१२ भदौ , काठमाण्डौ ।

चीनको राजधानी बेजिंगको तियानआनमेन स्क्वायरमा आगामी साता विश्वले यस्तो दृश्य देख्नेछ, जसले जियो–पोलिटिक्सको पनि तस्वीर बदल्न सक्छ ।

चीनले ३ सेप्टेम्बरमा गर्न लागेको विशाल सैन्य परेडमा चिनियाँ राष्ट्रपति सी जिंगपिंगका साथै रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, इरानी राष्ट्रपति मसुद पेजेस्कियान, उत्तर कोरियाली सर्वोच्च नेता किमजोन उन सहित २३ देशका नेताहरु एकसाथ खडा हुनेछन् ।

विशेषगरी सी, पुटिन, पेजेस्कियनका साथमा किम पनि उभिएको दृश्य अद्भुत हुनेछ, जसले अमेरिकालाई चिन्तामा पनि पार्न सक्छ । यीमध्ये चीन, रूस र उत्तर कोरिया परमाणु सम्पन्न र इरान परमाणु बनाउन नजिक पुगेको राष्ट्रका रूपमा चिनिएको छ ।

तर अमेरिकाले इजरायल संगको युद्धका क्रममा इरानको परमाणु साइटहरु ध्वस्तपारेको पनि दाबी छ । तर इरानले थप शक्तिशाली मिसाइल बनाइसकेको, विभिन्न देशमा आफ्नो हतियार फ्याक्ट्री संचालमा रहेको र चाहेको खण्डमा निकट भविष्यमै परमाणु हतियार बनाउन सक्ने पनि बताएको छ ।

जे होस्, यो परेडमा शक्तिशाली नेताहरुको उपस्थिति वास्तवमै हेर्न लायक हुनेछ । यसमा चार चाँद लगाएका छन्, किमजोन उनले ।जसले चिनियाँ सीमा नजिकै आफ्नो परमाणु हतियार विकास गरिरहेका छन्, भने शक्तिशाली मिसाइलहरु लगातार परीक्षणका साथै अमेरिका, दक्षिण कोरिया र जापानलाई सिधा चेतावनीहरु पनि दिदै आएका छन् ।

अहिले तिनै किमचीन जान लागेको खबर सार्वजनिक भएपछि अमेरिकाको पनि कान ठाडो भएको छ । डोनाल्ड ट्रम्पले पनि किमसंग भेट्न चाहेको केही दिन अघि बताएका थिए । आज हामीउनै किमजोन उनले चढ्ने रेलका बारेमा चर्चा गर्दैछौं ।

उत्तर कोरियाका नेता किमजोङ्ग उनको विशेष बख्तरबन्द रेल गाडीमा बम र मिसाइलले कुनै असर गर्दैन। यो केवल रेलगाडी मात्र होइन, चलायमान कमाण्ड सेन्टर पनि हो।

यसलाई ‘ताययांगहो’ (अर्थातसूर्य) भनेर चिनिन्छ। यो विश्वकै सबैभन्दा अनौठो र सुरक्षित रेल लाइनहरू मध्ये एक हो। २० भन्दा बढी बख्तरबन्द डिब्बाहरू बाट बनेको यो रेलगाडी किमको सुरक्षा, आराम र राजशी जीवनशैलीलाई ध्यानमा राखेर डिजाइन गरिएको हो।

भर्खरै किमले रुसको भ्लादिभोस्तोक नजिकको आर्टयोम बाट आफ्नो यात्रा यही रेलगाडी बाट सुरु गरेका थिए, त्यसपछि नै यो रेलगाडी फेरि चर्चा मा आएको छ।

यस रेलगाडीमा २०–२५ वटा डिब्बा छन्, जसमा प्रत्येकको तौल सामान्य डिब्बाहरू भन्दा बढी छ, किनकि तिनीहरू बुलेटप्रूफ र बमरोधी सामग्रीबाट बनेका छन्।

रेलको गति ५०–६० किलोमिटर प्रति घण्टा सम्मको हुन्छ, किनकि बख्तरबन्द डिब्बा र अतिरिक्त सुरक्षा उपकरणहरूका कारण यसको तौल धेरै बढी छ।

प्योंगयाङ देखि भ्लादिभोस्तोक (६८० किलोमिटर) सम्मको यात्रामा यस रेलले करिब २०–२४ घण्टा लगाउँछ। रेलगाडीमा किमका लागि शानदार शयनकक्ष, बाथरुम, सम्मेलन कक्ष र एउटा व्यक्तिगत कार्यालय छ।

विशेष डिब्बामा रेस्टुराँ छ जहाँताजा लबस्टर, फ्रान्सेली मदिरा, र रूसी, चिनियाँ, कोरियाली, जापानी परिकारहरू पेश गरिन्छ। सेटेलाइट फोन, इन्टरनेट, र आधुनिक सञ्चार प्रणालीले यसलाई चलायमान कमाण्ड सेन्टर बनाएको छ ।

जसले गर्दा किमले यात्राको क्रममा पनि देशमा नजर राख्न सक्छन्।यस रेलको सुरक्षा व्यवस्था अभेद्य छ। यसको डिब्बाहरूमा हवाई आक्रमणबाट जोगाउन मिसाइल रक्षा प्रणाली र साना हतियारहरूको व्यवस्था छ।

यात्राअघि १०० भन्दा बढी सुरक्षाकर्मी रेल मार्ग, स्टेशनहरू र वरपरका क्षेत्रहरूको गहिरो निरीक्षण गर्छन्। रुस र उत्तर कोरियाका रेल ट्रयाकको चौडाइमा भिन्नताका कारण सिमानामा रेलगाडीका पाङ्ग्रा बदल्न धेरै घण्टा लाग्छ।

यस अवधिमा सुरक्षा कडा र कडाइ हुन्छ। किमजोङ्ग उनका हजुरबा किमइल–सुंग र बुवाकिम जोङ्ग–इलले पनि यस्तो बख्तरबन्द रेलगाडीको प्रयोग गर्थे, किनकि उनीहरू हवाई यात्राबाट डराउँथे।

किमजोङ्ग–इलसँग ६ यस्ता रेलगाडीहरू थिए, जस मध्ये एउटा किमजोङ्ग उसेँबाट वारिसमा प्राप्त भयो। किमको रेलगाडी यसको अनौठो डिजाइन र सुरक्षाका कारण फरक छ।

यो रेलगाडी मात्र किमको यात्रालाई सुरक्षित बनाउँदैन, तर उत्तर कोरियाको शक्तिपनि विश्वअगाडि प्रस्तुत गर्छ।

Scroll to Top