एलएस अटोको धमाकेदार सुरुवातः दुई अटो शोमै ८८ गाडी बुकिङ

१० भदौ ८२, बुधबार

११ भदौ , काठमाण्डौ ।

Advertisement

भर्खरै सम्पन्न ‘नाडा अटो शो–२०२५’ र ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ मा एलएस अटोमा आक्रमण देखिएको छ ।

कम्पनीको आधिकारिक वितरक नेक्सन भेन्चरका अनुसार यी दुई अटो शोमार्फत कुल ८८ वटा गाडीको बुकिङ भएको छ।

Advertisement

भृकुटीमण्डपमा भदौ ३ देखि ८ गतेसम्म आयोजना भएको ‘नाडा अटो शो’ मा मात्र ५१ वटा गाडी बुकिङ भए भने साउन २१ देखि २६ गतेसम्म सम्पन्न ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ मा ३७ वटा गाडी बुकिङ भएका हुन्।

कम्पनीका महाप्रबन्धक नवीन फुयाँलका अनुसार छोटो अवधिमै यति ठूलो संख्यामा बुकिङ हुनु एलएस अटोका लागि अभूतपूर्व उपलब्धि हो।

Advertisement

उनले भने, “यी दुई शोको अवधिभर हाम्रो स्टलमा अवलोकनकर्ताको भीड निकै उत्साहजनक थियो। बजारमा नयाँ भए पनि एलएस अटो छोटो समयमा उपभोक्ताको रोजाइमा परेको देखियो।”

कम्पनीले हालसालै बजारमा ल्याएको ‘एलईभी–०१’ ईभी उपभोक्ताबीच लोकप्रिय बन्दै गएको छ। आकर्षक डिजाइन, स्मार्ट लुक्स र अत्याधुनिक फिचरका साथै उचित मूल्य पनि यस गाडीको प्रमुख आकर्षण बनेको फुयाँलले बताएका छन् ।

उनले भने, “लग्जरी कार चाहने तर उचित मूल्यमा खोज्नेहरूका लागि एलएस अटो आदर्श विकल्प हो। आगामी दशैं–तिहार लक्षित विशेष अफर पनि छिट्टै ल्याइँदैछ ।”

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top