×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

बहिनीको आँसुले हल्लायो इजरायल, राष्ट्रपतिले पनिगुहारे

२ भाद्र २०८२
२ भदौ , काठमाण्डौ ।
धर्मशास्त्रहरूमा भनिएको छ, दिदीबहिनीको स्नेह, विश्वास र प्रार्थना दाजुभाइका लागि संसारको सबैभन्दा ठूलो सुरक्षा कवच हो । रक्षा बन्धनमा नाडीमा बाँधिने  पवित्र  रक्षासुत्र जसरी हरेक संकटबाट दाजुलाई जोगाउने शक्ति राख्छ, आज त्यही पवित्र सम्बन्धको जीवन्त तस्बिर इजरायलको भूमिमा देखिएको छ, जहाँ एउटी बहिनीआफ्नो दाजुको जीवन रक्षाका लागि संसार सँग लडिरहेकी छिन् ।
यो वास्तविकता हो हमासको बन्धक जीवन बिताइरहेका नेपाली विद्यार्थी विपिन जोशी र उनको सकुशल रिहाइका लागि आफ्नो आँसु र आवाजलाई हतियार बनाएर इजरायल पुगेकी उनकी बहिनी पुष्पा जोशीको ।
आज पुष्पाले आफ्नो दाजुको हातमा रक्षासुत्र बाँध्नपाएकी छैनन्, तर उनको हरेकशब्द, हरेक अपील र हरेक आँसुको थोपा विपिनका लागि सुरक्षाको त्यही धागो बनेको छ ।
आमा पद्माको साथमा इजरायली राष्ट्रपति देखि सभामुख सम्मका ढोका ढक ढक्याउँदै पुष्पाले दिइरहेको सन्देशले विश्वलाई नै भावुक बनाएको छ ।
उनको आवाजमा आफ्नो दाजु प्रतिको अगाध प्रेममात्र छैन, एउटी बहिनीले आफ्नो दाजुलाई कुनै पनि हालतमा सुरक्षित फिर्ता ल्याउने दृढ संकल्पपनि छ ।
निःस्वार्थ स्नेह र प्रार्थना बाट दाजुको जीवनमा आउने हरेक बाधालाई जित्न सक्ने दृढ विश्वासका साथ पुष्पा सारा संसारलाई भनिरहेकी छिन् – “कृपया मेरो दाजुलाई नबिर्सनुहोस्, उहाँलाई घर फर्काइदिनुहोस् ।“
गाजापट्टीमा हमासको कब्जामा रहेका कञ्चनुपरका विपिन जोशीकी आमा र बहिनीले यतिबेला इजरेलमा विपिनको रिहाइका लागि विश्वको ध्यान केन्द्रित गरिरहेका छन् ।
विपिनसहित ५० जना बन्धकको रिहाइको लागि इजरेलमा भइरहेको देशब्यापी प्रर्दशनमा समेत सहभागी भएका आमा छोरीले इजरायली राष्ट्रपति र संसदका अध्यक्षलाई भेटेका छन् ।
विपिनको खोजीको लागि इजरायलपुगेकी आमा पद्मा र बहिनी पुष्पाले राष्ट्रपति आइज्याक हर्जोग र संसद अध्यक्षअमिर ओहानासँग भेट गरेका हुन् ।
इजरायल स्थित नेपाली दूतावासको समन्वयमा भएको भेटवार्तामा राजदूत धनप्रसाद पण्डित पनि सहभागी थिए। भेटका क्रममा आमा पदमाले विपिनको तत्काल रिहाइका लागि पहल गरिदिन राष्ट्रपति हर्जोगसँग अनुरोध गरेकी थिइन्।
बहिनी पुष्पाले पनि बन्धक बनाइएका दाजुलाई सुरक्षित नेपाल फर्काउन विशेष पहल गर्न आग्रह गरेको दूतावासले जनाएको छ।दूतावासका अनुसार राष्ट्रपति हर्जोगले विपिनको घटनाबारे आफू र सरकार निरन्तर सचेत रहेको बताएका थिए ।
‘नेपाली विद्यार्थी विपिन हाम्रा आफ्नै नागरिक जस्तै लाग्छन् । उनको रिहाइका लागि हाम्रो सरकार दिनरात प्रयत्नरत छ’, राष्ट्रपति हर्जोगको भनाइ उद्धृत गर्दै दूतावासले भन्यो ।
साथै, नेपाल सरकार पक्षले समेत सम्बन्धित अरब मुलुकहरू सँग थप पहल गर्न सके प्रगतिहुने विश्वास उनले व्यक्त गरेका थिए । संसद अध्यक्ष अमिर सँग पनि विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गरिएको छ ।
