×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

आईफोन १७ सिरिजका केही मोडलमा सिमकार्ड लाग्दैन, के गर्ने ?

१७ भाद्र २०८२

१७ भदौ , काठमाण्डौ ।

आईफोन निर्माता कम्पनी एप्पलले यही सेप्टेम्बर ९ मा आफ्नो आईफोन १७ सिरिजका फोनहरू लन्च गर्ने घोषणा गरेको छ । कार्यक्रम क्यालिफोर्नियाको एप्पल पार्कमा नेपाली समयअनुसार राति १०ः४५ बजे हुनेछ । उक्त अवसरमा कम्पनीले चार फरक मोडलहरू प्रस्तुत गर्ने सम्भावना रहेको छ ।

Advertisement

जसमा आईफोन १७, आईफोन १७ एयर, आईफोन १७ प्रो र आईफोन १७प्रो म्याक्स लञ्च हुनेछन् । यी सिरिज विगतका भन्दा निक्कै फरक रहनेछन् । लन्च हुनु अघि, एक रिपोर्ट सार्वजनिक भएको छ । जसमा एप्पलले ई–सिम सपोर्टका साथ धेरै अन्तर्राष्ट्रिय बजारहरूमा आईफोन १७ सिरिज लन्च गर्ने योजना बनाएको दाबी गरिएको छ ।

म्याकरुमर्सको रिपोर्टका अनुसार, एप्पलले धेरै अन्तर्राष्ट्रिय बजारहरूमा केवल ई–सिम सपोर्टका साथ आईफोन १७ सिरिज लन्च गर्ने योजना बनाएको छ । यसको मतलब सायद यी फोनहरूमा भौतिक सिम कार्ड स्लट नहुन सक्छ । एप्पलले यसबाट फाइदा लिनेछ । कम्पनीले भौतिक सिम कार्ड स्लटहरू बनाउने पैसा बचत गर्नेछ ।

एप्पलले सन् २०२२ मा आईफोन १४ सिरिजको साथ अमेरिकामा फिजिकल सिम स्लट हटाउन थालेको थियो । यसपटक एप्पलले युरोपेली देशहरूमा मात्र ई–सिम सुविधा उपलब्ध गराउन सक्छ। एप्पलले आफ्ना रिटेल कर्मचारीहरूलाई ई–सिम सपोर्टको साथ आईफोन मोडेलहरूको लागि प्रशिक्षण लिन निर्देशनहरू जारी गरेको म्याकरुमर्सले आफ्नो रिपोर्टमा स्रोतलाई उद्धृत गर्दै जनाएको छ ।

फ्रान्स, जर्मनी, इटाली, स्पेन र नेदरल्यान्ड्स जस्ता युरोपेली देशहरूमा एप्पल अधिकृत खुद्रा बिक्रेताहरूका लागि यो प्रशिक्षण अनिवार्य गरिएको छ । कर्मचारीले सेप्टेम्बर ५ सम्ममा यो तालिम पूरा गर्नुपर्नेछ । जुन एप्पलको सिड एप मार्फत दिइँदैछ । कम्पनीले चालेको यस्तो ठूलो कदम एप्पलले ठूलो मात्रामा ई–सिम प्रविधि लागू गर्ने तयारी गरिरहेको सङ्केत हो ।

आईफोन १७ सिरिजको मूल्यमा पनि केही परिवर्तनहरू देख्न सकिने जनाइएको छ । रिपोर्टका अनुसार आईफोन १७ प्रोको सुरुवाती मूल्य लगभग १ हजार ४९ डलर हुनेछ । यस्तै आईफोन १७ प्रो म्याक्सको मूल्य १२४९ डलर हुन सक्छ ।

बढ्दो उत्पादन लागत र ट्यारिफका कारण मूल्यवृद्धि हुने सम्भावना रहेको जनाइएको छ । एप्पलको यो लञ्च इभेन्टमा नयाँ डिजाइनमा आईफोन देख्न सकिने जनाइएको छ । जसमा आईफोन एयर एकदमै स्लिम फोन हुनेछ, त्यसैले यसको नाम ‘एयर’राखिएको छ ।

यो फोनको डिस्प्ले ६.६ इन्च हुने जनाइएको छ । यसका साथै यसमा एप्पल आफैले बनाएको सीवान मोडेम समेत प्रयोग हुनेछ । तथापी यो फोनको पछिल्लो भागमा एउटा मात्रै क्यामेरा हुने जनाइएको छ । यो फोनले आईफोनको प्लस मोडलको स्थान लिनेछ ।

यसको अर्थ यसपटक आईफोन १७, आईफोन १७ प्रो रआईफोन १७ प्रो म्याक्स मात्रै देख्न सकिनेछ । आईफोन १७ प्रो मोडलमा कयौं ठूला र अत्यावश्यक सुधार देख्न सकिनेछ । सबैभन्दा पहिले त यी मोडलहरुमा पहिलेको भन्दा बलियो आल्मुनियम फ्रेमको प्रयोग गरिनेछ ।

यसपटक एप्पलले टाइटेनियमलाई बिदाई गर्न सक्छ । उच्च स्तरको आल्मुनियमको फ्रेमको प्रयोगले फोन धेरै टिकाउ र बलियो हुनेछ । यसका साथै पछिल्लो भागको क्यामेरा मोड्युलको डिजाइन पनि पूर्ण रुपमा परिवर्तन हुनेछ ।

सम्पूर्ण आईफोन १७ सिरिजमा एप्पलको नयाँ ए १९ र ए १९ प्रो प्रोसेसर चिप्स प्रयोग हुनेछ । जसले फोनको पर्फरमेन्सलाई चुस्त बनाउनेछ । सबैभन्दा खुसीको कुरा आईफोन १७ को सबै मोडलमा प्रोमोसन डिस्प्ले उपलब्ध हुनेछ ।

अहिलेसम्म भने यो फिचर्स प्रो मोडलमा मात्रै उपलब्ध हुँदै आएको थियो । यो फिचर अब बेसिक मोडलमा समेत उपलब्ध हुने जनाइएको छ । प्रो मोसन डिस्प्लेको अर्थ स्क्रिन १२० हर्जको रिफ्रेस रेटका साथ काम गर्नेछ ।

Advertisement

आईफोनको इभेन्टमा आईफोन १७ सिरिजका साथै एप्पल वाच सिरिज ११, एप्पल वाच अल्ट्रा थ्रि र एप्पल वाच एसई थ्रि लञ्च गरिनेछ । यस्तै एयरपड प्रो थ्रि पनि आउने सम्भावना रहेको छ ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top