×

NEPAL TIMES UPDATES

Playing
प्रधानन्यायाधीश विरुद्धको रिट दर्ता गर्न कामु प्रधान्यायाधीशको ठाडो आदेश || Nepal Times
May 18, 2026
Playing
Top 15 Afternoon News || May-18-2026 || Nepal Times
May 18, 2026
Playing
अमेरिकी दुई लडाकु विमान आकाशमा ठो किएर खसे || Nepal Times
May 18, 2026
Playing
सन्दीप लामिछानेले बनाए दुर्लभ विश्व कीर्तिमान, ७३ खेलमा १५० विकेट|| Nepal Times
May 18, 2026
Playing
श्रम संस्कृतिले रोस्ट्रम घेरेर प्रधानमन्त्रीले विरोध गर्याे,सभामुखले दिए चेतावनी|| Nepal Times
May 18, 2026
Playing
यूएईको आणविक प्लान्टमा ह म ला, साउदीले खसाल्यो ३ ड्रो न|| Nepal Times
May 18, 2026
Playing
६ वर्षीया बालिकाको अप हर ण र ह त्या गर्ने सपना दोस्रोपटक जेलबाट कसरी भागिन् ? || Nepal Times
May 18, 2026
Playing
सुधनमाथि आजदेखि छानबिन,क्लिनचिट पाए फेरि गृहमन्त्री || Nepal Times
May 18, 2026
Playing
एकदिवसीय मान्यता जोगाउन आज नेपालले जित्नैपर्ने || Nepal Times
May 18, 2026
Playing
ओलीकै शैली पछ्याउँदै संसदीय दलको नेता बादल || Nepal Times
May 17, 2026

विमला र समीक्षाले एपिएफबाट खेल्ने

२२ श्रावण २०८२

२१ साउन , काठमाण्डौ ।

नेपाली महिला राष्ट्रिय फुटबल टोलीका सदस्यहरु विमला विक र समीक्षा घिमिरे नेपाल एपिएफ फुटबल क्लबबाट खेल्ने भएका छन् ।

Advertisement
Advertisement

एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरण खेल्न तयारीमा रहेको विभागीय टोली एपिएफले राष्ट्रिय टोलीका दुई डिफेन्डर त्रिभुवन आर्मी क्लबकी विमला विक र नेपाल पुलिस क्लबकी समीक्षालाई अनुबन्ध गरेको हो ।

त्यस्तै, च्याम्पियन्स लिग कै लागि एपिएफले चेतन घिमिरेलाई प्रशिक्षकमा नियुक्त गरेको छ । ‘ए’ लाइसेन्न प्राप्त ३७ वर्षीय चेतन राष्ट्रिय टोलीका पूर्वसहायक प्रशिक्षक हुन् ।

नेपाल पुलिस क्लबबाट सन् २००७ देखि २०१४ सम्म घरेलु लिग खेलेको स्ट्राइकर पछिल्लो समय पुलिसलाई प्रशिक्षण गर्दै आएका थिए । उनले सहिद स्मारक ‘ए’ डिभिजन लिग २०८० को मध्यतिर रेलिगेसन जोनमा पुगिसकेको पुलिसलाई उकास्दै तेस्रो स्थानमा पु¥याउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

उनी अल्र्बेटो भिन्सेन्जो एनिस र नवीन न्यौपाने मुख्य प्रशिक्षक हुँदा सहायक प्रशिक्षकको भूमिकामा टोलीमा थिए । गत संस्करणमा भने राजेन्द्र तामाङले टोली सम्हालेका थिए ।

तर, उज्बेकिस्तानको नासाफ र घरेलु टोली सबाहसँग भिडेको एपिएफ जितविहीन रहँदै १ अंकसहित समूह चरणबाटै बाहिरिएको थियो । उक्त टोलीले नासाफसँग १–० को हार बेहोरेको थियो।

सबाहसँग भने गोलरहित बराबरी खेलेको थियो। यसपल्ट भने एपिएफ बलियो टोली निर्माणमा लागेको छ । एपिएफ समूह ‘बी’ मा थाइल्यान्डको कलेज अफ एसियन स्कलर, आयोजक उज्वेकिस्तानको पिएफसी नासाफ र साउदी अरबको अल नासरसँग छ ।

एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरण प्रतियोगिता अगस्ट २५ देखि ३१ तारिखसम्म उज्वेकिस्तानमा हुँदैछ । एपिएफले पहिलो खेलमा घरेलु टोली नासाफको सामना गर्नेछ ।

दोस्रो खेलमा थाइल्यान्डको कलेज अफ एसियन स्कलर खेल्ने एपिएफले अन्तिम खेलमा साउदी अरबको अल नासरसँग खेल्नेछ ।m१९ देशका लिग च्याम्पियन क्लबहरुको सहभागिता रहेको प्रतियोगितामा ५ समूह रहेको छ ।

४ समूहमा ४–४ टोली छन् । एक समूह ‘ई’ मा भने ३ टोली छन् । हरेक समूहका विजेता एफसी महिला च्याम्पियन्स लिगको फाइनल राउन्डका लागि छनोट हुनेछन् ।

समीक्षा नेपाल पुलिस क्लबबाट घरेलु फुटबल खेल्दै आएकी थिइन् । विमला भने त्रिभुवन आर्मी क्लबमा थिइन् । एन्फा महिला लिग च्याम्पियन एपिएफले लगतार दोस्रोपल्ट च्याम्पियन्स लिग खेल्न लागेको हो ।

गत संस्करणमा पनि एपिएफले यो प्रतियोगिताको प्रारम्भिक छनोट खेलेको थियो । तर, समूहचरणबाटै बाहिरिएको थियो। यसपटक एपिएफ समूह ‘बी’ मा छ ।

Advertisement

एपिएफले गत संस्करणमा प्रारम्भिक छनोटको पहिलो खेलमा मलेसियाको सबाह एफसीलाई गोलरहित बराबरीमा रोकेको थियो । दोस्रो खेलमा भने नासाफसँग १–० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top