×

NEPAL TIMES UPDATES

Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026

एमाले नेतालाई छाडियो तर रास्वपा नेता अरनिको पाँडेलाई पक्राउ गरियो 

१२ भाद्र २०८२
१२ भदौ , काठमाण्डौ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता अरनिको पाँडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रास्वपाका केन्द्रीय सदस्य पाँडे साइबर अपराध सम्बन्धी उजुरीका आधारमा बुधबार पक्राउ परेका हुन्।
साइबर ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) दीपकराज अवस्थीका अनुसार एक महिलाले पाँडेविरूद्ध सामाजिक सञ्जालमार्फत आफूलाई अपशब्द प्रयोग गरेको भन्दै जाहेरी दिएकी थिइन्।
जाहेरी दर्ता भएपछि पाँडे बुधबार आफै साइबर ब्युरो, काठमाडौंमा उपस्थित भएका हुन्। पाँडे उपस्थित भएपछि आवश्यक अनुसन्धान र प्रक्रिया अघि बढाइएको प्रवक्ता अवस्थीले जानकारी दिए।
उनका अनुसार पाँडेलाई बुधबार नै म्याद थप गर्ने तयारी गरिएको थियो। तर समय ढिलाइ भएकाले म्याद थप्ने प्रक्रिया आज हुने भएको छ। पाँडे राष्ट्रिय योजना आयोगकापू  र्वसदस्य समेत हुन्।
एक महिलालाई अनलाइन मार्फत दुव्र्यवहार गरेको उजुरीको आधारमा पाँडेलाई नियन्त्रणमा लिनका लागि व्यूरोको टोली मंगलबार परिचालन भएको थियो । तर, उनलाई भेट्टाउन नसकेपछि सम्पर्क गरेर कार्यालयमा बोलाएको थियो ।
बुधबार कार्यालयमा बोलाउदाँ आइपछि प्रहरीले नियन्त्रण लिएको हो ।  तर उस्तै प्रकृतिको गाली बेइज्जतीको जाहेरीपछि पक्राउ परेका नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर भने हाजिरी जमानीमा छुटेका छन्।
उनीसँगै उनकी श्रीमती सनुजा श्रेष्ठ पनि छुटेको साइबर ब्युरोका एसपी दीपकराज अवस्थीले जानकारी दिए। यसअघि महरविरुद्ध जाहेरी दिने महिलालाई पनि सरकारी वकिल कार्यालयले हाजिरी जमानीमा रिहा गरेको थियो।
महरले उनीविरुद्ध ब्युरोमै जाहेरी दिएका थिए । सरकारी वकिल  कार्यालय काठमाडौँका प्रमुख रामहरि शर्मा काफ्लेले भने, ‘उहाँहरूको दोहोरो उजुरी देखियो। यसअघि महरको उजुरीमामहिलापक्राउपर्दा पनिहाजिरी जमानीमै राखेर अनुसन्धानगर्न भनिएको थियो। अहिले तिनै महिलाले उजुरी दिएपछि उहाँलाई म्यादथपकालागिहामीकहाँल्याइएको थियो। तर अदालतन लगि हाजिरी जमानीमा राखेर अनुसन्धान गर्नु भनेर रिहागरियो।’
गाली बेइज्जती तथा चरित्र हत्या गरेको भन्दै एक महिलाले उनीविरुद्ध हुलाकमार्फत साइबर व्युरोमा जाहेरी दिएकी थिइन्। त्यसपछि उनी विरुद्ध सोमबार पक्राउ पुर्जी जारी भएको थियो।
तर लगभग उस्तै आरोपमा प्रहरी नियन्त्रणमा पुगेका रास्वपा नेता पाँडेलाई भने हाजिरी जमानीमा नभई आजअदालत पेश गरिने भएको हो । रास्वपाका एक पछि अर्को नेता पक्राउ पर्ने तथा अभियोग हरु लगाइने क्रम बढ्दै जाँदा पार्टीले यसलाई प्रतिशोध भनिरहेको छ।
