×

NEPAL TIMES UPDATES

Playing
Iran war 10 Updates,इरानको टापु ध्व स्त, नेतन्याहुलाई खोजेर मा र्ने || Nepal Times
Mar 15, 2026
Playing
रूस पुगे मोज्तबा खामेनी, Putinले गरे उद्यार, नेतन्याहुको ज्या नलाई ख तरा || Nepal Times
Mar 15, 2026
Playing
पदका लागि कोही पनि घरघर नधाउनुहोलाः रवि लामिछाने || Nepal Times
Mar 15, 2026
Playing
पूर्वबाट उदाएको हर्कवाद || Nepal Times
Mar 15, 2026
Playing
World News: अमेरिकीलाई मध्यपूर्व छाड्न सूचना, हर्मुजमा यो*द्धपोत पठाउन Trumpको अपिल || Nepal Times
Mar 15, 2026
Playing
कार्की आयोगको प्रतिवेदनबारे आज निर्णय ? मन्त्रिपरिषद् बैठक बस्दै || Nepal Times
Mar 15, 2026
Playing
इरानले ज्या नको बदला ज्या न लि ने, Netanyahu लाई मा र्ने ध म्की, कहाँ छन् ‘Bibi’? || Nepal Times
Mar 15, 2026
Playing
Iranले खार्गको बदला लिने, मोज्तावाको सूचना दिनेलाई १ करोड डलर पुरस्कार|| Nepal Times
Mar 15, 2026
Playing
मोज्ताबा जिवित कि मृत ?अमेरिकालाई स्विट्जरल्यान्डले हवाईक्षेत्र नदिने || Nepal Times
Mar 15, 2026
Playing
काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल टाइम्सकी पत्रकार संचिताश्रेष्ठ सम्मानित, मन्त्री दिए प्रशंसापत्र
Mar 15, 2026

ओलीले किम, सी, पुटिनसँग बसेर सैन्य परेड हेर्ने

१२ भाद्र २०८२

१२ भदौ , काठमाण्डौ ।

विश्व महाशक्ति अमेरिकालाई समेत चुनौती दिँदै कठोर प्रतिबन्धका बाबजुद ब्यालेस्टिक मिसाइल र हाइड्रोजन बम सम्मको सफल परीक्षण गरिसकेका उत्तर कोरियाली नेता किम जोङ उन, पश्चिमी राष्ट्रका लागि टाउको दुखाइ बनेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र विश्वको अर्को महाशक्ति चीनका राष्ट्रपति सी जिनपिङसँग नेपालका प्रधानमन्त्री केपीशर्मा ओलीले मञ्च साझेदारी गर्ने भएका छन्।

 

अमेरिका सहित पश्चिमा राष्ट्रका लागि किम एक तानाशाह हुन् । उनीअमेरिका सहित पश्चिमा मुलुकका लागि सबैभन्दा ठूलो टाउको दुखाई हुन् । उनीसँग कसैले पनि दुश्मनी मोल्ने आँट गर्न सक्दैन ।

रहस्यपूर्ण हतियार भण्डारका कारण विश्वकै लागि खतनाक बनेका किमसँग नेपालका प्रधानमन्त्रीले समेत विशाल चीनको सैन्य शक्ति र विशाल परेडको अवलोकन गर्ने भएका छन् ।

आगामी बुधबार चीनको राजधानी बेइजिङ स्थित थिआनमन स्क्वायरमाआयोजना गरिने भव्य सैन्य परेडमा ओलीले विश्वका २६ देशका शीर्ष नेताहरू सँगै सहभागिता जनाउने भएका हुन्।

चिनियाँ राष्ट्रपति सीजिनपिङ को निमन्त्रणामा २६ मुलुकका शीर्ष नेता विजयदिवस समारोहमा सहभागी हुने जनाइएको छ। चिनियाँ सहायक विदेशमन्त्री होङ लेईलाई उद्धृत गर्दै सिन्ह्वाले लेखेको छ, ‘समारोहमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन,उत्तर कोरियाली नेताकिमजोङ उन, क्याम्बोडियाका राजा नरोदम सिहामोनी,भियतनामी राष्ट्रपति लुंग कुइङ,लाओसका राष्ट्रपति तथा लाओस कम्युनिस्ट पार्टीका महासचिव थोङलोन सिसौलिथ, इन्डोनेसियाका राष्ट्रपति प्राबोवो सुबियान्तो र मलेसियाका प्रधानमन्त्रीअन्वर इब्राहिम सहभागी हुने निश्चित छ ।’

