×

NEPAL TIMES UPDATES

Playing
कांग्रेस प्रति दिलदार रास्वपा !भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर || Nepal Times
Apr 17, 2026
Playing
नेपाल ’बफर स्टेट’ कि ’सार्वभौम राष्ट्र’ ?|| Nepal Times
Apr 17, 2026
Playing
World News: अडानी एशियाकै धनी,टाइटानिकको ज्याकेट लिलामी,बुढ्यौली रोक्ने औषधि बन्यो || Nepal Times
Apr 17, 2026
Playing
अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने || Nepal Times
Apr 17, 2026
Playing
एमाले–नेकपा एकताः ओली र प्रचण्डबीच अस्पतालको बेडमा निर्णायक वार्ता
Apr 17, 2026
Playing
मातातीर्थ औँसीमा प्रधानमन्त्रीदेखि कलाकारहरुको मार्मिक शब्द|| Nepal Times
Apr 17, 2026
Playing
के अमेरिकाले चिनियाँमाथि भिसा प्रतिबन्ध लगाएको हो ?विरोधीलाई साथ दिनेलाई प्रवेश निषेध|| Nepal Times
Apr 17, 2026
Playing
यूएईविरुद्धको टी– २० सिरिजमा दीपेन्द्र बने कप्तान, रोहित आउट || Nepal Times
Apr 17, 2026
Playing
Top 15 Afternoon News || April-17-2026 || Nepal Times
Apr 17, 2026
Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026

भारतीयको घमण्ड सेकेण्डमा चकनाचुर, रविन्द्र MMA  का नयाँ राजा !