अमिरले पनि विपिनबारे रिहाइको प्रयास जारी राखेको जवाफ दिएका थिए । यसअघि विपिनको रिहाइका लागि नेपाली समुदायले शनिबार साँझ तेल अभिभमा प्रदर्शन गरेको थियो ।
आमा पद्मा र बहिनी पुष्पा पनि रिहाइका लागि दबाब दिन उक्त प्रदर्शनमा सहभागी भएकी थिइन । इजरायलमा रहेका नेपालीहरू झण्डासहित त्यहाँपुगेका थिए ।
इजरायली अधिकारकारकर्मी र मानव अधिकारकर्मी समेत रहेको प्रदर्शनमा विपिनकी बहिनी पुष्पाले रुँदै सम्बोधन गरेकी थिइन् । उनले भनिन्, ‘दादाआई मिस यू सो मच । म तेरो न्यानो अँगालो, आवाज सबैलाई धेरै मिस गर्छु ।’
उनले आफ्नो दाजु पढ्नका लागि आएको र कसैसँग दुस्मनी नरहेको बताएकी थिइन् । दाजुको अवस्थाका कारण बुवाआमा सहितआफ्नो परिवार विक्षिप्त बनेको उनले उल्लेख गरिन् ।
विपिन लगायतको तस्विर सहित  ठूलो संख्यामा इजेरेली जनताको समेत सहभागिता रहेकोअभिभको होस्टेजेज स्क्वायरमा भएको दबाब मुलक प्रदर्शनमा भावुक रुपमा प्रस्तुत भएकी पुष्पाले  आफ्नो परिवारको पीडा र दाजुको अवस्था प्रतिको चिन्ता व्यक्त गरिन्।
आफ्नी आमा पद्मा जोशीका साथ इजरायल पुगेकी १७वर्षीया पुष्पाले भनिन्, “मेरो दाजु एक विद्यार्थी हुन् जो यस्तो युद्धमा फसेका छन्, जससँग उनको कुनै लेनादेना छैन। उनीहरू भाषा, संस्कृति र डरका कारण एक्लिएको महसुस गरिरहेको बताइन्।
पुष्पाले भनिन्, “हामीले उहाँको लागि प्रार्थना माध्यान केन्द्रित ग¥यौं, तर प्रार्थना मात्र पर्याप्त छैन। हालै सार्वजनिक भएका अन्य बन्धक हरूको स्वास्थ्य अवस्था नाजुक देखाउने भिडियोले आफूहरूलाई इजरायलआउन प्रेरित गरेको उनले संकेत गरिन्।
ती फुटेजले आफूहरू लाई स्तब्ध बनाएको र आफ्ना आमा बुवा विक्षिप्त अवस्थामा रहेको उनले बताइन् । आँसु थाम्ननसक्दै उनले प्रश्नगरिन्, “लगभगदुई वर्षदेखि जीवनको कुनै संकेत छैन। के उहाँभोकै हुनुहुन्छ? घाइते हुनुहुन्छ?वाजीवित हुनुहुन्छ?आफ्नो दाजुलाई सम्बोधनगर्दै पुष्पाले नेपालीमाभनिन्, “दाजु, म तपाईंलाई धेरै सम्झन्छु। आशानहार्नुहोस्, बलियो हुनुहोस्, जीवित रहनुहोस्।“
यसअघि बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्दा पनि पुष्पाले इजरायली सरकार र जनताले आफ्नो दाजुको लागि गरेको प्रार्थना र समर्थन प्रति आभार व्यक्त गरेकी थिइन् ।
उनले भनेकी थिइन्, “मेरो एउटै मात्र इच्छा छ, मेरो दाजु सकेसम्म चाँडोभन्दा चाँडो फर्किनुहोस्।“विपिनकी आमा र बहिनीले इजरायल पुगेर हार गुहार गरिरहँदा यता प्रधानमन्त्री केपीशर्मा ओलीले पनि विपिनका लागि सक्दो प्रयास जारी राखेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले सोमबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘विपिनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रका दूतावास मार्फत निरन्तर संवाद गरिरहेको छ।’
