×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम जारी

२ भाद्र २०८२
२ भदौ , काठमाण्डौ ।
आज दिउँसो लुम्बिनी र बागमती प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार लुम्बिनीको तराई र बागमतीको पहाडी भेगका एक÷दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।
यस्तै कोशी, बागमती, मधेश र लुम्बिनी प्रदेशको तराई र पहाडी भू–भागसँगै अरू ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै राति कोशी प्रदेशको तराई भू–भाग तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक÷ दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।
अरू ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले मनसुनी वायुको प्रभाव कमजोर रहे पनि बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिरहेको छ ।
गएराति पनि कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मध्यम वर्षा भएको थियो । काठमाण्डौ उपत्यकासहित देशका अरू ठाउँमा हल्का पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
गएराति घण्टामा बाजुरा, बझाङ र दार्चुलामा सबैभन्दा धेरै पानी परेको छ । यसबीच आज पनि देशका केही साना नदीमा पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ ।
ती नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । आज दोलखा, सिन्धुपाल्चोक र रुकुम पश्चिममा आकस्मिक बाढीको ‘मध्यम’ जोखिमको ‘उच्च’ सम्भावना रहने पूर्वानुमान छ ।
यी जिल्ला भई बहने केही साना नदीमा बहाव उल्लेख्य बढ्ने महाशाखाको अनुमान छ ।इलाम, मोरङ, कास्की, लमजुङ र डडेलधुरा भई बहने केही साना नदीमा पनि बहाव बढ्ने महाशाखाको पूर्वानुमान छ ।
सोमबार बिहानको मापनमा कोसी, नारायणी, वाग्मती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तल छ ।कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह पनि सतर्कता तहभन्दा तल रहेको महाशाखाले जनाएको छ ।
यसैबीच काठमाडौँ जोड्ने छोटो दूरीको सडक भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली डाइभर्सन बनाएर सञ्चालनमा ल्याइएपनि मुख्य सडकमा खसेका पहिरो ४८ घण्टा बित्दा पनि हटाउन सकिएको छैन ।
शनिबार बिहान ९ बजे मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– ३ ज्यामिरेमा खसेको सुक्खा पहिरोका कारण प्रदेश सरकारले निर्माण गरिरहेको सिस्नेरी सडक अवरुद्ध भएको थियो ।
त्यसको २४ घण्टापछि डाइभर्सन बनाएर सडक नियमित गरिएको थियो । तर आइतबार दिनभर ३ वटा मेशिन प्रयोग गरेर मुख्य सडक सञ्चालनमा ल्याउने कोसिस गरिए पनि आइतबार साँझ परेको पानीका कारण पुनः खसेको पहिरोले सडक सञ्चालनमा कठिनाइ भएको छ ।
पहिरो खसेर सडक अवरुद्ध भएको केही समयमा नै प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जेसिबी, एक्स्काभेटर र लोडर प्रयोग गरेर सडक खुलाउन प्रयास भए पनि निरन्तर रूपमा पहिरो खसेकाले समस्या भएको हो ।
मन्त्रालयअन्तर्गतको प्रदेश राजधानी पूर्वाधार विशेष आयोजना हेटौँडामार्फत सडक खुलाउन मेसिनहरू प्रयोग गरिएको छ । आयोजनाले सोमबार साँझसम्म सडक सञ्चालनमा ल्याउने गरी पहिरो हटाउने काम गरिरहेको जनाइएको छ ।
यता वर्षाका कारण पहिरो जाँदा मदन भण्डारी राजमार्ग अन्तर्गत गुल्मीको तम्घास‐रिडी सडकखण्ड अवरुद्ध बनेको छ । उक्त सडक अन्तर्गत रेसुङ्गा नगरपालिका‐१३ स्थित भँगारी खोलामा सडकमा पहिरो खसेपछि आज बिहानदेखि उक्त सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
सदरमुकाम तम्घास नजिकै रहेको उक्त सडक खुलाउन अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली परिचालन भइसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिए ।
रेसुङ्गा नगरपालिकाले सडकमा थुप्रिएको पहिरो हटाउनका लागि उपकरण पठाइसकेको नगर प्रमुख खिलध्वज पन्थीले बताए । सडक अवरुद्ध बनेपछि सदरमुकाम तम्घासबाट बाहिरिने र सदरमुकाम भित्रिने सवारी साधनहरूबिच बाटोमै रोकिएका छन् ।
अहिले अवरुद्ध सडक खुलाउने काम भइरहेको प्रहरीले जनाएको छ ।
Advertisement

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top