×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी वरिष्ठ कूटनीतिज्ञले ककसलाई भेट्दैछन्? एमसीसीमा चासो|| Nepal Times
Apr 18, 2026
Playing
आजदेखि शनिबार ‘भेहिकल फ्रि असन’ || Nepal Times
Apr 18, 2026
Playing
कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?|| Nepal Times
Apr 18, 2026
Playing
होर्मुजको जलडमरूम खोल्ने इरानको घोषणा || Nepal Times
Apr 17, 2026
Playing
हरेक नेपालीको भागमा १ लाख ऋणः कसले तिरिदिन्छ ३७ अर्ब किस्ता? || Nepal Times
Apr 17, 2026
Playing
नेपालमा कति छ युरेनियम ?कसले लगायो बक्रदृष्टि? बालेन सरकारसँग मागियो जवाफ || Nepal Times
Apr 17, 2026

अध्यक्षमा उठे विद्याले ओलीलाई जित्नै नसक्ने, अनि कारबाहीभोग्नुपर्ने

१२ भाद्र २०८२
१२ भदौ , काठमाण्डौ ।
प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपीशर्मा ओलीले दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा काठमाडौँ जिल्लाबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरू सँगको अनौपचारिक छलफल र भेटघाट कार्यक्रममा व्यक्त गरेको भनाइ भन्दै प्रकाशित समाचारको प्रधानमन्त्रीको सचिवालयले खण्डन गरेको छ ।
सचिवालयले विज्ञप्ति निकाल्दै  अध्यक्षओलीले बोल्दै नबोलेका ‘एमालेमा मलाई धक्का दिन विद्या भण्डारी बाहेक कसैको दम छैन, विद्याले छाडे सबै मिल्छ’ जस्ता भ्रामक र मनगढन्ते विषयहरू स्वार्थ पूर्णरुपमा बाहिर ल्याइएको देखिएको उल्लेख गरिएको छ ।
तर यो विषयभने एमालेका काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाले नै सामाजिक संजालबाट सार्वजनिक गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘पूर्व राष्ट्रपति भण्डारीलाई आफूलेजति सम्मान र माया अरू नेताले नगरेको तर उहाँअहिले पार्टी र नेतृत्वको विरोध गर्ने ठाउँमा कसरी पुग्नुभयो भन्ने आश्चर्यमा परेको उल्लेख गर्दै भन्नुभएको थियो ।’
पूर्वराष्ट्रपति भण्डारीले पार्टीमा विधिवत रुपमा सदस्यता प्राप्तिको बाटो नलिएर मिडिया र अरुअरु पार्टीका नेताहरूसँग भेटेर सक्रिय राजनीतिमा आउने कुरा गरेको प्रति ओलीले असन्तुष्टि जनाएका थिए ।
यस्तै विद्याका बारेमाओलीले महाधिवेशनमा अध्यक्ष पदमा हार्ने र हारेपछि पार्टीको विरोधमा लाग्ने दाबी गरेका छन्। सो भेटघाटमा उनले अध्यक्षमा हारेपछि पार्टीको विरोधमा लाग्दा भीम रावललाई झैं स्पष्टीकरण र कारबाहीको प्रक्रियामा जानुपर्ने बताएका हुन्।
अध्यक्ष ओलीले नेतृत्व गर्न क्षमता चाहिने बताए। ओलीले पूर्व राष्ट्रपति भण्डारी अहिले पार्टी र नेतृत्वको विरोध गर्ने ठाउँमा कसरी पुग्नु भएको भन्ने आश्चर्यमा परेको बताए।
उनले भने, ‘पूर्व राष्ट्रपति भण्डारीले पार्टीमाविधिपूर्वक सदस्यताप्राप्तिको बाटो नलिएर मिडिया र अरु अरु पार्टीका नेताहरुसँग भेटेर सक्रिय राजनीतिमाआउने कुरा गर्नुभयो। यस्ता गतिविधिले पार्टीको लक्ष्य र आन्तरिक एकतामासहयोग पुग्दैन र उहाँ त्यसरुपमाआएर पार्टीको एकतालाई भड्काउनहुँदैन भन्ने पार्टीका आम साथीहरुलाई लागेको छ र केन्द्रीय कमिटीले त्यसअनुसार उहाँलाई सदस्यतादिँदाउहाँ र आन्दोलनको सम्मानमाआँचपुग्ने निष्कर्ष हो।’
