×

NEPAL TIMES UPDATES

Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026
Playing
कीर्तिपुरमा फ्लडलाइट डेब्यू, यूएईविरुद्ध नेपालको चुनौती|| Nepal Times
Apr 20, 2026
Playing
शेयर खरिदबारे Sudan Gurungको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ? || Nepal Times
Apr 20, 2026
Playing
भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब || Nepal Times
Apr 20, 2026
Playing
Islamabadमा हुने वार्ता हल्ला, अब के हुन्छ ? || Nepal Times
Apr 20, 2026
Playing
Top 15 Afternoon News || April-20-2026 || Nepal Times
Apr 20, 2026
Playing
अब सरकारी तलब १५ दिनमै आउने || Nepal Times
Apr 20, 2026

जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु

३० श्रावण २०८२
२९ साउन, काठमाण्डौ । 
भारत फेरि मनसुनी प्रकोपमा परेको छ । त्यहाँको जम्मू–कश्मीरको किश्तवाड जिल्लाको पड्डर सब–डिभिजन अन्तर्गत पर्ने चशोटी गाउँमा बिहीबार दिउँसो १२ः३० बजे ‘क्लाउड ब्रस्ट’ (मुसलधारे वर्षा) भएको छ ।
अति भारी वर्षापछि पहाडबाट आएको पानी र माटोको ढिस्कोमा परी धेरै मानिसहरू फसेका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार, यो दुर्घटनामा १२ जनाको मृत्यु भएको छ ।
उनीहरूको शव पनि फेला परेको छ । २५ जनाभन्दा बढी मानिस घाइते भएका छन् र मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । हजारौं तीर्थयात्री मचैल माता यात्राका लागि चशोटी गाउँमा जम्मा भएको बेला यो घटना भएको थियो ।
यो यात्राको पहिलो बिसौनी हो । क्लाउड ब्रस्ट भएको ठाउँबाट नै यात्रा सुरु हुनेवाला थियो । यहाँ तीर्थयात्रीहरूका बस, टेन्ट, लंगर (सामुदायिक भोजनालय) र धेरै पसलहरू थिए । बाढीको पानीले ती सबै बगाएको छ ।
मचैल माता तीर्थयात्रा हरेक वर्ष अगस्टमा हुन्छ र यसमा हजारौं श्रद्धालु सहभागी हुन्छन् । यो यात्रा जुलाई २५ देखि सेप्टेम्बर ५ सम्म चल्नेछ ।
यो रुट जम्मूदेखि किश्तवाडसम्म २१० किलोमिटर लामो छ र यसमा पद्दरदेखि चशोटीसम्मको १९.५ किलोमिटर सडकमा सवारी साधन चल्न सक्छन् । त्यसपछि मचैलसम्म ८.५ किलोमिटरको पैदल यात्रा हुन्छ ।
उता, हिमाचल प्रदेशका अधिकांश क्षेत्रमा बुधबार राति भारी वर्षा भएको छ । कोटखाईको खलटूनालाको पहाडमा बिहान ३ बजे आरीघोप्टे वर्षा हुँदा खोलामा माटोको ढिस्को आएको छ ।
यसले गर्दा एउटा पेट्रोल पम्प र ६ वटाभन्दा बढी गाडीहरू पुरिएका छन् । पम्पमा काम गर्ने कर्मचारीहरूले भागेर ज्यान बचाएका थिए । हिमाचल प्रदेशको कुल्लु र शिमलामा पनि बुधबार साँझ ४ ठाउँमा क्लाउड ब्रस्ट भएको  थियो ।
कुल्लुको श्रीखण्ड र तीर्थन भ्याली, शिमला जिल्लाको फाचाको नान्टी गाउँ र काशापाठमा बादल फाटेपछि नदी र खोलाहरूमा बाढी आएको छ ।
हिमाचल प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार, पछिल्लो २४ घण्टामा वर्षा र यससँग सम्बन्धित घटनाहरूका कारण ३९६ वटा सडकहरू बन्द भएका छन् ।
यता नेपालमा पनि पश्चिमी क्षेत्रमा मनसुन सक्रिय भएको छ । जसका कारण ठाउँ ठाउँमा पहिरोले सडकहरु अवरुद्ध भएका छन् । बुधबार रातिको बाढीले बाजुरामा हिमाली गाउँपालिका–१ बिच्छ्यामा ११ घर बगाएको छ ।
