२१ साउन , काठमाण्डौ ।
नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको मिनी अक्सनमा १५० खेलाडीले भाग लिने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार दर्ता भएका ४५८ खेलाडीबाट १५० जनालाई सर्टलिस्ट गरेर अक्सनका लागि फाइनल गरिएको हो ।
क्यानका अनुसार ए क्याटोगोरीमा दुई विकेटकिपरसहित ८ खेलाडी छन् । यो क्याटोगोरीमा अर्जुन साउद, दिलिप नाथ, देव खनाल, पवन सर्राफ, शरद भेष्वाकर, मोहम्मद आदिल अन्सारी, सूर्य तामाङ र सुमन गौतम छन् ।
सुचीमा केही वर्ष अघि भएको नेपाल टि ट्वान्टी लिगका क्रम फिक्सीङ गरेको आरोपमा प्रतिबन्धमा परेका आदिल समेत रहेका हुन् । प्रमाण नपुगेको भन्दै केही समय पछि आदिललाई अदालतले सफाइ दिएको थियो ।
केही महिना अघि अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले उनलाई सबै प्रतिबन्ध हटाएको थियो । सुचीमा रहेका अन्य खेलाडीमा गत संस्करण खेलेका तथा नखेलेका खेलाडी रहेका छन् ।
गत संस्करण लुम्बिनी लायन्सबाट खेलेका अर्जुन साउद र सुर्य तामाङ रहँदा पोखरा एभेन्जर्सबाट खेलेका दिलिप नाथ र सुनम गौतम रहेका छन् । तर, सुनमले भने घाइते भएका कारण एनपिएल गसमाएका थिए ।
त्यस्तै, पहिलो संस्करण कर्णाली याक्सबाट खेलेका देव खनाल, चितवन राइनोजबाट खेलेका शरद भेषवाकर समेत सुचीमा रहेका छन् । चोटका कारण पहिलो संस्करणको एनपिएल गुमाएका पवन सरार्फ पनि श्रेणी ‘ए’ मा रहेका छन् ।
बी क्याटोगोरीमा आकाश त्रिपाठीसहित ३५ र बाँकीलाई सी क्याटोगोरीमा राखिएको छ । आगामी शनिवार हुने अक्सनमा श्रेणी ए मा ४ खेलाडीको मात्र आवश्यकता छ । तर, दोस्रो चरणको अक्सनमा ए श्रेणीमा बोली नलागेका खेलाडी स्वतः बि श्रेणीमा झर्ने छन्।
एनपिएलमा सहभागी ८ टोलीले इच्छाएका तथा नेपाल क्रिकेट संघ(क्यान) को प्राविधिक टोलीले बनाएको मापदण्डमा रहेका १ सय ५० खेलाडीलाई अन्तिम सुचीमा समावेश गरिएको हो ।
१ सय ५० जना खेलाडीले अन्तिम सुचीमा आफुलाई पाए पनि जम्मा ३७ खेलाडीमा मात्र बोली लाग्नेछ । एनपिएलको पहिलो संस्करणको अक्सनबाट ८८ खेलाडी (मार्की समेत) विभिन्न टोलीमा संलग्न भएका थिए ।
अक्सनमा बोली लागेका ८८ खेलाडीमध्ये टोलीले दोस्रो संस्करणका लागि ५१ (मार्की समेत) खेलाडीलाई निरन्तरता दिएका छन् । श्रेणीगत रुपमा हेर्दा अब श्रेणी ‘ए’ मा ४ खेलाडी आवस्यक देखिएको छ ।
यस्तै श्रेणी ‘बी’मा २३, श्रेणी ‘सी’लाई १० गरि जम्मा ३७ खेलाडी आवस्यक छ । यस्तै श्रेणी ‘ए’ कालागि न्युनतम १० लाख – अधिकतम १५ लाख, श्रेणी ‘बी’ न्युनतम ५ लाख – अधिकतम १० लाख र श्रेणी ‘सी’ न्युनतम २ लाख – अधिकतम ५ लाख राखिएको छ ।