×

NEPAL TIMES UPDATES

Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026
Playing
Top 15 Afternoon News || April-23-2026 || Nepal Times
Apr 23, 2026
Playing
संविधान संशोधनबारे हर्कले दिए ९ बुँदे सुझाव, संसदबाहिर बाटै मन्त्री || Nepal Times
Apr 23, 2026
Playing
होर्मुजमा बारूदी सुरूङ हटाउन Americaलाई ६ महिना लाग्ने || Nepal Times
Apr 23, 2026
Playing
रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन || Nepal Times
Apr 23, 2026
Playing
Iran यु द्धमा Trumpको शक्ति घटाउने विधेयक पाँचौँ पटक अस्वीकृत || Nepal Times
Apr 23, 2026
Playing
शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली गर्ने तयारी|| Nepal Times
Apr 23, 2026
Playing
चीनले इरानलाई पठाएको ’उपहार’ ट्रम्पले खोसे || Nepal Times
Apr 23, 2026
Playing
नेता र कर्मचारीको सम्पत्ति कसरी छानविन हुन्छ ? को को तान्निछन् ?|| Nepal Times
Apr 23, 2026
Playing
को हुन् दीपक भट्ट ? ओलीले हुक्र्याए सुधन गुरूङले पद गुमाए || Nepal Times
Apr 23, 2026

बाहिर सिंहजस्तै गर्जिए पनि, भित्रभित्रै आत्तिएका छन् रवि?

