×

NEPAL TIMES UPDATES

Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026
Playing
Top 15 Afternoon News || April-23-2026 || Nepal Times
Apr 23, 2026
Playing
संविधान संशोधनबारे हर्कले दिए ९ बुँदे सुझाव, संसदबाहिर बाटै मन्त्री || Nepal Times
Apr 23, 2026
Playing
होर्मुजमा बारूदी सुरूङ हटाउन Americaलाई ६ महिना लाग्ने || Nepal Times
Apr 23, 2026
Playing
रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन || Nepal Times
Apr 23, 2026
Playing
Iran यु द्धमा Trumpको शक्ति घटाउने विधेयक पाँचौँ पटक अस्वीकृत || Nepal Times
Apr 23, 2026
Playing
शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली गर्ने तयारी|| Nepal Times
Apr 23, 2026
Playing
चीनले इरानलाई पठाएको ’उपहार’ ट्रम्पले खोसे || Nepal Times
Apr 23, 2026
Playing
नेता र कर्मचारीको सम्पत्ति कसरी छानविन हुन्छ ? को को तान्निछन् ?|| Nepal Times
Apr 23, 2026
Playing
को हुन् दीपक भट्ट ? ओलीले हुक्र्याए सुधन गुरूङले पद गुमाए || Nepal Times
Apr 23, 2026

टप इन्ड टी–२० शृङ्खलामा नेपालको पहिलो जित, ३१ रन उपहार

३ भाद्र २०८२
३ भदौ , काठमाण्डौ ।
अस्ट्रेलियामा जारी टप इन्ड टी–२० शृङ्खलामा लगातार तीन खेलमा पराजित भएर आलोचित बनेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले चौथो खेलमा सानदार पुनरागमन गर्दै पहिलो जित दर्ता गरेको छ।
तीव्र बलर नन्दन यादवको घातक बलिङ र ब्याटरहरूको सामूहिक प्रयासमा नेपालले होबार्ट हरिकेन्स एकेडेमीलाई ६६ रनको फराकिलो अन्तरले पराजित ग¥यो।
पार्मस्टनमा आज टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १८० रनको बलियो स्कोर खडा गरेको थियो। जवाफमा १ सय ८१ रनको लक्ष्य पछ्याएको होबार्ट हरिकेन्स १६.१ ओभरमा ११४ रनमा अलआउट भयो।
यो जितका नायक बने तीव्र बलर नन्दन यादव। प्रतियोगितामा आफ्नो दोस्रो खेल खेलिरहेका उनले आफ्नो करियरकै उत्कृष्ट प्रदर्शन गर्दै मात्र ३ ओभरमा १७ रन खर्चेर ५ विकेट लिए।
उनको घातक बलिङसामु होबार्टका ब्याटरहरू टिक्न सकेनन्।नेपालको बलिङको सुरुवात पनि नाटकीय रह्यो। कप्तान रोहित पौडेल आफैँ पहिलो ओभर लिएर आए र कुनै रन नदिई एक विकेट (विकेट मेडन)लिएर सबैलाई चकित पारे।
त्यसपछि नन्दन यादवले मध्यक्रम ध्वस्त पारे भने रिजन ढकाल, सन्दीप लामिछाने र कुशल भुर्तेलले पनि एक–एक विकेट लिए। होबार्टका लागि ब्राडली होपले सर्वाधिक ३१ रन बनाउनु बाहेक अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन्।
त्यसअघि नेपालको ब्याटिङमा आरिफ शेखले सर्वाधिक ३३, आसिफ शेखले २९ तथा कुशल भुर्तेलले २७ रनको योगदान दिएका थिए। अन्तिममा लोकेश बमले मात्र ११ बलमा अविजित २५ रनको विस्फोटक इनिङ्स खेल्दै नेपाललाई बलियो स्कोरसम्म पु¥याएका थिए।
होबार्टले अनुशासनहीन बलिङ गर्दै ३१ अतिरिक्त रन उपहार दिनु पनि नेपालका लागि फाइदाजनक बन्यो। यो जितअघि नेपालले शृङ्खलामा लगातार तीन लज्जास्पद हार व्यहोरेको थियो, जसकारण समर्थकहरूले सामाजिक सञ्जालमा खेलाडीहरूको चर्को आलोचना गरेका थिए।
तर, नेपालले सामना गरेका टोलीहरू कमजोर थिएनन्। पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ४२ रनले पराजित भयो। उक्त टोलीमा अस्ट्रेलियाका लागि अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका डी’आर्सी सर्ट र केन रिचार्डसन जस्ता अनुभवी खेलाडी थिए।
दोस्रो खेल टेस्ट राष्ट्र बंगलादेशको ’ए’ टोलीसँग पनि नेपाल पराजित भयो। ’ए’ टोलीलाई वैकल्पिक राष्ट्रिय टोली मानिन्छ र त्यसमा अधिकांश राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडी थिए।
यस्तै तेस्रो खेल मेलबर्न स्टार्स एकेडेमीसँग पनि नेपाल रन रेटमा पछि प¥यो।यी तीनवटै खेलमा नेपालको हारको प्रकृति उस्तै थियो  । पहिले बलिङ गर्दा विपक्षीलाई ठूलो स्कोर बनाउनबाट रोक्न नसक्नु र लक्ष्य पछ्याउँदा आवश्यक रन रेट कायम गर्न नसक्नु
यो शृङ्खला नेपालका लागि आईसीसी टी–२० विश्वकप छनोटको तयारीको महत्त्वपूर्ण हिस्सा हो। प्रशिक्षकले विभिन्न खेलाडीहरूलाई परीक्षण गरिरहेका छन्, जसले गर्दा प्रदर्शनमा उतारचढाव देखिएको छ ।
सन्दीप लामिछानेले बलिङमा राम्रो लय समातेका छन्। खराब फर्मबाट गुज्रिएका कुशल मल्लले पनि ब्याटबाट राम्रो प्रदर्शन गरिरहेका छन्। नन्दन यादवको उदयले तीव्र बलिङमा नयाँ विकल्प दिएको छ।
तर मध्यक्रमका प्रमुख खेलाडी दीपेन्द्रसिंह ऐरीको खराब फर्म निरन्तर छ। अनुभवी तीव्र बलर सोमपाल कामी र करण केसी महँगा साबित भएका छन्।
गुल्शन झा जस्ता ’म्याच विनर’ लाई ब्याटिङ क्रममा निकै पछि पठाउँदा उनले पर्याप्त अवसर पाएका छैनन्। आरिफ शेख, भीम सार्की र लोकेश बमको भूमिका र स्थानबारे पनि प्रश्न उठेको छ।
यो जितले टोलीको खस्किएको मनोबल उकास्न मद्दत गर्नेछ। नेपालले अब प्रतियोगितामा मेलबर्न रेनेगेड्स र पाकिस्तान शाहिन्स (पाकिस्तान ’ए’ टोली) जस्ता बलिया टोलीसँग खेल्न बाँकी छ।
अघिल्ला हारबाट पाठ सिक्दै र आजको जितबाट आत्मविश्वास लिँदै आगामी खेलहरूमा उत्कृष्ट प्रदर्शन गर्न सके यो शृङ्खला विश्वकप छनोटका लागि फलदायी साबित हुनेछ।
Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top