कोशी–वाग्मती–गण्डकीका पहाडी भेगमा भारी वर्षा 

५ भदौ ८२, बिहीबार
Share this
714shares
५ भदौ , काठमाण्डौ ।
मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज दिउँसो देशका पहाडी भागमा साधारणतया बदली तथा बाँकी भागमाआंशिक बदली रहनेछ। साथै पहाडी र तराईका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
त्यसैगरी, आज राति कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भेगका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
महाशाखाले वर्षाका कारण देशका पहाडी भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ।
यस्तै आज दिउँसो भन्दा राति ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो सबै प्रदेशका पहाडी र तराईका केही ठाउँमा मध्यम वर्षाको सम्भावना छ ।
राति भने कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एक÷दुई ठाउँहरुमा ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही ठाउँहरुमा र बाँकी भू–भागका थोरै ठाउँहरुमा मध्यम वर्षाको सम्भावना छ ।
यसबीच आजदेशका केही सानाठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । ती नदी तटीय क्षेत्रमा सतर्कताअपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
आज सिन्धुपाल्चोक, लमजुङ, कास्की, म्याग्दी, डोटी र डडेलधुरामा आकस्मिक बाढीको ‘मध्यम’ जोखिमको ‘उच्च’ सम्भावना रहने औँल्याइएको छ । यी जिल्लाभई बहने सानानदीमा बहाव उल्लेख्य बढ्ने महाशाखाको पूर्वानुमान छ ।
इलाम, झापा, सोलुखुम्बु, दोलखा, नुवाकोट, रसुवा, धादिङ, रामेछाप, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, तनहुँ, गोरखा, पर्वत, रोल्पा, जाजरकोट, रुकुमपश्चिम, दैलेख, कालीकोट, सल्यान, सुर्खेत, हुम्ला, डोल्पा, बैतडी, दार्चुला, कैलाली र कञ्चनपुर भई बहने केही साना नदीमा पनि बहाव उल्लेख्य बढ्ने सम्भावना छ ।
यी जिल्लामाआकस्मिक बाढीको मध्यम जोखिमको ‘मध्यम’ सम्भावना रहने महाशाखाको अनुमान छ । बिहीबार बिहानको मापनमा कोसी, नारायणी, वाग्मती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूको जलसतह सतर्कता तह भन्दा तल छ ।
कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जल सतह पनि सतर्कता तह भन्दा तल रहेको महाशाखाले जनाएको छ ।हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केहीकमजोर रहेको छ।
तथापि, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम जारी रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top