२ भाद्र २०८२
२ भदौ , काठमाण्डौ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने यति बेला भौतिक रूपमा कारागारको चार पर्खा भित्र छन् । तर उनको राजनीतिक प्रभाव र उनले सिर्जना गरेको तरंगले देशको सत्ता देखि सडक सम्मलाई निरन्तर हल्लाइरहेको छ।
रवि लाई के हुने हो ?  रविलाई के गर्ने हुन्  र रविले के गर्ने हुन् नि ?  जस्ता प्रश्नले  उनका समर्थक देखि आलोचकहरु सम्मलाई हल्लाइ रहेको छ ।
प्रधानमन्त्री देखि सत्तारुढ दलका सांसद हरूको हरेक जसो भाषणमा रविको नाम छुट्दैन, जसले प्रष्ट पार्छ, जेलभित्रका रविले प्रमुख दल र तिनका नेताहरूको निद्रा कसरी गायब बनाइ दिएका छन् ।
रविको सुनुवाइको दिनहोस् वा अडड सार उनका पक्षमा उनका समर्थक स्वत स्फुर्त रुपमा सडकमा देखिनुले उनीप्रतिको चिन्ता लाई देखाउँछ ।
सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेको हरेक कदम र अभिव्यक्तिले सत्तारुढ दलहरूलाई बेचैन बनाएको छ।
शनिबार रुपन्देही कारागारबाट काठमाडौंको नख्खु कारागार सारिने क्रममा कृष्ण जन्माष्टमीको दिनउनले लेखेको भनिएको सन्देशले यसलाई थप पुष्टि गर्छ ।
पार्टी उपसभापति स्वर्णिम वाग्ले र प्रवक्ता मनिष झा सँगको भेटमा उनले सुनाएको सन्देश थियो, “अब कृष्ण जन्मिने छैन।जन्मेकाहरूले नै कृष्ण बन्नुपर्नेछ ।
४६३ दिनपहिले एक जनाले प्रमाण छ भनेर भने। मैले प्रमाण मागेँ, उसले बल प्रयोग देखायो।मैले न्यायमागेँ, उसको संयन्त्रले प्रतिशोध साध्यो ।
तर पनि म भयभीतछैन।”प्रवक्ता झा काअनुसार, स्थानान्तरणका क्रममा सेतो सर्ट र खरानी रङको पाइन्टमा उनको अनुहार उज्यालो देखिन्थ्यो र मनोबल उच्च थियो ।
तर लामिछानेले जतिसुकै उच्च मनोबल देखाए पनि जेलको बसाइ उनका लागि कदापि सहज भने छैन । साँघुरो, एक्लो कोठामा चौबीसै घण्टा बिताउनु पर्दाको मानसिक अवस्था कल्पना भन्दा बाहिर छ ।
राष्ट्रिय मानव अधिकार आयोगको टोलीले समेत उनको कोठा स्वास्थ्य अनुकूलन भएको, शौचालय खुला रहेको र हावा आस पास हुने ठाउँ नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएको थियो ।
यसअघि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उनलाई भेटेपछि पञ्चायती कालभन्दा खराब अवस्थामा राखिएको भनी सार्वजनिक टिप्पणी गरेका थिए ।
यी तथ्यहरूले उनको बाहिरी आत्म विश्वास र भित्री संघर्ष बीच कति ठूलो खाडल रहेको छ भन्ने देखाएको छ। जेलभित्र बाटै लामिछानेले चालेको एउटा कानुनी कदमले उनलाई झनै ठूलो विवादमा तान्यो ।
उनले बिगो बापतको २ करोड ७४ लाख रुपैयाँ बैंक ग्यारेन्टी बुझाएर थुनाबाहिरै रहेर मुद्दा लड्न पाऊँभन्दै अदालतमा निवेदन दिए । तर, न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले बिगो रकम नै अन्तिम नभएको र साक्षी बुझ्ने जस्ता प्रक्रिया बाँकी रहेको भन्दै उनको निवेदन खारेज गरिदियो ।
यो कदमलाई सत्तारुढ दलहरूले घुमाउरो पाराले अपराध स्वीकार गरेको भन्दै प्रचार गरे ।नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलार नेपाली कांग्रेसकी सांसद ईश्वरी देवी न्यौपानेले संसदमा नै यसलाई रविको स्वीकारोक्तिको रूपमा व्याख्या गरे ।
केही कानुनविद्हरूले पनि यसलाई रविको आत्मघाती कदम भनेका छन् । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीका अनुसार, कैद सजायनहुने मुद्दामा मात्र बिगो बुझाएर थुनामुक्त हुन पाइने कानुनी व्यवस्था छ ।
संगठित अपराधजस्तो गम्भीर आरोप लागेको व्यक्तिले बिगो तिर्छु भन्नुले नैतिक र कानुनी रूपमा उनलाई झन् कमजोर बनाएको छ ।कानुनी ढोकाहरू एकपछि अर्को बन्द हुँदै जाँदा रविभित्र भित्रै आत्तिएको विश्लेषण हुनथालेको छ ।
रुपन्देही जिल्ला अदालतको फैसला कुर्नुको विकल्प अब उनीसँग छैन । अर्कोतर्फ, कास्की अदालतले धरौटीमा छाड्न दिएको आदेशविरुद्ध सरकारी पक्षले दिएको पुनरावेदन उच्च अदालतमा विचाराधीन छ ।
यदि त्यहाँबाट फरक आदेश आएमा उनको थुना अवधि अझै लम्बिन सक्छ । यो तनावमा उनकी पत्नी निकिता पौडेलको संघर्षले रविलाई अर्को  पीडा बोध गराएको छ ।
उनले न्यायाधीशलाई गृहमन्त्री रमेश लेखकले धम्क्याएको  सार्वजनिक आरोप लगाउँदै प्रधानन्यायाधीश र गृहमन्त्रीका नाममा खुलापत्र लेखेकी छन् ।
आफ्नो पछि सरकारी संयन्त्र लगाइएको भन्दै उनले प्रश्न उठाएकी छन्, श्रीमान भेट्न घरबाट निस्किएपछि मेरो पछि पछिकिन र केका डरले लगाउनुहुन्छ तपाईँका संगठन र संरचना? आफ्ना लागि परिवार, विशेषगरी पत्नीले भोगेको यो पीडाले रविलाई भित्रभित्रै गलाएको सहजै अनुमान गर्न सकिन्छ ।
विगतका घटनाक्रमले पनि उनको बेचैनीलाई पुष्टि गर्छ । चैत २२ गते मध्यरातमा अदालतको आदेशन आउँदै प्रहरी उनको बेडरुम सम्म पुग्दा र अन्तिम इच्छा के छ?भनेर सोध्दा उनी आत्तिएका थिए ।
त्यतिबेला उनले सामाजिक सञ्जालमा लेखेका थिए, “सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफै आजै अहिले नै गिरफ्तारी दिँदैछु… ममाथि ठूलो अन्याय भएको छ“
अहिले रविदेशको सबैभन्दा ठूलो केन्द्रीय कारागार, नख्खुको भीडमा छन्, जहाँ पहिलो रात उनलाई ४१४ जना कैदीबन्दीको बीचमा राखिएको थियो।
रुपन्देहीमा कात्तिकमा हुन लागेको उपनिर्वाचन नजिकिँदै गर्दा उनको मुद्दा झनै पेचिलो बनेको छ । पूर्व सुरक्षा अधिकारी देखि सत्तारुढ दलकै नेताहरू समेत रास्वपामा प्रवेश गरिरहेको दृश्यले पुराना दलहरूलाई रविलाई अडडा सार गर्न दबाब बढाएको समेत रास्वपाले दाबी गरेको छ  ।
तर पनि रविले भन्ने गरेका छन्, म राज्यको षड्यन्त्र सँग आँखा मिलाएर लड्न चाहन्छु, लुक्नचाहन्नँ।” तर, कानुनी विकल्प साँघुरिँदै जाँदा र चौतर्फी दबाब बढ्दै गर्दा, कारागारको पर्खालभित्रको यो लडाइँ उनका लागि झनै कठिन बन्दै गएको छ ।
यो प्रकरण अब एकव् यक्तिको कानुनी मुद्दा मात्र रहेन,  बरु एक उदाउँदो राजनीतिक शक्ति र स्थापित सत्ता बीचको संघर्षको प्रतीक बनेको छ, जसको अन्तिम फैसला भने अदालतको इजलास र जनताको मत दुवैले गर्नेछन् ।
Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top