त्यसैगरी मङ्गोलियाका राष्ट्रपति उख्ना खुरेलसुख, पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफ, नेपालका प्रधानमन्त्री केपी शर्मा ओली,माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु, कजाखस्तानका राष्ट्रपति कसिम–जोमार्त तोकायेभ, उज्बेकिस्तानका राष्ट्रपति शब्क तमिर्जियोयेभ,ताजिकिस्तानका राष्ट्रपति इमोमाली रहमोन, किर्गिजस्तानका राष्ट्रपति सादिर जापारोभ र तुर्कमेनिस्तानका राष्ट्रपति सेर्दार बर्डी महमेदोभ पनि उपस्थित हुनुहुने छ ।

बेलारुसका राष्ट्रपति अलेक्जान्डर लुकासेन्को, अजर बैजानका राष्ट्रपति इल्हाम अलिएभ,आर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यान, इरानका राष्ट्रपति मसउद पेजेश्कियन, कङ्गो गणराज्यका राष्ट्रपति डेनी सासु न्गेस्सो, जिम्बावेका राष्ट्रपति इमर्सन मनङ्गग्वा,सर्बियाका राष्ट्रपति अलेक्जान्डर भुचिच, स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिको, क्युबाका राष्ट्रपति मिगेल डियाज–कानेल र म्यान्मारका कार्यवाहक राष्ट्रपति मिनआङ लाइङले पनिविजयदिवसमा सहभागीहुने निश्चितगरिसकेको उल्लेख छ। यो सूचीमाभारतकाप्रधानमन्त्री नरेन्द्र मोदीभने रहेका छैनन् ।

उनी सो सैन्य परेडमा सहभागी नभएपनि चीनको थ्यान्चिनमा शाङ्हाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुनेछन् । परेडमा १० हजारभन्दा बढी सैनिक सहभागी हुनेछन् ।

चीनको निमन्त्रणामा विभिन्न देशका संसद्का सभामुख, उपप्रधानमन्त्री तथा उच्चस्तरीय प्रतिनिधिहरू, अन्तर्राष्ट्रिय संगठनका प्रमुखहरू र पूर्व उच्च राजनीतिक व्यक्तित्वहरू पनि अघिल्लो दिन राजधानी बेइजिङ पुग्ने कार्यक्रम तय भएको हो ।

ओली बेइजिङ बाट पूर्व रहेको थिए न्चिनशहरमा आगामीआइतबार र सोमबार हुन लागेको सांघाई सहयोग संगठनको २५ औं शिखर सम्मेलनमा सहभागी हुन शनिबार प्रस्थान गर्दैछन् ।

उक्त सम्मेलनमा सांघाई संगठनका सदस्य राष्ट्र, पर्यवेक्षक र डाइलग पार्टनर मुलुकका सरकार प्रमुखतथा राष्ट्र प्रमुखहरु सहभागी हुँदैछन्।

प्रधानमन्त्रीओलीको चीन भ्रमणमा पत्नी राधिकाशाक्य, शिक्षामन्त्री रघुजी पन्त, पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, प्रधानमन्त्रीकाआर्थिक सल्लाहकार डा. युवराज खतिवडा, एमाले सांसद छविलाल विश्वकर्माका साथै उच्चपदस्थ सरकारी अधिकारीहरू सहभागीहुने छन् ।

भदौ १४ गते चीन प्रस्थानगर्ने ओली १६ गते संगठन शिखर सम्मेलनमा भाग लिनेछन् र सोहीदिन विभिन्न देशका नेतासँग भेटवार्ता गर्नेछन्।

१७गते बेइजिङमा चीनका उपराष्ट्रपति हानझेङसँग औपचारिक भेट वार्ता गर्न ओलीले समय निर्धारण गरेका छन् । भदौ १८ गते स्वदेश फर्किनेछन् ।

भर्खरको समाचार

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

सम्बन्धित खबरहरु

Scroll to Top