×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || Mar-16-2026 || Nepal Times
Mar 16, 2026
Playing
Drone आ क्र मणले दुबई एयरपोर्ट बन्द, कुवेतका नेपालीले साउदी हुँदै फर्किनु पर्ने || Nepal Times
Mar 16, 2026
Playing
‘होर्मुज स्ट्रेट’मा यु*द्धपोत पठाउन ट्रम्पको अपिलमा Chinaले के भन्यो ?|| Nepal Times
Mar 16, 2026
Playing
जेनजी आन्दो लनको बुझाइः मूल कारण, वास्तविकताको प्रतिवेदन सार्वजनिक|| Nepal Times
Mar 16, 2026
Playing
रविविरुद्धको मु द्दा फिर्ताबारे आजआदेश आउने|| Nepal Times
Mar 16, 2026
Playing
पेट्रोल–डिजेलमा भारी मूल्य वृद्धि, प्रतिलिटर कति पुग्यो ?|| Nepal Times
Mar 16, 2026
Playing
प्रधानमन्त्री सुशीलाले जेजे मागिन् त्यही पुग्यो, नपुग्दो केही छैन्|| Nepal Times
Mar 16, 2026
Playing
रास्वपाको एक सिट थपिने संभावना तत्काललाई टर्याे|| Nepal Times
Mar 15, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-01-2082 || Nepal Times
Mar 15, 2026
Playing
रविमाथिको मुद्दा अभियोगपत्र फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’ मा|| Nepal Times
Mar 15, 2026
Playing
Iran war 10 Updates,इरानको टापु ध्व स्त, नेतन्याहुलाई खोजेर मा र्ने || Nepal Times
Mar 15, 2026
Playing
रूस पुगे मोज्तबा खामेनी, Putinले गरे उद्यार, नेतन्याहुको ज्या नलाई ख तरा || Nepal Times
Mar 15, 2026
Playing
पदका लागि कोही पनि घरघर नधाउनुहोलाः रवि लामिछाने || Nepal Times
Mar 15, 2026
Playing
पूर्वबाट उदाएको हर्कवाद || Nepal Times
Mar 15, 2026
Playing
World News: अमेरिकीलाई मध्यपूर्व छाड्न सूचना, हर्मुजमा यो*द्धपोत पठाउन Trumpको अपिल || Nepal Times
Mar 15, 2026
Playing
कार्की आयोगको प्रतिवेदनबारे आज निर्णय ? मन्त्रिपरिषद् बैठक बस्दै || Nepal Times
Mar 15, 2026
Playing
इरानले ज्या नको बदला ज्या न लि ने, Netanyahu लाई मा र्ने ध म्की, कहाँ छन् ‘Bibi’? || Nepal Times
Mar 15, 2026
Playing
Iranले खार्गको बदला लिने, मोज्तावाको सूचना दिनेलाई १ करोड डलर पुरस्कार|| Nepal Times
Mar 15, 2026
Playing
मोज्ताबा जिवित कि मृत ?अमेरिकालाई स्विट्जरल्यान्डले हवाईक्षेत्र नदिने || Nepal Times
Mar 15, 2026
Playing
काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल टाइम्सकी पत्रकार संचिताश्रेष्ठ सम्मानित, मन्त्री दिए प्रशंसापत्र
Mar 15, 2026
Playing
Top 15 Afternoon News || Mar-15-2026 || Nepal Times
Mar 15, 2026
Playing
रास्वपाका समानुपातिक सांसद आज फाइनल, मन्त्री बालेनले रोज्ने ? || Nepal Times
Mar 15, 2026
Playing
भारतका दुई जहाज होर्मुज स्ट्रेट पार गर्न सफल || Nepal Times
Mar 15, 2026
Playing
यु द्धको अन्त्य अब Tehranको हातमाः राख्यो २ सर्त || Nepal Times
Mar 15, 2026
Playing
एमाले नेतृत्वले कारबाही गर्ने आधार छैन्, अब रिसेट गर्नैपर्ने || Nepal Times
Mar 15, 2026

ओली, देउवा र प्रचण्डको क्रेज शेयर बजारझैँ ओरालो

१७ भाद्र २०८२

१७ भदौ , काठमाण्डौ ।

नेपाली राजनीतिमा दशकौँसम्म शीर्ष नेताहरूको दबदबा रह्यो। उनीहरू पार्टीभित्र मात्र होइन, आम जनमानसमा पनि “निर्णायक” र “अपरिहार्य” पात्रका रूपमा स्थापित थिए। शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईजस्ता नेताको नाम राजनीतिक स्थायित्व, आन्दोलन र सत्ताको निर्णायक धुरीसँग गाँसिएको थियो।

Advertisement

तर पछिल्लो समय, यिनै नेताहरूको लोकप्रियता शेयर बजारको झरेको मूल्यझैँ घटिरहेको देखिन्छ । प्रश्न उठ्छ—किन घट्दै छ शीर्ष नेताहरूको क्रेज? अर्को तिर छोटो समयमा पार्टी खोलेर लोकप्रियता कमाएका रास्वपाका सभापति रवि लामिछाने देखि स्वतन्त्र उम्मेदवारी दिएर जितेका बालेन शाह मात्र हैन धरानका मेयर हर्क साम्पाङ देखि धनगढीका स्वतन्त्र मेयर गोपाल हमाल सम्मको क्रेज दिन प्रतिदिन उकालोलागि रहेको छ ।