हमास समूहको नियन्त्रण मा रहेका नेपाली विपिनको शीघ्र रिहाइको पहलगर्नु सरकारको जिम्मेवारी रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यसअघि मध्यपूर्वको शान्तिका लागि पहल गरिरहेका टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान सँग गत चैत ७गते र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुुसैन खालिल सँग गत फागुन २८ गते आफूले यस विषयमा फोन संवाद गरी ध्यानाकर्षण गराएको जानकारी गराएका छन्।
उनले भनेका छन्, ‘सरकार विपिनको सुरक्षालाई प्राथमिकता दिँदै हरसम्भव पहलमा जुटिरहेको छ।’ यस क्रममा प्रधानमन्त्रीओलीले इजरायलमा सहयोग गरिरहेका नेपाली र स्थानीय नागरिक, पत्रकार, सुरक्षाकर्मी र सामाजिक अभियन्ता सबैलाई विशेष धन्यवाद पनि दिएका छन्।
विपिन जोशी ’पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत कृषि अध्ययनका लागि इजरायल गएका थिए।  ७ अक्टोबर २०२३ मा हमासले दक्षिणी इजरायलको किबुजमा गरेको आक्रमणपछि उनी सम्पर्क विहीन भएका हुन्।
सोही आक्रमणमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो। अहिले हमासको नियन्त्रणमा करिब ५० जनाबन्धक रहेको अनुमान गरिएको छ। यद्यपि केही मृतक  रहेको अनुमान छ ।
अक्टोबर ७, २०२३ माहमासले गरेको आक्रमणमा २५१ जनालाई अपहरण गरिएको थियो । तीमध्ये केही जीवित रहेको र केहीको मृत्यु भइसकेको आशंका गरिएको छ। इजरायली अधिकारीहरूका अनुसार करिब २० जना बन्धक जीवित रहेको विश्वास  छ।
विगतमा भएका युद्धविराम र सम्झौता हरू अन्तर्गत इजरायली नागरिकका साथै विभिन्न देशका विदेशी नागरिकहरूलाई पनि रिहा गरिएको छ।  तर  कमजोर कुटनीतिका कारण विपिनको भने रिहाइहुन सकेको छैन् ।
अर्काेतर्फ इजरायलले गाजामा आक्रमण तीव्र पारेको छ । गाजाको नागरिक सुरक्षा विभागले आइतबार इजरायली हवाई आक्रमण र गोली बारीमा कम्तीमा १८ जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको जनाएको छ ।
प्रवक्ता महमुद बासलका अनुसार, गाजा सिटीको एक अस्पताल परिसरमा ड्रोन आक्रमण हुँदा ७जनाको ज्यानगएको हो । ती मृतकहरू हमासका सदस्य रहेको जनाइएको छ, जो खाद्यान्न वितरण र सुरक्षाको जिम्मेवारीमा रहेका थिए ।
दक्षिण गाजाको खान युनिस क्षेत्रमा विस्थापितहरू बसोबास गरिरहेको एउटा टेन्टमा आक्रमण हुँदाथप ४ जनाको ज्यान गएको छ । त्यस्तै, सहायता वितरण केन्द्र नजिकै इजरायली सेनाको गोलीलागेर दक्षिण गाजामा ६ जनाको मृत्यु भएको प्रवक्ता बासलले बताएका छन् ।
मध्य गाजामा पनि एक व्यक्ति सहायता लिन गएका बेला मारिएका छन् । इजरायली सेनाले हाल गाजा सिटीको जैतुन क्षेत्रमा ठूलो सैन्य कारबाही गरिरहेको छ ।
एक साता देखिको यो कारबाहीले ठूलो जनधनको क्षति गराएको बताइए पनि उद्धार टोलीहरू निरन्तर आक्रमण र साधनको अभावका कारण पीडितहरू सम्म पुग्न सकिरहेका छैनन् ।
Advertisement

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top