×

NEPAL TIMES UPDATES

Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026
Playing
Top 15 Afternoon News || April-23-2026 || Nepal Times
Apr 23, 2026
Playing
संविधान संशोधनबारे हर्कले दिए ९ बुँदे सुझाव, संसदबाहिर बाटै मन्त्री || Nepal Times
Apr 23, 2026
Playing
होर्मुजमा बारूदी सुरूङ हटाउन Americaलाई ६ महिना लाग्ने || Nepal Times
Apr 23, 2026
Playing
रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन || Nepal Times
Apr 23, 2026
Playing
Iran यु द्धमा Trumpको शक्ति घटाउने विधेयक पाँचौँ पटक अस्वीकृत || Nepal Times
Apr 23, 2026
Playing
शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली गर्ने तयारी|| Nepal Times
Apr 23, 2026
Playing
चीनले इरानलाई पठाएको ’उपहार’ ट्रम्पले खोसे || Nepal Times
Apr 23, 2026
Playing
नेता र कर्मचारीको सम्पत्ति कसरी छानविन हुन्छ ? को को तान्निछन् ?|| Nepal Times
Apr 23, 2026
Playing
को हुन् दीपक भट्ट ? ओलीले हुक्र्याए सुधन गुरूङले पद गुमाए || Nepal Times
Apr 23, 2026

विपिनको अवस्था अझै अज्ञात,युद्धविराममा फेरि आशंका

४ भाद्र २०८२
४ भदौ , काठमाण्डौ ।
विपिन जोशीको रिहाईका लागि उनकी बहिनी र आमाले इजरायल पुगेर हारगुहार गरिरहँदाइजरायल र हमासबीच हुने भनिएको युद्धविराम र बन्धक रिहाइको फेरि भाडिने संकेत देखिएको छ ।
इजरायलले गाजामा बन्धक बनाइएका सबै ५० जनाको तत्काल रिहाइको माग गरेको छ । यो मागले हमासले सोमबार सहमति जनाएको ६० दिने नयाँ युद्धविराम प्रस्तावलाई इजरायलले स्वीकार गर्छ वा गर्दैन भन्नेमा शंका उत्पन्न गरेको छ ।
कतार र इजिप्टले प्रस्तुत गरेको यो प्रस्तावमा आधा बन्धकहरूलाई मुक्त गर्ने प्रावधान छ । कतारका अनुसार, यो प्रस्ताव इजरायलले यसअघि स्वीकार गरेको अमेरिकी प्रस्तावसँग लगभग मिल्दोजुल्दो छ ।
इजरायलले प्रस्तावलाई स्पष्ट रूपमा अस्वीकार गरेको छैन । तर, इजरायली सरकारका प्रवक्ता डेभिड मेन्सरले इजरायल आंशिक सम्झौतामा रुचि नराख्ने बताएका छन् ।
“अहिले परिस्थिति बदलिएको छ । प्रधानमन्त्रीले गाजाको भविष्यका लागि योजना राखेका छन्,” मेन्सरले भने ।प्यालेस्टिनी स्रोतहरूका अनुसार, यो प्रस्तावमा १० जना जीवित र १८ जना मृत बन्धकहरूलाई हस्तान्तरण गर्ने र दुवै पक्षले स्थायी युद्धविराम र अन्य बन्धकहरूको फिर्ताका लागि वार्ता गर्ने उल्लेख छ ।
२२ महिनाको युद्धपछि ५० बन्धकहरूमध्ये २० जना मात्र जीवित रहेको हुनसक्ने इजरायलको विश्वास छ । यसबीच नेपाली विद्यार्थी विपिन जोशीकी आमा पद्मा र बहिनी पुष्पासँग मंगलबार इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले पनि पौने एक घण्टा भेट गरेका छन्।
जेरुसेलमस्थित प्रधानमन्त्री कार्यालयमा बन्धक मामिलासम्बन्धी सल्लाहकार गार्ल हार्थलगायतको टोलीसँग प्रधानमन्त्री नेतान्याहुले मंगलबार दिउँसो भेट गरेका हुन्।