एकातिर निकै लामो इतिहास अनि त्याग र व्यवस्थाका लागि नै जेल जीवन बिताएका नेताहरूको लामो सुची छ । फुल्दै गएको केश चाउरिएको अनुहार बुढ्यौली शरीरले पनि थेग्न नसक्ने कुर्सीको लालचा ती त्यागी नेताहरूमा अझै मरिसकेको छैन ।

अर्का तिर तिनै बुढा नेताहरूले ल्याएको व्यवस्थाको सदुपयोग गर्दै उदाएका नयाँ अनि युवा नेताहरूको सुची पनि निकै लामै छ । चाहे त्यो पार्टीको नाममा होस या स्वतन्त्रका नाममा होस उनीहरूको क्रेजले सडक देखि सामाजिक सञ्जालहरूसम्म छपक्कै ढाकिने गर्छन् ।

देशमा धेरै व्यवस्था परिर्वतन भए पनि जनताको अवस्था परिवर्तन नभएको भन्दै जनतामा तीव्र असन्तुष्टि चुलिरहेका बेला नेताहरू प्रतिको वितृष्णालाई क्यास गर्दै अघि बढेका युवा नेताहरूको यात्रा कहाँसम्म पुग्ने हो त्यो त अहिले नै अनुमान गर्दा अलि छिटो हुन्छ होला ।

पुराना पार्टी भित्रका नयाँ नेताहरू नेतृत्वमा आउन नसकेपछि जनता नयाँ पार्टी र युवा पंक्ति तर्फ आकर्षित भएका हुन भन्ने कुरामा सत्यता देखिन्छ । चाहे जे होस यति बेला नेपाली राजनीतिमा जनताको मुक्तिका लागि लडेका पुराना नेताहरूको क्रेज शेयर बजारको वियरिस ट्रेन्ड जस्तै ओरालो लागि रहेको छ भने नयाँ र युवा नेताहरूको क्रेज शेयर बजारको बुलिस ट्रेन्डजस्तै चुलिँदो छ।

यसको उदाहरण केही दिन अघि मात्र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले एक कार्यक्रममा बोल्दै आफ्नो राप र ताप हिजोको जस्तो नरहेको गुनासो पोखे । उनले भने, ‘’हिजो जनयुद्ध गरेर शान्ति प्रक्रियामा आउँदा सङ्गठन त त्यति ठुलो होइन । तर राप थियो, ताप थियो, वाइसिएल थियो, सेना थियो। क्यान्टेनमेन्ट भए पनि बन्दुक नै थियो । म चुनावमा भोट हाल्न जाँदा जनमुक्ति सेनाका दुई वटा गाडी अघिपछि राखेर भोट हाल्न जाने त्यो बेलाको प्रचण्ड भनेपछि मान्छेले कस्तो बुझ्थ्यो भन्नुस् त । अहिले त …..छैन,’ उनले भने। उनले आफूहरू फेरी आन्दोलनमा जाने हो । बरु अब एक पटक फेरि जेल, नेल, यातना खान पनि तयार हुने अब । नत्र सजिलै माथिबाट नियम बनाइदिने नेताहरूले, सदनबाट बल गरेर दलित ऐन बनाइदिने, प्राधिकरण बनाइदिने अनि मुक्ति पाइन्छ भन्न थालियो भने अधिकार पाइँदैन । हामीलाई शक्ति चाहिन्छ,’ अनि मात्र सान पाइन्छ सम्म भन्न भ्याए ।

यसले के पुष्टि हुन्छ भने हिजोका नेताहरूका अचेल सान र मान दुवै गुमेको छ । त्यसको अनुभव प्रचण्डले सुनाइसकेका छन् । देशको सबै भन्दा पुरानो र ठुलो दलका सभापति जो पाँच पटक यो देशको प्रधानमन्त्री भई सके अव छैटौँ पटक प्रधानमन्त्री बन्नका लागि बिरालोले मुसोको दुलो कुरे झैँ कुरेर बसेका छन् ।

उनको सान मान र क्रेज सामाजिक रूपमा पटकै छैन । पार्टी भित्र एक छत्र राज छ तर जनता तिर हे¥यो भने निराशा मात्र छ । उनी माथि सरकारमा रहँदा भ्रष्टाचारका काण्डै काण्ड मच्चाएको, श्रीमतीलाई जबरजस्ती पार्टीमा मात्र हैन मन्त्री सम्म बनाएको, पाँच पटक प्रधानमन्त्री बन्दा समेत देशलाई सही दिशा दिन नसकेको र पार्टी भित्र चरम गुटबन्दी बनाएको लगायतका दजनौं आरोपहरू छन् ।

