×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सञ्चालनमा आयो पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज

३१ श्रावण २०८२

३० साउन , काठमाण्डौ ।

वर्षौंको प्रतीक्षा र राजनीतिक, प्रशासनिकउतारचढावकाबीच पूर्वाञ्चलविश्वविद्यालयअन्तर्गतको मेडिकल कलेज अन्ततः सञ्चालनमाआएको छ। २ दशकभन्दा बढीको निरन्तरको प्रयास स्वरुप यो मेडिकल कलेज संचालनमा आएकोहो ।

Advertisement
Advertisement

यसकालागि नेपालीकाँग्रेसका नेताएवं सांसदहरु डा. सुनिलकुमार शर्मा र डा. शेखर कोइरालाले विशेष समन्वयकारी भूमिका खेलेका छन्। वर्षौको अथक प्रयासपछि अन्नतआफूहरुको सामूहिक सपना पूरा भएको डा.सुनिलशर्माले प्रतिक्रिया दिएका छन् ।

मोरङ–३बाट प्रतिनिधि सभा सदस्य भएका शर्माले यसलाई आफ्नो राजनीतिक यात्राको महत्वपूर्ण मोड र क्षेत्रको दीर्घकालीन विकासको ऐतिहासिक उपलब्धि मानेका छन् ।

यो मेडिकल कलेज सञ्चालनको प्रयास नयाँहोइन ।वि.सं. २०६१÷२०६२ तिरै सञ्चालनको तयारी पूरा भएपनिजनआन्दोलनका कारण प्रक्रिया रोकिएको थियो। त्यसपछि विभिन्न सरकार बने, मन्त्री फेरिए ।प्रतिनिधिहरू आए÷गए ।

तर मेडिकल कलेजको सञ्चालनकार्यान्वयनमाआउन सकेको थिएन । तत्कालिनपुष्पकमलदाहालनेतृत्वको सरकारमा, डा.सुनीलकुमार शर्माको पहलमा, मन्त्रिपरिषद् मार्फत कोशी अस्पतालसँग सहकार्य गरी मेडिकल कलेज सञ्चालन गर्ने निर्णय गरेको थियो।

तर, विभिन्न कारणले उक्त निर्णय कार्यान्वयनहुन सकेको थिएन।निर्णय कार्यान्वयननहुने भएपछि, मेडिकल कलेज सञ्चालनको सपना फेरि नयाँ चरणबाट अघि बढाउनुपर्यो।

यसपटक योजनालाई पुनर्जीवित गर्न डा.शेखर कोइराला र डा.शर्मा दुवै अग्रसर भए। स्थायी समाधानकालागि दीर्घकालीन रणनीति तयार पार्दै, उनीहरूले लगातार प्रधानमन्त्री, मन्त्रीहरू र सम्बन्धितनिकायहरूसँग प्रत्यक्ष संवाद गरे।

सरकारी संयन्त्रमाआवश्यकनीतिगत सुधारका लागिदबाबसिर्जना गरे र पूर्वाञ्चलविश्वविद्यालयतथाचिकित्साशिक्षाआयोगसँगप्राविधिक र कानुनीप्रक्रिया पूरा गर्न सक्रियभूमिका खेले।

यहि अडिग प्रतिबद्धता, निरन्तर पहल र सशक्त संवादको परिणामस्वरूप, दुई दशकभन्दा बढी समयको प्रतीक्षापछि अन्ततः मेडिकल कलेज सञ्चालन सम्भव भएको हो।

डा.शर्मा भन्छन्, ‘यो केवल एउटा शैक्षिक संस्था सुरु हुनु मात्रहोइन, यो कोशी प्रदेशका जनताको स्वास्थ्य सेवा, शिक्षा र रोजगारीको क्षेत्रमा नयाँ युगको सुरुवातहो । लाखौँ नागरिकले अब आफ्नै देशमा सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउनेछन् ।’

यस ऐतिहासिकउपलब्धिको अवसरमा डा.शर्माले योगदानदिने सबै पक्षप्रधानमन्त्री केपीशर्मा ओली, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, डा.शेखर कोइराला, राष्ट्रिय सभा सदस्यगोपी अछामी, गठबन्धन सरकारका नेता, चिकित्सा शिक्षा आयोगका पदाधिकारी, पूर्वाञ्चल विश्वविद्यालयका कुलपति र डिन, मोरङका स्थानीय नेता, संघ÷संस्था, बुद्धिजीवी र आमनागरिकप्रतिआभार व्यक्त गरेका छन् ।

यस्तै पूर्वाञ्चलविश्वविद्यालयका सेनेट सदस्य रञ्जन ओझाले सामाजिक सञ्जालमा लेख्दै मेडिकलकलेज सञ्चालनलाई ‘विश्वविद्यालय स्थापनाको २ दशकपछि प्राप्त ऐतिहासिकउपलब्धि’भनेका छन्।

उनले लेखेका छन्, ‘यस क्षेत्रका सांसद नेपालीकांग्रेसका नेतामा. डा. शेखर कोइरालाज्यू, मा.डा.सुनीलशर्माज्यू, जन प्रतिनिधिज्यूहरू, विश्वविद्यालयकापदाधिकारीज्यूहरू सबै प्रतिहार्दिक आभार, धन्यवाद, बधाई ।’