रास्वपाका सभापति रवि लामिछाने पूर्पक्षका लागि कारागारमा छन् । रास्वपा बाटै प्रतिनिधि सभामा उपसभामुख बनेकी इन्दिरा रानालाई पनिअभियोग लगाएर पद बाट हटाउन सत्ताधारी लागि परेका छन् ।
यसका लागि एमाले र काँग्रेसले हस्ताक्षर संकलन समेत गरेका थिए । तर चौतर्फी आलोचना र प्रतिपक्षी दलहरुले विरोध गरेपनि उनीमाथि महाअभियोग लगाउन बाट हाललाई सरकार पछि हटेको छ ।
यसको साटो उनीमाथि लागेको पुरानो आरोपलाई पुष्टि गर्न जोड दिइरहेको छ । राना समेतको संलग्नतामा बालबालिका गैरकानुनी रूपमा स्थानान्तरण गरिएको भन्दै संसदमै सत्तारुढ दलका नेताहरुले प्रश्न उठाएका थिए ।
त्यसपछि प्रहरीले विना जाहेरी चासो बढाएको छ। राना कार्यकारी प्रमुख रहेको प्रिजनर्स असिस्टेन्ट (पीए) नेपालनामक गैरसरकारी संस्थाले अवैध रूपमा बालबालिका ओसार पसार गरेको आरोप लागेको छ ।
आफू अमेरिका जाने कार्यक्रममा असम्बन्धित व्यक्तिलाई पनि भिसाका लागि सिफारिस गरेको पत्रलाई लिएर रानालाई सत्तापक्षले हटाउने प्रयास गरिरहेकै बेलाबालबालिका ओसारपसारको विषय सतहमा मात्र आएको छैन, प्रहरीले नै अध्ययन अघि बढाएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो  (सीआईबी) का प्रमुख एआईजी चन्द्रकुबेर खापुङले सार्वजनिक भएको विषय बारे सत्य तथ्य सूचना संकलनको काम भइरहेको बताएका छन् ।
अहिले नै कुनै उजुरी भने प्रहरीमा परि नसकेको तर प्रहरी अलर्टमा रहेको र मागेको बेला जवाफ दिन सक्ने अवस्थामा रहने पनि उनले बताए। उनका अनुसार, सीआईबीले मानव बेच बिखन अनुसन्धान ब्युरोलाई यस विषयमा सूचना संकलनका लागि निर्देशन दिएको छ।
ब्युरोका प्रवक्ता एसपी नरेन्द्र कुँवरले ती प्रश्न उठाइएको बालबालिकाको विषयमा बुझ्ने काम भइरहेको बताए।  उता रास्वपा सभापति लामिछानेको मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासले कैफियत प्रतिवेदन मागेको छ।
सहकारी ठगी तथा संगठित अपराध सम्बन्धी मुद्दामा २५ चैतदेखि थुनामा रहेका लामिछाने जिल्ला अदालत रुपन्देहीको आदेशविरुद्ध उच्चअदालत पुगेका छन् ।
जिल्ला अदालतले बिगोलाई आधार मान्न नसकिने भन्दै उनलाई थुनामै राखेर अनुसन्धा नगर्ने आदेश दिएको थियो । तर बुधबार उच्चका न्यायाधीश सागर विष्टको एकल इजलासमा भएको प्रारम्भिक सुनुवाइ पछि जिल्ला अदालतको मिसिलमा गगरिएको छ।
अदालतका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार, मिसिल एक साता भित्र आउनसक्ने र त्यसपछि फेरिबहस हुने छ। लामिछानेकी श्रीमती निकिता पौडेलले पनि श्रीमानको तर्फबाट बिगो तोकिएकै बराबरको बैंक जमानत सहित जेल बाहिरबाटै मुद्दा लड्न दिनुपर्ने मागगर्दै रिट दायर गरेकी छन् ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा करिब चार महिनादेखि थुनामा रहेका लामिछाने केही दिनअघि उनकै मागअनुसार नख्खु कारागार सारिएका छन् ।
Advertisement

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top