×

NEPAL TIMES UPDATES

Playing
Balenले प्रधानमन्त्री भएर कुनै चमत्कार गर्नु पर्दैन|| Nepal Times
Mar 11, 2026
Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026

अष्ट्रेलियाका २० शहरमा भारतीयविरुद्ध किन आन्दोलन छेडियो ?

१७ भाद्र २०८२

१७ भदौ , काठमाण्डौ ।

अष्ट्रेलियामा भारतीय मूलका मानिसहरू अष्ट्रेलियनको निशानामा परेका छन् । भारतीयविरुद्ध देशभर विशाल विरोध प्रदर्शन भएकोछ । आइतबारमात्रै हजारौं अष्ट्रेलियालीहरूले देशका २० शहरमा ठूलो संख्यामा आप्रवासनको विरोधमा मार्च निकालेका छन् ।

यस मार्चमा विशेष गरी भारतीय मूलका मानिसहरू अष्ट्रेलियालीहरूको निशानामा परेका छन्। यस्तो अवस्थामा यी विरोध प्रदर्शनका पछाडि को छन् र उनीहरूले भारतीयहरूको विरोध किन गरिरहेका छन् भन्ने प्रश्न उठिरहेको छ । वास्तवमा यसको कारण अष्ट्रेलियामा बढ्दो बेरोजगारी र घरको संकटलाई मानिएको छ ।

अष्ट्रेलियामा धेरैजसो जनसंख्या आप्रवासीहरूको छ। बेलायतपछि भारतमा जन्मेका मानिसहरू अष्ट्रेलियामा दोस्रो सबैभन्दा ठूलो प्रवासी समूह हुन्। जुन २०२३ सम्ममा अष्ट्रेलियामा ८.४ लाख भारतीय मूलका निवासी थिए। २०२४ मा अष्ट्रेलियाको जनसंख्यामा उनीहरूको कुल संख्या केवल ३.२ प्रतिशत थियो।

यस्तो अवस्थामा बढ्दो महँगी, घरको संकट र बेरोजगारीको मार झेलिरहेका अष्ट्रेलियाली मानिसहरूको निशानामा भारतीयहरू परिरहेका छन्। सन् २००० पछि अष्ट्रेलियामा भारतीयहरूको आप्रवासन लगातार बढिरहेको छ।

अध्यागमन विभागका पूर्व उपसचिव अबुल रिज्वी र अष्ट्रेलियाली राष्ट्रिय विश्वविद्यालयका प्राध्यापक एलान ग्याम्लेनले आवास र पूर्वाधारमा पर्ने प्रभावबारे विचार गर्दा प्रदर्शनकारीहरूले उठाएका केही चिन्ताहरूमध्ये सबैभन्दा सान्दर्भिक संख्या खुद विदेशी बसाईंसराइलाई मानेका छन् ।

संघीय सरकारको तथ्यांक अनुसार ३१ डिसेम्बर २०२४ सम्मको १२ महिनामा खुद विदेशी बसाईसराईको संखया ३ लाख ४१ हजार व्यक्ति थियो । यो सन् २०२२–२३ माको तुलनामा ३७% कम हो। सन् २०१६ को मध्यदेखि २०२० को सुरुसम्म यो संख्या प्रति वर्ष २ लाख ६ हजारदेखि २ लाख ६३ हजारको आसपास रहेको थियो।

तर कोभिड सीमा बन्दका कारण एक वर्षमा अष्ट्रेलियामा आएका भन्दा ९५ हजार बढी मानिसहरू बाहिरिएका थिए। तर २०२१ र २०२२ मा कोभिड प्रतिबन्धहरू खुकुलो भएपछि यो संख्या ४ लाख ३३ हजारसम्म पुगेको थियो ।

विरोध ¥याली आयोजकहरूले वितरण गरेको जानकारी अनुसार मार्चले “सामूहिक आप्रवासनको अन्त्य“ खोजेको थियो। केही सामग्रीहरूमा अष्ट्रेलियामा आप्रवासन कीर्तिमानी उच्च स्तरमा रहेको दाबी गरिएको थियो। अनलाइनमा फैलिएको एउटा दाबी थियो कि अष्ट्रेलियामा हरेक दिन १,५०० नयाँ विदेशी आगमनहरू भइरहेका छन्।

