×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पूरा अन्टार्कटिका क्षेत्रमा सुनामीको चेतावनी

६ भाद्र २०८२
६ भदौ , काठमाण्डौ ।
दक्षिण अमेरिकाको तट नजिकै ७.५ म्याग्निच्युडको भूकम्पआएको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूकाअनुसार, हाल सम्म कुनै क्षतिको जानकारी प्राप्त भएको छैन।
अमेरिकी भूगर्भ सर्वेक्षण संस्था (यूएसजीएस) का अनुसार यो भूकम्पको केन्द्र अर्जेन्टिनाको दक्षिणतर्फ रहेको ड्रेक पैसेज नजिकै १०.८ किलोमिटर गहिराइमा गएको थियो।
चिलीको नेभी हाइड्रो ग्राफिक तथा ओसनो ग्राफिक सर्विसले पूरा अन्टार्कटिका क्षेत्रमा सुनामीको चेतावनीजारी गरेको छ। तर यसको मूल्याङ्कन भइरहेको बताइएको छ।
अमेरिकी भूवैज्ञानिक सर्वेक्षणले सुरुमा यसको तीव्रता ८.० म्याग्निच्युड बताएको थियो, तर पछि त्यसलाई घटाएर ७.५ म्याग्निच्युड कायम गरियो।  सर्वेक्षणले भूकम्प ११ किलोमिटरको गहिराइमा गएको पनि जानकारी दिएको छ।
अमेरिकी सुनामी चेतावनी प्रणालीले ड्रेक प्यासेजको भूकम्पपछि कुनै चेतावनी जारी गरेको छैन।  यद्यपि, प्रशान्त सुनामी चेतावनी केन्द्रले चिलीका लागि संक्षिप्त चेतावनी जारी गरेको छ।
रोयटर्सको रिपोर्टअनुसार, चिली स्थित नौसेना जल सर्वेक्षण तथा समुद्र विज्ञान सेवाले चिलीको अन्टार्कटिक क्षेत्रका लागि सुनामीको चेतावनी जारी गरेको छ।
अमेरिकी भूवैज्ञानिक सर्वेक्षणका अनुसार, भूकम्प अर्जेन्टिनाको दक्षिणी सहर उशुआइयाबाट ७०० किलोमिटर दक्षिण–पूर्वमागएको थियो, जहाँको जनसंख्या करिब ५७,००० छ।
भूकम्पबाट हालसम्म कुनै मानवीय क्षतिवा भौतिक क्षतिको खबर आएको छैन। रिपोर्टहरूका अनुसार, भूकम्प अमेरिकाको दक्षिणी भागमा यूटीसी  समय अनुसार बिहान २ः१६ बजे गएको थियो।
यसअघि पनि मे २०२५ मा यसै क्षेत्रमा७.५ म्याग्निच्युडको भूकम्पगएको थियो। गतजुलाई ३० मा रसियाको पूर्वी प्रायद्वीप कामचाट्का मा विश्वकै छैटौँ ठूलो भूकम्प गएको थियो।
यसको तीव्रता ८.८ म्याग्निच्युड थियो। यसका कारण कामचाट्कामा ५ मिटर उचाइसम्मको सुनामीआएको थियो।  भूकम्पको कारण धेरै भवन हरूमा क्षतिपुगेको थियो।
यसको केन्द्र जमिनमुनि १९.३ किलोमिटरको गहिराइमा थियो। भूकम्पपछि रसिया, जापान, अमेरिका र दक्षिण अमेरिकाका तटीय क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको थियो।
ती क्षेत्रमाहल्का सुनामीका छालहरू देखिएका थिए।   ड्रेक प्यासेज दक्षिण अमेरिकाको केप हर्न र अन्टार्कटिकाको दक्षिण शेटल्याण्ड टापुहरू बिचमा अवस्थित एउटा गहिरो र फराकिलो जलमार्ग हो।
यसले दक्षिण–पश्चिमी एटलान्टिक र दक्षिण–पूर्वी प्रशान्त महासागर हरूलाई जोड्दछ। ड्रेक प्यासेज यस्तो क्षेत्रमा अवस्थित छ जहाँ स्कोटिया प्लेट, दक्षिण अमेरिकी र अन्टार्कटिक टेक्टोनिकप्लेटहरू भेटिन्छन् ।
त्यसैले यो क्षेत्र भूकम्पको जोखिममा छ। ७ वा सोभन्दा बढी म्याग्निच्युडका भूकम्पहरू ठूला भूकम्प मानिन्छन् र यदितिनीहरू मानव बसोबासको नजिक गएमा ठूलो विनाश निम्त्याउन सक्ने क्षमता राख्छन्।
यद्यपि, यस अवस्थामा, भूकम्पको केन्द्रविन्दु टाढा भएकाले प्राकृतिक रूपमै सुरक्षाप्रदान गरेको बताइएको छ ।  भूकम्पले अन्य देशहरूमा तत्काल कुनै विपत्ति ल्याएको छैन।
यद्यपि, अधिकारीहरूले दक्षिणी महासागर भित्रका जहाजहरू र अनुसन्धान केन्द्रहरूलाई तयारी अवस्थामा रहन सावधानी गराएका छन्।
प्रशान्त सुनामी चेतावनी केन्द्र जस्ता अन्तर्राष्ट्रिय पर्यवेक्षण केन्द्रहरूले अझै पनि सम्भावित दोस्रो खतराहरूका लागि स्थितिको निगरानी गरिरहेका अन्तराष्ट्रिय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।
Advertisement

भर्खरको समाचार

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

सम्बन्धित खबरहरु

Scroll to Top