×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

एनपिएल मिनी अक्सनः आदिल–शरद ए क्याटोगोरीमा

२२ श्रावण २०८२

२१ साउन , काठमाण्डौ ।

नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको मिनी अक्सनमा १५० खेलाडीले भाग लिने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार दर्ता भएका ४५८ खेलाडीबाट १५० जनालाई सर्टलिस्ट गरेर अक्सनका लागि फाइनल गरिएको हो ।

Advertisement

क्यानका अनुसार ए क्याटोगोरीमा दुई विकेटकिपरसहित ८ खेलाडी छन् । यो क्याटोगोरीमा अर्जुन साउद, दिलिप नाथ, देव खनाल, पवन सर्राफ, शरद भेष्वाकर, मोहम्मद आदिल अन्सारी, सूर्य तामाङ र सुमन गौतम छन् ।

सुचीमा केही वर्ष अघि भएको नेपाल टि ट्वान्टी लिगका क्रम फिक्सीङ गरेको आरोपमा प्रतिबन्धमा परेका आदिल समेत रहेका हुन् । प्रमाण नपुगेको भन्दै केही समय पछि आदिललाई अदालतले सफाइ दिएको थियो ।

केही महिना अघि अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले उनलाई सबै प्रतिबन्ध हटाएको थियो । सुचीमा रहेका अन्य खेलाडीमा गत संस्करण खेलेका तथा नखेलेका खेलाडी रहेका छन् ।

गत संस्करण लुम्बिनी लायन्सबाट खेलेका अर्जुन साउद र सुर्य तामाङ रहँदा पोखरा एभेन्जर्सबाट खेलेका दिलिप नाथ र सुनम गौतम रहेका छन् । तर, सुनमले भने घाइते भएका कारण एनपिएल गसमाएका थिए ।

त्यस्तै, पहिलो संस्करण कर्णाली याक्सबाट खेलेका देव खनाल, चितवन राइनोजबाट खेलेका शरद भेषवाकर समेत सुचीमा रहेका छन् । चोटका कारण पहिलो संस्करणको एनपिएल गुमाएका पवन सरार्फ पनि श्रेणी ‘ए’ मा रहेका छन् ।

बी क्याटोगोरीमा आकाश त्रिपाठीसहित ३५ र बाँकीलाई सी क्याटोगोरीमा राखिएको छ । आगामी शनिवार हुने अक्सनमा श्रेणी ए मा ४ खेलाडीको मात्र आवश्यकता छ । तर, दोस्रो चरणको अक्सनमा ए श्रेणीमा बोली नलागेका खेलाडी स्वतः बि श्रेणीमा झर्ने छन्।

एनपिएलमा सहभागी ८ टोलीले इच्छाएका तथा नेपाल क्रिकेट संघ(क्यान) को प्राविधिक टोलीले बनाएको मापदण्डमा रहेका १ सय ५० खेलाडीलाई अन्तिम सुचीमा समावेश गरिएको हो ।

१ सय ५० जना खेलाडीले अन्तिम सुचीमा आफुलाई पाए पनि जम्मा ३७ खेलाडीमा मात्र बोली लाग्नेछ । एनपिएलको पहिलो संस्करणको अक्सनबाट ८८ खेलाडी (मार्की समेत) विभिन्न टोलीमा संलग्न भएका थिए ।

अक्सनमा बोली लागेका ८८ खेलाडीमध्ये टोलीले दोस्रो संस्करणका लागि ५१ (मार्की समेत) खेलाडीलाई निरन्तरता दिएका छन् । श्रेणीगत रुपमा हेर्दा अब श्रेणी ‘ए’ मा ४ खेलाडी आवस्यक देखिएको छ ।

Advertisement

यस्तै श्रेणी ‘बी’मा २३, श्रेणी ‘सी’लाई १० गरि जम्मा ३७ खेलाडी आवस्यक छ । यस्तै श्रेणी ‘ए’ कालागि न्युनतम १० लाख – अधिकतम १५ लाख, श्रेणी ‘बी’ न्युनतम ५ लाख – अधिकतम १० लाख र श्रेणी ‘सी’ न्युनतम २ लाख – अधिकतम ५ लाख राखिएको छ ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top