×

NEPAL TIMES UPDATES

Playing
प्रधानन्यायाधीश विरुद्धको रिट दर्ता गर्न कामु प्रधान्यायाधीशको ठाडो आदेश || Nepal Times
May 18, 2026
Playing
Top 15 Afternoon News || May-18-2026 || Nepal Times
May 18, 2026
Playing
अमेरिकी दुई लडाकु विमान आकाशमा ठो किएर खसे || Nepal Times
May 18, 2026
Playing
सन्दीप लामिछानेले बनाए दुर्लभ विश्व कीर्तिमान, ७३ खेलमा १५० विकेट|| Nepal Times
May 18, 2026
Playing
श्रम संस्कृतिले रोस्ट्रम घेरेर प्रधानमन्त्रीले विरोध गर्याे,सभामुखले दिए चेतावनी|| Nepal Times
May 18, 2026
Playing
यूएईको आणविक प्लान्टमा ह म ला, साउदीले खसाल्यो ३ ड्रो न|| Nepal Times
May 18, 2026
Playing
६ वर्षीया बालिकाको अप हर ण र ह त्या गर्ने सपना दोस्रोपटक जेलबाट कसरी भागिन् ? || Nepal Times
May 18, 2026
Playing
सुधनमाथि आजदेखि छानबिन,क्लिनचिट पाए फेरि गृहमन्त्री || Nepal Times
May 18, 2026
Playing
एकदिवसीय मान्यता जोगाउन आज नेपालले जित्नैपर्ने || Nepal Times
May 18, 2026
Playing
ओलीकै शैली पछ्याउँदै संसदीय दलको नेता बादल || Nepal Times
May 17, 2026

