×

NEPAL TIMES UPDATES

Playing
पश्चिम एसियामा दिगो शान्ति कि भीषण यु द्ध ?४८ घण्टा निर्णायक || Nepal Times
Apr 15, 2026
Playing
रुस–चीनसंग नजिक रहेको उत्तर कोरिया किन इरानसँग दूरी बढाउँदैछ ? || Nepal Times
Apr 15, 2026
Playing
दीपक भट्टसँग १० विलासी गाडी, शुद्धीकरण विभागले गर्याे जफत|| Nepal Times
Apr 15, 2026
Playing
सदावहार प्रतिपक्षी’ प्रेम सुवालको बिदाइ र हर्क साम्पाङको इन्ट्री || Nepal Times
Apr 15, 2026
Playing
बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य || Nepal Times
Apr 15, 2026
Playing
Top 15 Afternoon News || April-15-2026 || Nepal Times
Apr 15, 2026
Playing
गृहमन्त्रीले निर्देशनपछि कार्यक्षमताका आधारमा डिआइजीको बढुवा || Nepal Times
Apr 15, 2026
Playing
Israel–Lebanon बीच वासिंगटनमा वार्ता, रोकिएला यु द्ध ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुजमा १०,००० बढी अमेरिकी से*ना तैनाथ, सी ले दिए ४ बँुदे शान्ति प्रस्ताव|| Nepal Times
Apr 15, 2026
Playing
दीपक खड्काको फाइल अब अख्तियारमा || Nepal Times
Apr 15, 2026

कोशी ब्यारेजको २३ ढोका खुल्यो, रातो बत्ती बालियो

२० श्रावण २०८२
१९ साउन , काठमाण्डौ । 
मध्य साउनपछि वर्षा हुन थालेसंगै देशभरका नदीमा पानीको बहाव बढ्न थालेको छ । यसक्रममा आज सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ ।
आइतबार साँझ कोशी ब्यारेजमा प्रतिसेकेण्ड एक लाख ९१ हजार २१० क्युसेक पानीको बहाव मापन गरिएको थियो । आज बिहान गरिएको मापनमा कोशी ब्यारेज भएर एक लाख ७५ हजार ६८५ क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए ।
अहिले ५६ ढोकामध्ये २३ खुल्ला गरिएको उनले जानकारी दिए । कोशी ब्यारेज भएर एक लाख ५० हजार भन्दामाथि पानीको बहाव भएपछि सर्वसाधारणलाई सचेत गर्न खतराको सङ्केतस्वरुप रातो बत्ती बाल्ने गरिएको छ ।
सोही अनुसार रातो बत्ती बालिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । २०६५ भदौ २ गते एक लाख ६८ हजार क्युसेक पानीको बहाव हुँदा सप्तकोशी नदीले पूर्वी तटबन्ध भत्काएको थियो ।
यस्तै आज काठमाडौँसहित देशका ४१ जिल्लाका खोला नदीमा आकस्मिक बाढीको सम्भावना रहेकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले सुझाव दिएको छ ।
बाढी महाशाखाले आज बिहान बाढी मापन गर्दा कर्णाली र महाकाली नदीको बहाब सतर्कता आसपास छ र नारायणी, कमला, बागमती, पूर्वी राप्ती, पश्चिमराप्ती, बबई र कन्काई नदीहरुको बहाव सतर्कता तहभन्दा तलै छ तर बढ्ने सम्भावना छ ।
बाढी महाशाखाका अनुसार आज सिन्धुपाल्चोक, चितवन, मकवानपुर, रुकुमपश्चिम, दाङ, बाँके, बर्दिया, जाजरकोट, डोल्पा, दैलेख, सुर्खेत, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना छ ।
यसैगरी आज इलाम, झापा, सर्लाही, रौतहट, बारा, पर्सा, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, पाँचथर, स्याङ्जा, तनहुँ, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, धादिङ, नुवाकोट, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुली, रसुवा, दोलखा, पर्वत, म्याग्दी, डडेल्धुरा, बैतडी र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहेको बाढी महाशाखाले जनाएको छ ।
यसैबीच आज कर्णाली र सुदूरपश्चिमबाहेक सवै प्रदेशमा वर्षाको सम्भावना छ । मधेशसहित कोशी, लुम्बीनी, गण्डकी, बागमती प्रदेशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अबका केही दिन देशभर मनसुन निरन्तर सक्रिय रहने महाशाखाले जनाएको छ । मौसमविद् बिनु महर्जनका अनुसार शुक्रवारयता देशका धेरै ठाउँमा पानी परेको छ । गएराति पनि देशका धेरैजसो ठाउँमा वर्षा भएको छ ।
पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै धनुषामा ७४ दशमलव ६ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै रौतहट, मकवानपुर, बारा, पाल्पा, गुल्मी, बागलुङ, दाङलगायतका जिल्लामा पनि पानी परेको छ ।
आजराती बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् महर्जनले जानकारी दिए । मौसमी सूचनाको सही जानकारी लिएर मात्रै यात्रा गर्न र आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध छ ।
केही दिनदेखि सुख्खाग्रस्त मधेसमा पनि नियमित वर्षा भइरहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालनजिकै रहेकाले पनि तराई–मधेसमा मनग्गे वर्षा भइरहेको हो ।
आज पनि तराई–मधेसमा हल्कादेखि मध्यम र कतै वर्षाको सम्भावना छ । २४ घन्टामा रौतहटको महेशपुरमा ८६.२ मिलिमिटर वर्षा भएको छ। यो भनेको मध्यम नै वर्षा हो ।
त्यस्तै वीरगञ्जमा ६१.६, गौरमा ७४.८, कलैयामा ४८.६, सिमरा विमानस्थलमा ४६.६, रौतहटको चन्द्रपुरमा ४०.६, गोलबजारमा ४८.६, लाहनमा ४३.२ मिलिमिटर वर्षा भएको छ ।
मध्यसाउनपछि वर्षा हुन थालेकाले यहाँका कृषक उत्साहित छन्। मनसुनको पूर्वाद्र्धमा पानी नपरेकाले मधेसमा रोपाइँ नै हुन सकेको थिएन । साउनको पहिलो हप्तासम्म मधेसमा ५० प्रतिशत पनि रोपाइँ नभएकाले उत्पादकत्व नै घट्ने चिन्ता बढेको थियो ।
Advertisement

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top