विपिनको रिहाईका लागि आफ्नो सरकारले कुनै कसर बाँकी नराखेको बताउँदै प्रधानमन्त्री नेतान्याहुले नेपालको सबै मुलुकसँगको सुमधुर सम्बन्धको उपयोग गर्दै विपिनको रिहाईका लागि प्रयास गर्न सुझाव पनि दिएका छन्।
केही अरब मुलुकको हमाससँग सम्बन्ध रहेको र ती मुलुकसँग नेपालको सुमधुर सम्बन्धको स्मरण गराउँदै नेतान्याहुले यस्तो सुझाव दिएका हुन्।
नेतान्याहुलाई भेट गर्न इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितका साथ विपिनकी आमा पद्मा र बहिनी पुष्पा प्रधानमन्त्री कार्यालय पुगेका थिए।
पण्डितका अनुसार पद्मा, पुष्पा प्रतीक्षारत रहेको राखिएको भेटघाट कक्षमा प्रधानमन्त्री नेतान्याहु ‘नमस्ते’ भन्दै प्रवेश गरेका थिए। कक्षमा प्रवेश गरेपछि नेतान्याहुले तीनै जनासँग हात मिलाए।
नेतान्याहुसँगको भेटका क्रममा पद्मा छोरा विपिनको तस्बिरसहित पुगेकी थिइन्। पद्माको हातमा विपिनको तस्वीर देखेपछि नेतान्याहुले त्यो तस्वीर आफूलाई दिन नेतान्याहुले आग्रह गरे, पुष्पाले दिइन्।
विपिनको तस्वीर हातमा लिएपछि नेतान्याहुले त्यसलाई गहिरोसँग नियाले। ‘विपिन नभएको भए त्यसदिन हमासबाट त्यहाँ थप ८–१० जनाको ज्यान जान सक्थ्यो, तर विपिनले उनीहरूको ज्यान जोगाए’ विपिनको तस्बिर देखाउँदै नेतान्याहुले भने, ‘त्यसैले, विपिनसाहसी र वास्तविक हिरो हुन्।’
विपिनलाई उनले इजरायलीहरूले ‘रोल मोडल’ का रुपमा चित्रित गरेको समेत बताएका थिए। नेतान्याहुले विपिनको सुरक्षित रिहाईका लागि सरकार लागिरहेकोमा आश्वस्त गराए।
‘हमासले बन्धक बनाएका सबैजना इजरायलका लागि समान छन्,’ उनले भने, ‘बन्धकहरूलाई रिहा गर्ने सवालमा हामीले स्वदेशी–विदेशी भनेर भेदभाव गरेका छैनौँ।’
नेतान्याहुले हमासको कब्जामा अझै ५० जना बन्धक रहेको उल्लेख गर्दै त्यसमध्ये मृत्यु भइसकेका बन्धकहरूबारे जानकारी रहेको बताएका थिए।
‘तर विपिनबारे त्यस्तो अन्यथा कुनै जानकारी प्राप्त भएको छैन’ उनको भनाइ थियो।नेतान्याहुसँगको भेटमा आमा पद्माले जसरी हुन्छ, आफ्नो छोरा विपिनलाई चाँडोभन्दा चाँडो मुक्त हुने वातावरण बनाइदिन नेतान्याहुसँग आग्रह गरेकी थिइन्।
बहिनी पुष्पाले विपिन अपहरित भएपछि आफूहरू लामो समय केही पनि सोच्न सक्ने स्थितिमा नरहेको नेतान्याहुलाई जानकारी गराएकी थिइन्।
दाजु विपिन अपहरित हुँदा आफूले भोग्नु परेको पीडा पुष्पाले सुनाएपछि नेतान्याहुले पनि आफ्नो पीडाको पृष्ठभूमि पनि पुष्पाको जस्तै रहेको सुनाएका थिए।
उनका दाजु जोनाथन नेतान्याहु प्यालेस्टिनी अतिवादीहरूले युगाण्डाको एन्टेवे विमानस्थलबाट कब्जामा लिएका इजरायली बन्धकहरूलाई छुटाउन इजरायलले सन् १९७५ मा सञ्चालन गरेको विशेष अपरेसनका क्रममा मारिएका थिए।