ओलीले भने,‘उहाँले पार्टीमाआएर अध्यक्ष उठ्दा जित्नुहुन्न। नेतृत्वलिने कुरा कसैको आँखामा नबिझ्ने लालगेडी हुनु होइन। नेतृत्व क्षमता चाहिन्छ। परिस्थिति अनुसार डटेर सामना गर्नुपर्ने हुन्छ। उहाँ पार्टीमाआएर अध्यक्ष उठेमाहार्नुहुन्छ। हारेपछि पार्टीको विरोधमा लाग्नुहुन्छ, त्यसपछि पार्टीले भीम रावललाई झैँ स्पष्टीकरण र कारबाहीमाजानुपर्ने हुन्छ।’ 
म सँगको भेटमा पनि उहाँलाई पार्टीमा समस्या खडा गर्ने गरी राजनीतिमा नआउन मैले आग्रह गरेको थिएँ। तर उहाँ च्यासलले सदस्यता खोस्यो, पार्टीको नेतृत्वले देश चलाउन सकेन जस्ता मिथ्या आरोपपूर्ण सार्वजनिक अभिव्यक्ति दिन थाल्नुभएको छ।
अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई आफूले जति सम्मान र माया अरु नेताले नगरेको स्मरण गराए। ओलीले अपमान जनक अवस्थामा जानुभन्दा त भण्डारीलाई अहिले नै सम्मानजनक हैसियत भएको बताए।
उनले भने, ‘त्यसैले मसँगको भेटमा पनिउहाँलाई पार्टीमा समस्या खडा गर्ने गरी राजनीतिमा नआउन मैले आग्रह गरेको थिएँ। तर उहाँ च्यासलले सदस्यता खोस्यो, पार्टीको नेतृत्वले देश चलाउन सकेन जस्ता मिथ्या आरोपपूर्ण सार्वजनिक अभिव्यक्ति दिन थाल्नु भएको छ। उहाँलाई उहाँसँग निकट भएका साथीहरुले त्यसो नगर्न सम्झाउनुपर्छ, उल्काउनु हुँदैन।’ 
भेटमा अध्यक्ष ओलीले नेपालमा वामपन्थी आन्दोलनको ऐतिहासिक र सङ्घर्षपूर्ण विगतको पृष्ठभूमि, पार्टीको हितविपरीत व्यक्तिगत  स्वार्थमा लाग्दा आन्दोलन लाई हुन पुगेका क्षति, अहिले पार्टीले लिएको नीति र पार्टीको केन्द्रीय कमिटीको पछिल्लो निर्णय, अहिलेको सरकारले विकास र सुशासनका लागि गर्दै आएका सकारात्मक काम लगायत विषयमा आफ्नो दृष्टिकोण राखेका थिए।
केपी शर्मा ओली र भीम रावलको विवाद मुख्य रूपमा दलको नेतृत्व, पार्टी नीति, अभिव्यक्ति स्वतन्त्रता र संगठनात्मक अनुशासनलाई लिएर भएको थियो ।
भीम रावलले अध्यक्ष केपी शर्मा ओलीको पार्टी नेतृत्वलाई स्वेच्छाचारी, निरंकुशतथा देशहित विरोधी भन्दै सार्वजनिक रूपमाआलोचना गरेका थिए।
रावलले लोकतान्त्रिक प्रक्रिया अपनाउनु पर्ने भन्दै चितवन महाधिवेशनमा अध्यक्षपदमा ओली विरुद्ध उम्मेदवारी दिएपछि नै उनको आँखाको कसिंगर बनेका थिए ।
यही बाट ओली र रावल बीच तिक्तता र विवाद बढेको थियो । भीम रावललाई नेकपा एमालेले २०८१ पुस १० गते पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको थियो।
एमालेको सचिवालय बैठकको निर्णयले उनलाई संगठित सदस्यता बाट पनि मुक्त गरी सचिवालयले अनुशासनहीनता र पार्टी कमजोर बनाउनु पर्ने अभिव्यक्तिहरू दिएका कारण यस्तो कारबाही गरिएको बताएको थियो ।
Advertisement

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top