विद्या भण्डारीलाई नभेट्नु भन्ने एमालेको उर्दी कामलागेन

३ भाद्र २०८२
३ भदौ , काठमाण्डौ ।
पूर्वराष्ट्रपति तथा नेकपा एमालेकी पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारी एमाले मोरङको कार्यालय पुगेकी छन् ।भण्डारी विराटनगर ओर्लिएसँगै हिजो  नै उनलाई पार्टी कार्यालय लैजाने कार्यसूची बनेको  भए पनि आज मात्रै विद्या पार्टी कार्यालय पुगिन् ।
नेकपा एमालेको सक्रिय राजनीतिमा आउने घोषणा गरेकी भण्डारीलाई एमाले केन्द्रीय समिति बैठकले सदस्यता नै खारेज गरेको बेलाभण्डारी १० वर्षपछि मोरङको पार्टी कार्यालय पुगेकी हुन् । त्यहाँउनले मदन–आश्रितको सालिकमा माल्यार्पण गरिन् ।
एमाले मोरङका सचिव सोमराज थापाले पूर्वराष्ट्रपति भण्डारीको औपचारिक कुनैपनि कार्यक्रम नरहेको बताए पनि एमाले मोरङका अध्यक्ष अजम्बर राई,उपाध्यक्ष सागर थापा, सचिव सोमराज थापा लगायत पदाधिकारीले भण्डारीको स्वागत गरेका थिए ।
भण्डारी पार्टी कार्यालयमा पुग्दाएमाले कोशीप्रदेश इन्चार्ज शेरधन राई रप्रदेश अध्यक्ष घनश्याम खतिवडा भने अनुपस्थित थिए । राई  काठमाडौंमा छन् भने  खतिवडा एमाले सङ्खुवासभाको बैठकमा सहभागी हुन खाँदबारी गएका छन् ।
भण्डारी पार्टी कार्यालय जाने विषयमा आफूहरू सँग औपचारिक जानकारी नआएको प्रदेश अध्यक्ष खतिवडाले बताए पनि जिल्ला समितिले भने पार्टी कार्यालयमा भण्डारी आउने भएकाले स्वागतमा सहभागी हुनभनेको थियो ।
तर महानगर इन्चार्ज परशुराम बस्नेतले पार्टी कार्यालयमा कार्यकर्ता भेला नभएको भन्दै त्यहाँन जान सामाजिक सञ्जालबाट उर्दी जारी गरेका थिए ।
उनले जिल्ला कार्यालय वा विराटनगर महानगरपालिका भित्र पार्टीको कुनै पनिऔपचारिक कार्यक्रम तय नगरिएको र सो झुटो प्रचारप्रसार प्रति नझुक्किनआग्रह गरेका थिए ।
तर  परशुरामको उर्दीमा उनलाई  नै कटाक्ष गर्दै  विद्या पार्टी कार्यालय जाने बारे सुचना दिएको भन्दै धेरैले उनलाई धन्यवाद दिएका छन् । साथै उनको उर्दी विपरित  विद्याको स्वागतमा एमाले कार्यालयमा ठूलो संख्यामा एमाले नेताकार्यकर्ताको उपस्थिती देखिएको थियो ।
भवनको हलभित्र नअटेपछि बाहिर समेत भिड देखिएको थियो  । सो क्रममा कार्यालय परिसरमा रहेका मदन आश्रितको शालिकमा विद्याले माल्यार्पण गरेकी थिइनभने उपस्थित नेताकार्यकर्ता लाई  सम्बोधन समेत गरेकी थिइन ।
पार्टी कार्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै भण्डारीले देशको आर्थिक आत्मनिर्भरता र राष्ट्रिय हितलाई सर्वोपरि राखेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै आफू पुनः पार्टीको सदस्यको रूपमा सक्रिय रहेको बताइन् ।
आफू राष्ट्रपति निर्वाचित भएपछि राष्ट्रिय जिम्मेवारीका कारण पार्टी कार्यालयमा आउन नपाएको भन्दै उनले राष्ट्रपति पदबाट निवृत्त भएपछि पार्टीको जिम्मेवारीमा नरहेपनि पार्टी सदस्यता नवीकरण गरेको जानकारी दिइन् ।
आफू एमालेको सदस्य भएको ४५ वर्ष भएको स्मरण गर्दै भण्डारीले पार्टी सदस्यपनि विराटनगर बाटै भएको र शपथ खाएकोले विराटनगर, मोरङ गृहजिल्ला, गृह नगर जस्तो लाग्ने बताइन् ।
उनले मोरङ कार्यालयमा भुईमै सुतेको स्मरण समेत गरिन् ।आफू विशेष कामको जिम्मेवारी बाट फर्केर पुनः पार्टीको परिवारमा आबद्ध भएको बताउँदै भण्डारीले उपस्थित सबैलाई पार्टीको सिद्धान्त लाई व्यवहारिक रूपमा कार्यान्वय नगर्न लाग्नआग्रह गरिन् ।
यसअघि सोमबार विराटनगर आएकी भण्डारी सँग मुख्यमन्त्री हिक्मतकुमार कार्की सहित मन्त्रीहरुले भेटघाट गरेका थिए । पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न मुख्यमन्त्री कार्की, आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना मगर, आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी, खानेपानी, सिंचाई तथा उर्जा मन्त्री एकराज कार्की र सामाजिक विकास मन्त्री पाँचकर्ण राई विग होटलमा पुगेका थिए ।
साँझ ८ वजेतिर मन्त्री सहित विग होटलमा पुगेका मुख्यमन्त्री कार्की र पूर्व राष्ट्रपति भण्डारी बीच करिव एक घण्टा वान टु वान भेटवार्ता भएको छ ।
त्यसअघि पूर्वराष्ट्रपति भण्डारी, मुख्यमन्त्री र मन्त्रीहरु बीचआधा घण्टा भेटवार्ता पछि मन्त्रीहरु फर्किएको पूर्वराष्ट्रपति भण्डारीको सचिवालयले जनाएको छ ।
मन्त्रीहरु फर्किएपछि मुख्यमन्त्री कार्कीसँग मात्रै उनले भेटवार्ता गरेकी थिइन । एमाले स्थायी कमिटी सदस्य समेत रहेका मुख्यमन्त्री र पूर्वराष्ट्रपति भण्डारी बीच राजनीतिक तथा प्रदेश सरकारका गतिविधिबारे छलफल भएको श्रोतले जनाएको छ ।
केहीदिन अघि मात्रै मुख्यमन्त्री कार्कीले पूर्व राष्ट्रपति भण्डारीको एमाले फर्किने संभावना नरहेको भन्दै त्यसका बारेमा चर्चा गर्न आवश्यक नरहेको बताएका थिए ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी राज्यमन्त्री सिर्जना राईभने पूर्वराष्ट्रपति भण्डारीलाई  स्वागत गर्न विमानस्थल पुगेकी थिइन ।
एमाले जिल्ला तथा महानगर कमिटीमा संस्थापन इतरको पकड रहेको  छ।  जसको नेतृत्व विनोद ढकालले गरिरहेका छन् । पूर्वराष्ट्रपति भण्डारी आजै काठमाण्डौं फर्कने कार्यक्रम रहेको छ ।
Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top