औं भएपछि सिधै ग्राण्ड फाइनलमा पुग्न सकेको थिएन ।
लिग चरणमा शीर्ष ८ मा नपरेपछि सर्भाइभल स्टेजमा प्रतिस्पर्धा गरेको होरा सर्भाइभल स्टेज जितेर फाइनलमा पुगेको थियो । सर्भाइभल स्टेजको शीर्ष ८ मा रहने टोली फाइनल स्टेजमा पुग्ने प्रावधान थियो ।
सर्भाइभल स्टेजमा होराले १२ खेलमा २ चिकेन डिनरसहित कुल १०८ अंक जोड्यो । योसँगै होराले २५ हजार डलर पनि जितेको छ । लिग स्टेजमा १३औं भएको होराले उक्त पोजिसनको पनि २७ हजार ५०० डलर पुरस्कार प्राप्त ग¥यो ।
पब्जी मोबाइल विश्वकपको उपाधि भने म्यानमारको वाइजी इस्पोट्र्सले जित्यो । नेपाली टोली पहिलोपटक पब्जी मोबाइल विश्वकप (पीएमडब्युसी) मा सहभागी भएको हो ।
जसमा ‘होरा ईस्पोट्र्स’ले ऐतिहासिक प्रदर्शन गर्दै नवौं स्थान हासिल गरेको हो । होराको टोलीबाट आकाश राई, शीतल राई, सुप्रिम अधिकारी, उगेन छोपेल लामा, प्रवेश गुरुङ र आयुश लामाले प्रतिस्पर्धा गरेका थिए ।
यो नेपाली टोलीको पहिलोपटक विश्वस्तरीय ईस्पोट्र्स प्रतियोगिता प्रवेश हो, जसले नेपाली गेमिङ क्षेत्रका लागि ठूलो उपलब्धि मानिएको छ ।
प्रतियोगिताको उपाधि म्यानमारको याङ्गोन ग्यालेक्टिकोसले १५७ अंक र चार चिकेन डिनरसहित जित्यो । उसले उपाधिसहित ५ लाख अमेरिकी डलर प्राप्त ग¥यो ।
चीनको वेबो गेमिङ १४२ अंक साथ दोस्रो स्थानमा रहँदा मंगोलियाको अल्फा गेमिङ १४१ अंकका साथ तेस्रो भयो । मंगोलियाका खेलाडी ‘डक’ प्रतियोगिताको ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित हुँदै ५० हजार डलर पुरस्कार जिते ।
Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top