×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

‘नेपाल टाइम्स’को नवौं वार्षिक उत्सवमा सम्पादक नेपाललाई सम्मान

२६ श्रावण २०८२

२५ साउन, विराटनगर । ‘नेपाल टाइम्स’का सम्पादक हरिहर नेपाललाई संस्थाको नवौं वार्षिक उत्सवको अवसरमा सम्मान गरिएको छ ।

नेपाल टाइम्स मिडिया प्रा.लि.द्वारा सञ्चालित मल्टिमिडियामा पत्रकार नेपालले स्थापनाकालदेखि समाचार शाखाको महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका छन् ।

Advertisement

नेपाली मिडिया जगतमा चर्चित अनलाइन टेलिभिजनको अवार्डबाट समेत सम्मानित भइसकेको नेपाल टाइम्सले मल्टिमिडिया प्रविधिमा छुट्टै पहिचान बनाउन सफल भएको छ । साढे २ दशकदेखि राष्ट्रियस्तरका छापा, विद्युतीय लगायत विभिन्न सञ्चार माध्यममा काम गरेको लामो अनुभव नेपालले संगालेका छन् ।

यसअघि नेपालले नेपाल वान टेलिभिजन, उज्यालो नेटवर्क एफएम, मकालु टेलिभिजन र नेपाल समाचारपत्र दैनिकमा काम गरेका थिए । कोशी प्रदेशको राजधानी विराटनगरमा रहेर मुलधारको मल्टिमिडियामा नेपालले पुर्याएको योगदान उदाहरणीय रहेको छ । उनकै नेतृत्वमा अहिले नेपालटाइम्सका समाचारहरु दर्शक, स्रोता र पाठकमाझ निक्कै लोकप्रिय छन् ।

‘हरिहर नेपाल यस कम्पनीद्वारा सञ्चालित मल्टिमिडियाको मुल पिलर हुनु हुन्छ । यो ८ वर्षको बिचमा उहाँले खेलेको महत्वपूर्ण भूमिकाबाट हामी यहाँसम्म आइपुगेका छौं’ प्रा.लि.का अध्यक्ष अब्दुल खत्तावले नेपाललाई सम्मान गर्दै भने ।

‘भरपर्दो, विश्वसनीय र आधिकारिक समाचार पाठक समक्ष पुर्याउने मुख्य मुल उद्देश्यले हामीले आफ्नो जिम्मेवारी पूरा गरिरहेका छौं । हामीले पस्किने समाचारमा सत्य, निर्भिक, जिम्मेवारी र उत्तरदायी भएका कारण दर्शक, स्रोता र पाठकले निक्कै रुचाएका छन्’, सम्मानित भएपछि प्रा.लि.लाई धन्यवाद ज्ञापन गर्दै नेपालले भने ।

नेपाली समाजमा गलत समाचारको प्रभावले दर्शक, स्रोता र पाठकलाई दिग्भ्रमित पारिरहेको बेला सत्य समाचार दिइरहनु नै नेपाल टाइम्सको एकल पहिचान भएको नेपालले बताए ।

सत्य, निश्पक्ष समाचारले मात्रै समाजलाई सही मार्गदर्शन गर्ने भएकाले आगामी दिनमा समाचारहरु अझै परिस्कृत गर्दै अघि बढ्ने नेपालले प्रतिबद्धता जाहेर गरेका छन् ।

यस्तै कार्यक्रममा प्रधानसम्पादक लिलाबल्लभ घिमिरेले स्थापनाकालदेखि नै नेपाल टाइम्सको समाचार शाखाको महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको भन्दै सम्पादक नेपाल सम्मानित भएकोमा खुशी ब्यक्त गरे ।

‘छापा, रेडियो, टेलिभिजनदेखि अनलाइनसम्मको लामो र विविध अनुभवले खारिनुभएका हरिहरजीको विज्ञता हाम्रो संस्थाको बलियो आधार हो’, प्रधानसम्पादक घिमिरेले भने ,’गलत र भ्रामक समाचारको भीडमा सत्य र जिम्मेवार पत्रकारिताको दियो बाल्नु चुनौतीपूर्ण छ, तर हरिहरजीले यो चुनौतीलाई अवसरमा बदल्दै पाठक, श्रोता र दर्शकको मन जित्न सफल हुनुभएको छ । उहाँकै नेतृत्वमा आज नेपाल टाइम्सका सामग्रीहरू लोकप्रिय मात्र छैनन्, विश्वसनीय पनि छन् ।’

२०७४ साउन २४ गते विराटनगरमा स्थापना भएको नेपाल टाइम्सले पछिल्लो समय संघीय राजधानी काठमाडौंबाट समेत समाचारजन्य सामग्री प्रकाशन र प्रशारण गर्दै आएको छ । सम्मानित नेपालप्रति सिङ्गो नेपाल टाइम्स टिमको तर्फबाट हार्दिक बधाई सहित उत्तरोत्तर प्रगतिको कामना गर्दछौं ।

Advertisement

भर्खरको समाचार

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

सम्बन्धित खबरहरु

Scroll to Top