बिच्छ्या खोलामा बुधबार राति आएको बाढीले गाउँपालिकाको १,३ र ५ वडामा बढी क्षति गरेको हो । बाढीले ११ घर बगाएको, सात घरमा क्षति र १७ घर जोखिममा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवबहादुर चौधरीले जानकारी दिए ।
उनकाअनुसार कवाडी प्रहरी चौकीको टोली बाढी प्रभावित क्षेत्रमा गएर तथ्याङ्क सङ्कलन गरेको हो । बाढीले सोही गाउँपालिका–१ का नरेन्द्रबहादुर बुढा, छञ्चलाल थापा, धनसिंह थापा, सब्बले थापा, लालबहादुर थापा, सुजलाल थापा, गोवतल थापाको घर, पसल र खेतबारीमा क्षति पुगेको छ ।
सोही गाउँपालिका–५ का नवराज बुढा, देवीलाल चदारा, विरवल चदारा, अजय चदारा, हिउँसरा ल्वार, अङ्गविर चदाराको घर बगाएको प्रहरी निरीक्षक चौधरीले जानकारी दिए ।
त्यसैगरी बलबहादुर चदारा, मुगा लुहार, देवीलाल बुढथापा, वीरभान लुहार र डबल लुहारको घर बगाएको प्रहरी निरीक्षक चौधरीको भनाइ छ ।
बाढीका कारण हिमाली गाउँपालिका–१ का विच्छ्याका  सुजलाल थापा, धनसिंह थापा, जबैलाल थापा, धनबहादुर थापा, चन्द्रापति थापा, धर्मलाल थापा, बलचन्द्र थापाको घर जोखिममा छन् ।
स्थानीय उने थापा, लालसिंह बोहरा, डिलबहादुर थापा, हरिलाल थापा, भउरलाल थापा, चन्द्रवान थापा, रत्नपति थापा, गोबनल थापा, धर्मजीत थापा र लक्ष्मण थापाको घर पनि बाढीका कारण उच्च जोखिममा छन् ।
बाढीले सरकारी कार्यालय, विद्यालय र सार्वजनिक संरचनासमेतमा क्षति पुगेको छ । १ नम्बर वडा कार्यालय, विच्छ्या मावि, स्वास्थ्य चौकी, स्थानीय विद्युत लाइन् झोलुङ्गे पुल, नेटा र देउसैनको पानी घट्टसमेत जोखिममा छन् ।
बाढीले पु–याएको क्षतिको अवस्था अनुगमन गर्न गाउँपालिका अध्यक्ष गोविन्द्रबहादुर मल्ल नेतृत्वको टोली बाढी प्रभावित क्षेत्रमा पुगेको छ।
अध्यक्ष मल्लको टोलीले तीन वटै वडामा बाढीले पु¥याएको क्षतिको अवस्था र प्रभावितको अवस्था बुझ्न बिच्छ्या गएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापाले बताए ।
बाढी प्रभावितलाई राहत र पुनःस्थापनाका लागि कार्यपालिका बैठक बसेर निर्णय गर्ने अध्यक्ष मल्लले बताए । गएरातिदेखि पश्चिम नेपालमा मनसुन बढी सक्रिय भएको हो ।
हिजो देशैभर सक्रिय मनसुन आज भने पश्चिममा बढी सक्रिय देखिएकाले ती क्षेत्रमा निरन्तर वर्षा भइरहेको मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिट ढकालले जानकारी दिए ।
आज विहानदेखि सुदूरपश्चिमका विभिन्न जिल्लामा केन्द्रित भएर वर्षा भएको छ ।  कञ्चनपुर, डडेलधुरा, डोटी, दार्चुला, कैलाली, अछाम र यता कास्कीका केही क्षेत्रमा वर्षा भएको छ ।
यसैबीच, महाकाली नदीमा पानीको बहाव बढेको छ । बिहीबार बिहान ११ वजेको मापनअनुसार नदीमा पानीको बहाव १ लाख २६ हजार ७१२ क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
प्रहरीका अनुसार नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजको पुलमा चारपांग्रे सवारीसाधनमा रोक लगाइएको छ । बिहीबार बिहानदेखि नदीमा पानीको बहाव बढेको हो ।
Advertisement

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top