विराट टिचिङ हस्पिटलः कोशी प्रदेशको स्वास्थ्य हब बन्दै

१० भदौ ८२, बुधबार
११ भदौ , काठमाण्डौ ।
स्वास्थ्य उपचारका लागि छिमेकी राष्ट्र भारतका विभिन्न शहरहरूमा जानुपर्ने नेपालीहरूको बाध्यता हट्दै गएको छ। पछिल्लो समय त सर्वसुलभ र प्रभावकारी उपचारका लागि भारतीयहरू नै सीमावर्ती विराटनगरमा रहेका अस्पतालहरूमा आउन थालेका छन्।
कोशीप्रदेशकै स्वास्थ्य हबका रूपमा स्थापित मोरङको बुढीगंगामा अवस्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटलले यस दिशामा महत्त्वपूर्ण फड्को मारेको छ।
अस्पतालले स्त्री रोग तथा प्रसूति सेवालाई थप सशक्त र प्रभावकारी बनाउन छुट्टै भवनमा एकैपटक पाँचवटा अत्याधुनिकअप्रेशन थिएटर सञ्चालनमा ल्याएको छ।
मंगलबार एक विशेष कार्यक्रमका बीच काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. अच्युत प्रसाद वाग्लेले यी नयाँ अप्रेशन थिएटरहरू को समुद्घाटन गरेका छन् ।
नेपालकै अत्याधुनिक ल्याप्रोस्कोपिक स्त्री तथा प्रसूति केन्द्रका रूपमा रहेको यस अस्पतालमा अब अप्रेशन थिएटरको संख्या २४ पुगेको छ। यसअघि विभिन्न शल्यक्रियाका लागि १९ वटा अप्रेशन थिएटर सञ्चालनमा रहेको अस्पताल प्रशासनले जनाएको छ ।
नयाँ थपिएका ५ वटा अत्याधुनिकअप्रेशन थिएटर सहित स्त्री तथा प्रसूति सेवाका लागि छुट्टै भवनबाट २०० बेड क्षमताको वार्ड, ३० बेडको डिलक्स क्याबिन र छुट्टै गाइनो आईसीयूको सुविधा समेत विस्तार गरिएको अस्पतालका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले जानकारी दिए ।
हाल अस्पतालमा २० जना भन्दा बढी स्त्री रोग तथा प्रसूति विशेषज्ञ चिकित्सक हरूको टोलीले चौबीसै घण्टा उच्चस्तरीय उपचार सेवा प्रदान गर्दै आएको अस्पतालले जनाएको छ ।
सन् २०१४ मा स्थापित विराट मेडिकल कलेज टिचिङ हस्पिटल हाल कोशी प्रदेशकै अग्रणी स्वास्थ्य संस्थाका रूपमा परिचित छ। यस अस्पतालमा नेपालकै सबैभन्दा ठूलो, १०० बेड क्षमताको इमरजेन्सी विभाग सञ्चालनमा छ, जसमा स्त्रीतथा प्रसूति आपतकालीन सेवा पनि समावेश गरिएको छ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. अच्युत प्रसाद वाग्ले सँग अस्पतालका चिकित्सक तथा  विद्यार्थीहरू बीच अभिमुखीकरण  कार्यक्रम समेत आयोजना गरिएको थियो ।
कार्यक्रममा डाक्टर पढ्दै गरेका विद्यार्थीहरूले स्वास्थ्य क्षेत्रमा रहेका समस्याहरूबारे आफ्ना जिज्ञासा राखेका थिए। उपकुलपतिप्रा.डा. वाग्लेले विराट टिचिङ हस्पिटलले पूर्वी क्षेत्रमा बिरामीहरूका लागि राम्रो सेवाप्रदान गरेको भन्दै आगामी दिनमा पनि यस्तै उत्कृष्ट कार्यलाई निरन्तरता दिन सुझाव दिएका छन् ।
विराट मेडिकल कलेज टिचिङ हस्पिटलले स्वास्थ्य सेवामा गरेको यो विस्तारले कोशी प्रदेश मात्र नभई समग्र नेपालको स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याउने र भारतीय बिरामीहरूका लागि समेत एक विश्वसनीय गन्तव्य बन्ने अपेक्षा गरिएको छ।
अस्पतालले आफ्ना कर्मचारी, बिरामीतथा कुरुवाहरूको सुविधा लाई ध्यानमा राख्दै आधुनिक सुविधा सम्पन्न’विराट खाजा घर’ समेत सञ्चालनमा ल्याएको छ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top