२० श्रावण २०८२
१९ साउन , काठमाण्डौ । 
जब आत्मसम्मानमाथि प्रहार हुन्छ, तब एउटा योद्धाको सबैभन्दा शक्तिशाली हतियार उसको मौनता र कर्म बन्छ ।
यो भनाइलाई नेपाली मिक्स्ड मार्शल आट्र्स  एमएमए फाइटर रविन्द्र ढाँटले भारतको प्रतिष्ठित म्याट्रिक्स फाइट नाइट  एमएफएनको रिङभित्र जीवन्त बनाइदिएका छन्।
उनले नेपालकै लागि पहिलो पटक केवल बान्टमवेट उपाधि मात्रै जितेका छैनन्, एक घमण्डी प्रतिस्पर्धीको अपमानजनक चुनौतीको जवाफ आफ्नो मुक्काले दिएर ३ करोड नेपालीको शिर गर्वले उँचो पारेका छन्।
यो जित केवल एक खेलको नतिजा  मात्रै थिएन, यो नेपाली साहस र स्वाभिमानको गर्जन  बनेको छ । जसले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको झण्डा  बहादुरीका साथ फहराएको  छ।
खेल अघिको वातावरण तनावपूर्ण र अपमानले भरिएको थियो। तत्कालीन च्याम्पियन, इन्डियन राइनो उपनामले चिनिने भारतीय फाइटर चोङ्गेरेङ कोरेनले अहंकारको सबै सीमा नाघेका थिए।
एक अन्तर्वार्तामा उनले रविन्द्रलाई खुलेआम हेप्दै भने, “ऊ त बच्चा हो, उसको दिमाग निकालिदिन्छु। मसँग लड्नै नआए राम्रो हुन्छ।“ कोरेनको यो भनाइ केवल एक सामान्य धम्की थिएन।
उनले आफ्नो योजना विस्तारमा सुनाएका थिए, “पहिलो राउन्डमा उसको दिमाग (मनोबल) तोड्नेछु र दोस्रो राउन्डमा उसको शरीरलाई सिध्याउनेछु।“
उनको आशय स्पष्ट थियो कि पहिलो राउन्डमा मनोवैज्ञानिक दबाब दिएर रविन्द्रको आत्मविश्वास चकनाचुर पार्ने र दोस्रो राउन्डमा शारीरिक रूपमा हाबी भएर खेल खत्तम पार्ने।
उनले रविन्द्रलाई “ए, बच्चा है“ भन्दै कमजोर, अनुभवहीन र अपरिपक्व खेलाडीको रूपमा चित्रण गरेर आफ्नो लागि कुनै चुनौती नै नभएको घमण्ड प्रदर्शन गरेका थिए।
तर, कोरेनको यो घमण्ड तोड्न रविन्द्रलाई केही सेकेण्ड मात्रै लाग्यो ।  त्यसको ओठे जवाफ दिनुको साटो  रविन्द्र शान्त रहे । उनले शब्दको लडाइँमा समय खेर फालेनन्, बरु आफ्नो सम्पूर्ण ध्यान र ऊर्जा रिङभित्रको प्रदर्शनका लागि साँचेर राखे।
जसरी विश्वमाझ गोर्खालीहरू आफ्नो अदम्य साहस र बहादुरीका लागि चिनिन्छन्, तर युद्धभूमिमा उत्रिनुअघि शान्त रहन्छन्, रविन्द्रले त्यही गोर्खाली भावनालाई रिङमा उतारे।
भारतको नोएडामा सम्पन्न एमएफएन १७ को मुख्य इभेन्टमा जब खेल सुरु भयो, तब परिस्थिति कोरेनले सोचेभन्दा ठीक उल्टो भयो। कोरेनले रविन्द्रका लागि जे–जे धम्की दिएका थिए, रविन्द्रले तिनै धम्कीलाई कोरेनमाथि नै बज्रपात गराइदिए। पहिलो राउन्डमा रविन्द्रको मनोबल तोड्ने सपना देखेका कोरेन आफैँ दबाबमा परे।
नेपाली टाइगरको नामले चिनिएका रविन्द्रले आफ्नो उत्कृष्ट खेल कौशल र रणनीतिक आक्रमणले कोरेनलाई निरन्तर पछि हट्न बाध्य बनाए।
दोस्रो राउन्डमा शरीर सिध्याउने कोरेनको योजना पनि धुलोमा मिल्यो। खेल तेस्रो राउन्डमा पुग्दा रविन्द्र पूर्ण रूपमा हाबी भइसकेका थिए। अन्ततः, उनले एक शक्तिशाली प्रहारसँगै कोरेनलाई केही सेकेन्डमै नकआउट गरिदिए।
कोरेनको घमण्ड रिङको क्यानभासमा बजारियो र च्याम्पियनसिप बेल्ट रविन्द्र ढाँटको कम्मरमा सजियो। उनले कोरेनको लगातार पाँच खेलको अपराजित यात्रामा पूर्णविराम लगाउँदै आफ्नो व्यावसायिक रेकर्ड ८ जित र १ हारमा पुरÞ्याए।
सुदूरपश्चिमको बझाङ जिल्लाबाट आएका रविन्द्र ढाँटको यो सफलताले नेपाली एमएमए खेललाई अन्तर्राष्ट्रिय मञ्चमा नयाँ पहिचान दिएको छ।
उनले आफ्नो यो ऐतिहासिक जितलाई प्रशिक्षक तथा मेन्टर दिविज पिया लामाप्रति समर्पण गर्दै आफ्नो विनम्रता र कृतज्ञता प्रकट गरेका छन् ।
उनले प्रतियोगितामा निमन्त्रणाका लागि बलिउड स्टार ज्याकी स्राफलाई धन्वयवाद समेत दिएका छन् ।  रविन्द्रको यो जितले प्रमाणित गरेको छ कि साँचो शक्ति शारीरिक बल र खोक्रो घमण्डमा होइन, बरु अनुशासन, आत्मविश्वास र निरन्तरको मिहिनेतमा हुन्छ।
उनले हजारौँ युवा नेपाली खेलाडीहरूका लागि प्रेरणाको विशाल स्रोत बनेर देखाएका छन् कि सपना ठूलो देख्नुपर्छ र त्यसलाई पूरा गर्न दृढ संकल्पका साथ अघि बढ्नुपर्छ।
आज रविन्द्र ढाँटको नाम नेपाली खेलकुदको इतिहासमा सुनौलो अक्षरले लेखिएको छ, जसले हरेक नेपालीलाई गर्वको अनुभूति गराएको छ।
Advertisement

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top