त्यो दाबी केही रूढिवादी सञ्चार माध्यमहरूले अगाडि बढाएका थिए र ¥यालीका केही समर्थकहरूमा अनलाइनमा यसले समर्थन पाएको द गार्डियनले उल्लेख गरेकोछ । सोमबार संसदमा प्रधानमन्त्री एन्थोनी अल्बानीजले ३७% को कमीलाई उल्लेख गरेका थिए भने अघिल्लो दिनको विरोध र्यालीमा सम्बोधन गरेका सांसद बब क्याटर हरेक वर्ष विदेशबाट ४ लाख मानिसहरू अष्ट्रेलिया भित्रिने दाबी गरेका थिए ।

अल्बानीजले क्याटरको दाबी अस्वीकार गर्दै आफूलाई तिनीहरूको आधार के हो भन्ने कुरा थाहा नभएको बताएका थिए । अल्बानीजले भनेका छन् “आधुनिक अष्ट्रेलियामा विविधता एक शक्ति हो,“ आप्रवासनले “यहाँको डायस्पोरा र ग्रहका हरेक देशसँगको उनीहरूको सम्बन्धका कारण अविश्वसनीय आर्थिक अवसर“ प्रस्तुत गर्दछ।

अष्ट्रेलियाका सत्तारूढ र विपक्षी अष्ट्रेलियाली राजनीतिज्ञहरूले भारतीय समुदायको सकारात्मक योगदानलाई स्वीकार गर्छन्। यसको विपरीत, श्वेत वर्चस्ववादी र केही दक्षिणपन्थी समूहहरूलाई लाग्छ कि ईसाई धर्म बाहेक अन्य धर्म र रंगका मानिसहरू यहाँ बस्नु हुँदैन।

यस्तै संगठनहरूले भारतीयहरूको विरोधमा ¥यालीहरू निकालिरहेका छन्। अष्ट्रेलियामा ’मार्च फर अष्ट्रेलिया’ का आयोजकहरूले आफ्नो पर्चामा भारतीयहरूलाई विशेष रूपमा चिन्हित गरेका छन्। यसमा लेखिएको छ कि ५ वर्षमा भारतीयहरूको संख्या १०० वर्षमा आएका युनानीहरू र इटलीवासीहरू भन्दा बढी छ।

धेरै मानिसहरूको विश्वास छ कि भारतीय मूलका मानिसहरू लिबरल पार्टीको समर्थन गर्छन् र भविष्यका चुनावी नतिजाहरूलाई प्रभावित गर्न सक्छन्। प्रधानमन्त्री एन्थोनी अल्बानीजको वामपन्थी अष्ट्रेलियाली सरकारले विरोध प्रदर्शनका आयोजकहरू नव–नाजी तत्वहरूसँग सम्बन्धित रहेको बताएको छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको एक वर्गले पनि यो दर्शाएको छ कि विरोध प्रदर्शनको समर्थन गर्ने मानिसहरू स्त्री–द्वेषी, श्वेत वर्चस्ववादी, जलवायु परिवर्तनबाट इन्कार गर्ने, ट्रम्प समर्थक, गर्भपात–विरोधी छन्। यस प्रदर्शनमा नव–नाजी समूह नेशनल सोशलिस्ट नेटवर्क (एनएसएन) का सदस्यहरू सहभागी भएको न्युज अष्ट्रेलियाले जनाएको छ ।

अष्ट्रेलियामा पछिल्लो समय आप्रवासीलाई मात्रै नभई त्याहा नागरिकहरुलाई समेत बेरोजगार बनिरहेका छन् । जुलाई २०२५ को तथ्याङ अनुशार अष्ट्रेलियामा ४ दशमलव २ प्रतिशत बेरोजगारी रहेको छ ।

भर्खरको समाचार

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

सम्बन्धित खबरहरु

Scroll to Top