जनप्रतिनिधिभनेको केवल पद धारण गर्ने व्यक्तिमात्रहोइन, जनताको सपना, पीडा र आकांक्षालाई आफ्नो ढुकढुकीमा बोकेर हिँड्ने जिम्मेवार अभिभावकपनिहो ।

चाहे संसदमाजनताकापक्षमा कडा अडान राख्ने संदर्भमाहोस् वाजनताकाबीचमा सेवा गर्ने विषयमा डा.सुनीलकुमार शर्मा जनताको अभिभावक बनेर उभिएका छन् ।

उनी भन्छन्, मेरो राजनीति सत्ताको सुविधाहोइन, सेवाको संकल्पमाआधारित छ । जनताको आवाज सुन्ने धैर्य, समस्या समाधान गर्ने दृढता, र परिणाम देखाउने क्षमताआफ्नोपहिचानबनोस भन्ने उनको चाहाना छ, सोहीअनुसार उनी देखिएकापनि छन् ।

आफ्नो क्षेत्रका स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासमा देखाएको निरन्तर पहलले उनले प्रमाणित गरेका छन् कि जनप्रतिनिधिभनेको केवलवाचा गर्ने होइन, प्रत्यक्ष परिणामका लागिजिम्मेवारीपूर्वक काम गर्ने हो ।

यो उपलब्धिले देखाएको छ कि उनले आफ्नो मतदातालाई गरेको वाचा पूरा गरेका छन् र निर्वाचित भएपछिको छोटो अवधिमै ऐतिहासिक सफलताहासिल गरेका छन् ।

उनको कर्मले पुष्टि गरेको छ कि उनीकेवल सांसद मात्रहोइनन्, एक आदर्श, एक प्रेरणा र नेतृत्वकालागि अनुकरणीय उदाहरण हुन् ।

स्थानीयवासीहरूले मेडिकल कलेज सञ्चालनलाई क्षेत्रको इतिहासमानयाँअध्यायका रूपमा स्वागतगर्दै, यसले प्रदेशको स्वास्थ्य, शिक्षा र रोजगारीको स्वरूपलाई पूर्णरूपमा परिवर्तन गर्ने विश्वास व्यक्त गरेका छन्।

डा.शर्मा प्रतिनिधिसभाकातलब–भत्तानलिने एक मात्र सांसद हुन्। उनी सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्मनिःशुल्क स्वास्थ्यशिविरहरू सञ्चालनगर्दै आएका छन्।

यस्ता शिविरहरूमाउपचार सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज वा नोबेल मेडिकल कलेजमाल्याई निःशुल्कउपचारको व्यवस्थामिलाउने कार्य निरन्तर भइरहेको छ।

उनकै पहलमा नोबेल मेडिकल कलेजमाआफ्नै निर्वाचन क्षेत्रकालागि समर्पित ५० शय्याको निःशुल्कक्याबिन स्थापना गरिएको छ। पार्टी वापहिचानको आधारमानभई सबै नेपालीलाई समान रूपमा सेवापुर्याउने प्रतिबद्धता उनले जनाएका छन्।

हालै उनले मोरङको बेलबारीमा एम्बुलेन्स हस्तान्तरण गरेका छन्, साथै देशका सात विभिन्न स्थानमा निजी पहलमा एम्बुलेन्स उपलब्ध गराइसकेका छन्।

Advertisement

उनकायी मानवीय कार्यहरूले ‘नेताभनेको जनताको साँचो अभिभावकहो भन्ने सन्देशलाई बलियो बनाएका छन्।

Advertisement

भर्खरको समाचार

जहाजमा धुवाँ त निभ्यो तर विमानस्थल प्रशासन किन मौन रह्यो

688956062_975343438419007_564329473711904265_n

एनसेलदेखि ५२ संवैधानिक नियुक्तिसम्म जोडिएका छन्, डा. मनोज शर्मा

manoj_sharma-750x375@2x

आज थर्कियो संसद्,लिपुलेकमा भारतले नाका खोल्दा सरकार कहाँ लुक्यो ?

0a282586-2f03-4924-a629-bd67ca872b11

देउवा दम्पती बेपत्ता १ समातेर नेपाल ल्याउन इन्टरपोललाई अर्को पत्र

deuba-aarju

इरानले पठायो जवाफ ट्रम्पलाई मन परेन, जवाफमा के छ त्यस्तो ?

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सुशीला बालेनसँग होइन पत्रकारसँग आक्रोशित,बालेन पत्नी नै राष्ट्रिय माता

sushila-karki-chief-justice-nepal-supreme-court-government-head-of-state-1021323-16x9_0

इरान युद्धले भारत पनि संकटमा, मोदीले भने सुन नकिन्नु, तेलको कुवा छैन्

modi

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान

696717662_975418858411465_20685342312549259_n

आज नीति तथा कार्यक्रम र ८ अध्यादेश संसदमा पेश हुँदै

677108931_958688953417789_3450960544499223528_n

काठमाडौँ ओर्लिएको टर्किस एयरलाइन्समा आगो, २८८ यात्रु सुरक्षित

688956062_975343438419007_564329473711904265_n

सम्बन्धित खबरहरु

Scroll to Top