यसअघि इजरेली राष्ट्रपतिसंग पनि जोशी परिवारले भेट गरेको थियो । उनले पनि नेपाल सरकारले अझ बढी पहल गर्नुपर्ने बताएका थिए । यता नेपालका प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले भने आफूहरुले सक्दो प्रयास गरिरहेको बताएका छन् ।
सोमबार मात्रै एक वक्तव्य जारी गर्दै आरजु राणाले परराष्ट्र मन्त्रालयले इजरायल सरकारको सहकार्यमा जोशीको परिवारलाई समेत विपिनको रिहाइमा दबाब बढाउन सक्रिय रुपमा संलग्न गराएको प्रष्ट पारेकी छन्।
देउवाले आफू परराष्ट्रमन्त्री बनेदेखि नै यो मुद्दालाई प्राथमिकतामा राखेको बताउँदै संयुक्त राष्ट्रसंघीय महासभा, द्विपक्षीय र बहुपक्षीय बैठक, शिष्टाचार भेट र अन्तर्राष्ट्रिय सम्मेलनहरूमा निरन्तर जोशीको रिहाइबारे आवाज उठाएको बताएकी छन् ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि हमासले बन्धक बनाएका जोशीको शीघ्र रिहाइका लागि सरकार निरन्तर पहलमा जुटिरहेको भनेका छन् ।
सामाजिक सञ्जालमार्फत् मन्तव्य दिँदै प्रधानमन्त्री ओलीले विपिनको सुरक्षालाई सरकारको प्राथमिकतामा राखी सबै तहमा पहल भइरहेको स्पष्ट पारेका छन्।
“यसअघि मैले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुसैन खालिलसँग फोन संवाद गरी विपिनको रिहाइबारे ध्यानाकर्षण गराइसकेको छु।
सरकार विपिनको शीघ्र रिहाइका लागि कूटनीतिक स्तरमा सक्रिय छ,” प्रधानमन्त्री ओलीले भनेका छन्। यसबीच यस हप्ताको अन्त्यमा, इजरायली मन्त्रिपरिषद्ले गाजा सहर कब्जा गर्ने सैन्य योजनालाई अनुमोदन गर्ने अपेक्षा गरिएको छ ।
यस क्षेत्रमा इजरायली हमलाहरूले हजारौँ मानिसहरूलाई विस्थापित गरिसकेको छ ।इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गत महिना हमाससँगको अप्रत्यक्ष वार्ता टुटेपछि गाजाको सम्पूर्ण क्षेत्र कब्जा गर्ने इजरायलको उद्देश्य घोषणा गरेका थिए ।
यसमा २.१ मिलियन प्यालेस्टिनी बासिन्दाहरूले शरण लिएका क्षेत्रहरू पनि समावेश छन् ।सोमबार राति, हमासको एक विज्ञप्तिमा सशस्त्र समूह र अन्य प्यालेस्टिनी गुटहरूले इजिप्ट र कतारी मध्यस्थकर्ताहरूले अघिल्लो दिन कायरोमा प्रस्तुत गरेको युद्धविराम प्रस्तावलाई अनुमोदन गरेको घोषणा गरेका छन् ।
कतारका विदेश मन्त्रालयका प्रवक्ता माजेद अल–अन्सारीले मंगलबार दोहामा पत्रकारहरूलाई यो प्रस्ताव जुनमा अमेरिकी दूत स्टिभ विटकफले प्रस्तुत गरेको प्रस्तावसँग ९८ प्रतिशत मिल्दोजुल्दो रहेको बताए ।
यसअघि विटकफले ६० दिने युद्धविराम प्रस्ताव गरेका थिए, जसमा हमासले पहिलो र सातौँ दिनमा १० जना जीवित बन्धकहरू र १८ जना मृत बन्धकहरूको शव हस्तान्तरण गर्ने उल्लेख थियो ।
यसको बदलामा, इजरायली जेलहरूमा आजीवन कारावास भोगिरहेका १२५ प्यालेस्टिनी कैदीहरू, गाजाका एक हजार १११ बन्दी र १८० गाजावासीहरूको शव फिर्ता हुने प्रस्तावमा उल्लेख थियो ।
Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top