×

NEPAL TIMES UPDATES

Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026
Playing
Top 15 Afternoon News || April-23-2026 || Nepal Times
Apr 23, 2026
Playing
संविधान संशोधनबारे हर्कले दिए ९ बुँदे सुझाव, संसदबाहिर बाटै मन्त्री || Nepal Times
Apr 23, 2026
Playing
होर्मुजमा बारूदी सुरूङ हटाउन Americaलाई ६ महिना लाग्ने || Nepal Times
Apr 23, 2026
Playing
रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन || Nepal Times
Apr 23, 2026
Playing
Iran यु द्धमा Trumpको शक्ति घटाउने विधेयक पाँचौँ पटक अस्वीकृत || Nepal Times
Apr 23, 2026
Playing
शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली गर्ने तयारी|| Nepal Times
Apr 23, 2026
Playing
चीनले इरानलाई पठाएको ’उपहार’ ट्रम्पले खोसे || Nepal Times
Apr 23, 2026
Playing
नेता र कर्मचारीको सम्पत्ति कसरी छानविन हुन्छ ? को को तान्निछन् ?|| Nepal Times
Apr 23, 2026
Playing
को हुन् दीपक भट्ट ? ओलीले हुक्र्याए सुधन गुरूङले पद गुमाए || Nepal Times
Apr 23, 2026

फिनल्याण्डका ३० वर्षीय सांसदले गरे संसदभित्रै आत्महत्या

४ भाद्र २०८२
४ भदौ , काठमाण्डौ ।
फिनल्याण्डमा संसद भवन भित्रै एक जना सांसद मृत भेटिएका छन् । फिनल्याण्डको संसद भवनभित्र ३० वर्षीय सांसद ईमेली पेल्टोनन मृत फेला परेका हुन । उनले आत्महत्या गरेको अनुमान गरिएको छ।
सामाजिक लोकतान्त्रिक पार्टी (एसडीपी)का सांसद थिए।आफ्नो अन्तिम इन्स्टाग्राम पोस्टमा पेल्टोननले आफू मिर्गौला रोगबाट पीडित भएको बताएका थिए।
यसपछि, अर्को रोगका कारण उनले संसदीय कामबाट बिदा लिनुपरेको थियो।पेल्टोनेन २०२३ को चुनावमा ५ हजार ७४७ मत प्राप्त गरेर सांसद बनेका थिए।
उनी संसदका केही समितिहरूमा काम गर्थे। उनी जार्वेनपा सिटी काउन्सिलका सदस्य र त्यहाँका सबैभन्दा कान्छा बोर्ड अध्यक्ष पनि थिए।एसडीपी नेता टिटी टुपुराइनेनले भने, ’ईमेलीको मृत्युबाट हामी धेरै दुखी छौं। उहाँ सबैको मायालु हुनुहुन्थ्यो। यति सानो उमेरमा उहाँको निधन हुनु दुःखद छ।’पूर्व रक्षामन्त्री एन्टी काइकोनेनले एक्समा लेखे, ’ईमेली एक आशाजनक सांसद थिए। उनी धेरै राम्रो र दयालु व्यक्ति थिए।
’प्रहरीले मृत्युको कारण अनुसन्धान गरिरहेको छ। प्रहरीका अनुसार यस घटनामा कुनै आपराधिक कोणको बारेमा अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन।
घटनास्थल र उनको शव हेर्दा घटना शंकास्पद नभएकाले पेल्टोनेनले आत्महत्या गरेको हुनसक्ने अनुमान छ।बिहान ११ः०६ बजे प्रहरी घटनास्थल पुगेको थियो।
संसदमा ग्रीष्मकालीन बिदा चलिरहेको थियो। घटनापछि फिनल्यान्डको सबै दलका राजनीतिज्ञहरूले दुःख व्यक्त गरेका छन्।प्रधानमन्त्री पेटेरी ओर्पोले दिनभरका लागि सबै आधिकारिक राजनीतिक कामहरू स्थगित गरेका छन्।
उनले पेल्टोनेनको सम्मानमा एक मिनेटको मौन धारणसमेत गरेका थिए। सभामुख जुसी हल्ला–अहोले पनि पेल्टोनेनलाई ’सबै दलमा सम्मान गरिने एक मन पराइएका सहकर्मी भन्दै सम्झिएका छन्।
पेल्टोनेन सन् २०२३ मा पहिलो पटक दक्षिणी उसिमान क्षेत्रबाट सांसदमा निर्वाचित भएका थिए।उनी १८ वर्षको उमेरमै जार्भेनपा सहरको नगर परिषद् सदस्यमा र २२ वर्षको उमेरमा नगर बोर्डको अध्यक्षमा चुनिएका थिए। जुन पदमा पुग्ने उनी सबैभन्दा कान्छो व्यक्ति थिए।
Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top