×

NEPAL TIMES UPDATES

Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026

सौर्य एयर दुर्घटनाको प्रतिवेदनमाथि उठ्यो प्रश्न

३० श्रावण २०८२
२९ साउन, काठमाण्डौ । 
गत वर्ष साउनमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा आफ्ना तीन सन्तति गुमाएका प्रकाश खतिवडाले सरकारद्वारा गठित जाँचबुझ आयोगको प्रतिवेदनमाथि गम्भीर असन्तुष्टि र आपत्ति जनाएका छन् ।
बिहीबार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा दुर्घटना प्रतिवेदनमाथिको छलफलमा बोल्दै उहाँले प्रतिवेदन नियोजित, अपुरो र पीडितको अस्मितामाथि नै प्रहार गर्ने गरी तयार पारिएको आरोप लगाए ।
आफ्नो पीडा र आक्रोश व्यक्त गर्दै खतिवडाले दुर्घटनाको छानबिन प्रतिवेदनले आफूजस्ता पीडितलाई न्याय दिनुको साटो थप पीडा दिएको बताए  ।
खतिवडाले उक्त उडान नै अवैध भएको र आफ्ना परिवारका सदस्यलाई गैरकानुनी रूपमा ’एयरलाइन्सको कर्मचारी’ बनाएर उडाइएको खुलासा गरेका छन् ।
उनले प्रमाण देखाउँदै भनेका छन्, “मेरो ४ वर्षको नाती, अधिराज शर्मालाई किन सौर्य एयरलाइन्सको स्टाफ बनाइयो? ऊर्जा मन्त्रालयमा कार्यरत मेरी छोरीलाई कसरी सौर्य एयरलाइन्सको स्टाफ भनेर लेखियो? यो आर्थिक र व्यापारिक स्वार्थसँग जोडेर मेरो परिवारको   मर्यादा माथि खेल्ने र मेरी छोरीलाई भ्रष्टीकरण गर्ने प्रयास हो।“
उनले आयोगले दुर्घटनाको कारण ‘ह्युमन फ्याक्टर’ भनेकोमा सहमति जनाए पनि प्रतिवेदनले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को भूमिकालाई लुकाउन खोजेको आरोप  उनले लगाएका छन् ।
“प्रतिवेदनले सौर्य एयरलाइन्स, एरोड्रोम र नेभिगेसनलाई सेवा प्रदायक भन्यो, तर क्यानलाई उल्लेख गरेन,“ उनले भनेका छन्, “किनकि सेवा प्रदायकलाई अनुमति दिने व्यक्ति जाँचबुझ समितिका संयोजक रतिशचन्द्रलाल सुमनको आफन्त हुन। उनलाई त्यो उल्लेख गर्न समस्या छ।“
खतिवडाले सबैभन्दा बढी क्षति व्यहोरेको परिवारसँग आयोगले एक पटक पनि सम्पर्क नगरेकोमा गहिरो दुःख व्यक्त गरेका छन् । उनले भावुक हुँदै भने, “सारासँग अन्तर्वार्ता लिइयो, तर तीन सन्तान गुमाएको म अभिभावकसँग सम्पर्क गर्न चाहनुभएन। मलाई मान्छे नै ठान्नुभएन। मेरो पीडा त्यहाँबाट सुरु भएको छ। पीडितका कुरा मात्रै सुनिदिए पनि न्याय पाएको अनुभूति हुन्छ। तर उहाँहरूले मसँग सम्पर्क गर्न आवश्यक ठान्नुभएन।“
उक्त छानबिन प्रतिवेदन र जाँचबुझ आयोग नै अवैधानिक रहेको जिकिर गर्दै खतिवडाले सत्यतथ्य बाहिर ल्याउन र वास्तविक न्याय सुनिश्चित गर्न तत्काल न्यायिक जाँच आयोग गठन गर्न माग गरेका छन् ।
उनले तथ्य र प्रमाणले यो घटना दुर्घटना मात्र नभई एक संगठित अपराधसमेत हुन सक्ने संकेत गरेको बताए ।  सौर्य एयरलाइन्सको ९ एन–एएमई–सीआरजे २०० कलसाइन जहाजको  गत वर्षको साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको दुर्घटनामा १८ जना यात्रुहरूले ज्यान गुमाएका थिए भने पाइलट मनिष शाक्य बाँच्न सफल भएका थिए।
छानबिन आयोगले प्रस्तुत गरेको अन्तिम प्रतिवेदनमा मुख्य कारण पाइलटको लापर्वाही रहेको निष्कर्ष निकालिएको छ। जहाज टेकअफ हुनु अघि पाइलटले जहाजको अगाडिको भाग (नोज) अत्याधिक माथि उचालेका कारण ’पिच रेट’ बढी हुँदा जहाजको गति घटेर ’डीप स्टल’ भई दुर्घटना भएको छ।
डीप स्टल अवस्थाबाट जहाजले उचालिन नसकेको बताइएको छ।  त्यसैगरी, टेकअफका लागि आवश्यक गति गणना गर्ने स्पीडकार्ड (स्पीडकार्ड) मा गलत तथ्याङ्क रहेको र उक्त स्पीडकार्ड स्वीकृत नभएको पाइएको छ।
अपरेटरले उडान भर्ने क्रममा उच्च पिच रेट भएका पुराना घटनाहरूलाई सुधार नगरेको पनि देखिएको छ। अर्को महत्वपूर्ण पक्ष कम्पनीको सञ्चालन प्रक्रिया, जस्तै अपरेसन म्यानुअल र ग्राउन्ड ह्यान्डलिङ म्यानुअलको पालना नगर्नु, लोडिङ क्षमतामा त्रुटि, जहाजमा गैरआवश्यक कर्मचारी र खतरनाक सामग्री राखिएको समेत प्रतिवेदनमा उल्लिखित छ।
मर्मतसम्भारमा कुनै ठूलो त्रुटि नदेखिएको भए पनि कम्पनीको व्यवस्थापन र चालक दलको गलत क्रियाकलाप दुर्घटनाका मुख्य कारणका रूपमा देखिएका छन्।
सम्पूर्णमा, यस दुर्घटना पाइलटको त्रुटि, कम्पनीको लापर्वाही र व्यवस्थापन कमजोरीका कारण भएको जनाएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित कार्यक्रममा उक्त प्रतिवेदन हस्तान्तरण गरिएको थियो र मन्त्रालयले यसलाई सार्वजनिक गरेर कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाएको छ।
सो दुर्घटनामा खतिवडाले आफ्नी छोरी, ज्वाइँ र नाती गुमाएका थिए । यो घटनाले नेपालको हवाई सुरक्षा र दुर्घटनापछिको छानबिन प्रक्रियाको निष्पक्षतामाथि फेरि एकपटक गम्भीर प्रश्न खडा गरेको छ।
Advertisement

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top