तर उनी अहिले पनि यी सब कुरा सुन्न तयार छैनन् । उनलाई केवल आफू कसरी प्रधानमन्त्री बन्ने श्रीमतीलाई कसरी मन्त्रीमा टिकाइ रहने अनि आउने काँग्रेसको १५ औँ महाधिवेशनमा कसरी आफ्नो पकड राख्ने सम्मको चिन्तामात्रै देखिन्छन् । त्यसैले उनी प्रति जनताको रुचि पटक्कै छैन भने सामाजिक सञ्जालमा गाली खाने प्रमुख नेताहरू भित्र आउँछन् शेरबहादुर देउवा ।

कुनै वेला यो देशमा एकलौटी क्रेज बटुलेर जनता माझ राष्ट्रवादी नेताका रूपमा स्थापित नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली यति बेला सबै भन्दा बढी आलोचित नेताका रूपमा चिनिन्छन् । सामाजिक सञ्जाल होस या चिया पसल ओलीको विरोध नगर्ने मान्छे विरलै भेटिन्छन् ।

चाहिने भन्दा बढी कुरा गर्ने भ्रष्टचारीहरुको संरक्षण गर्नेदेखि पार्टीलाई ओली कम्पनीका रूपमा लगेको सम्म आरोप उनी माथि छन् । चार पटक प्रधानमन्त्री भईसकेका ओलीले पनि जनताको समृद्धिका लागि न त कुनै ठोस योजना ल्याएका छन् न त कुनै भिजन र अडान नै देखिन्छ । रेल,पानी जहाज सबै हावामा नै उडिरहेका छन् ।

झन्डै दुई तिहाइ नजिक रहेको नेकपा विभाजनदेखि सत्ताका लागि जस्तो सुकै हर्कत गर्न सक्ने नेताका रूपमा समेत ओलीलाई हेर्ने गरिएको छ।१४ वर्ष कठोर कारावास जीवन बिताएर नेपाली राजनीतिको शिखर चुम्न सफल भएका ओली नेकपा (एमाले) को अध्यक्ष र देशको चार पटक यो देशको प्रधानमन्त्री बन्न सफल त भए तर जनता माझ राज नेताका रूपमा स्थापित हुनु पर्नेमा अहिले सबै भन्दा बढी आलोचित पात्र बनेका छन् ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानको नेतृत्वकर्ताका रूपमा आफूलाई प्रस्तुत गर्न रुचाउने ओलीले प्रधानमन्त्री भएका बेला चाही यो मुद्दालाई चटकै भुल्ने गरेका छन् । उनको योगदान अतुलनीय रहे पनि कुनै बेला सबैका बा बन्न सफल बनेका ओली अहिले सबै भन्दा बढी आलोचित छन् ।

उनी फेरी पार्टी विधानलाई परिवर्तन गरेर भए पनि जबरजस्ती तेस्रो पटक पार्टीको अध्यक्ष बन्ने दौडमा छन् । उनीमाथि धेरै भ्रष्चारलाई प्रशय दिएको नेपालका कम्युनिस्ट हरुलाई एक हुन नदिएको लगायतका आरोप छन् ।

यस्तै अर्का नेता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट पनि मुलुक र जनताले धेरै आशा गरेका थिए । तर उनको द्वध चरित्र, पद लोलुपता, परिवारवाद लगायतका कारण उनी पनि राजनेता भन्दा पनि अन्य नेताहरूको तहमा आलोचित हुन पुगेका छन् ।

पञ्चायत विरोधी आन्दोलनमा २०३८ सालमै भूमिगत भएका प्रचण्ड एकै पटक २०६३ साल असार २ गते बालुवाटारमा सार्वजनिक भए। २०४६ सालमा नेकपा मशालको प्रमुख भए यता प्रचण्ड निरन्तर पार्टीको नेतृत्वमा छन्।

यहाँसम्म आइपुग्दा उनले पार्टीको नाम पनि ६ पटक परिवर्तन गरिसकेका छन्। तर उनले प्रमुख पद भने छोडेका छैनन् । प्रचण्ड तिन पटक यो देशको प्रधानमन्त्री बनी सकेका छन् । देशमा सङ्घीय गणतन्त्र ल्याउनका लागि महत्त्वपूर्ण योगदान पु¥याएका प्रचण्डले देशको काँचुली फेर्ने आशा आम नेपालीले गरेका थिए ।

तर उनी पनि अन्य दलका नेता जस्तै अवसरवादी पदलोलुप, गुटबन्दीमा रमाउने भ्रष्टाचार जालोमा रुमलिएका मात्र नभई परिवारवादका खलनायक भएर निस्केकै कारण आलोचनाको केन्द्रमा छन् । पुराना नेताहरूको आलोचनमा हुनुमा धेरै कारण छन् ।

पहिलो कारण, समय र परिस्थितिको परिवर्तन हो। एक समय जनताले आन्दोलनकारी नेतालाई मुक्तिदाताको रूपमा हेर्थे। तर, अब जनता परिणाम र सुशासन खोजिरहेका छन्। दशकौँदेखि सत्तामा रहेर पनि ती नेताहरूले मुलुकलाई सुशासन, रोजगारी र स्थिरता दिन नसकेको गुनासो बढ्दो छ।

दोस्रो, नयाँ पुस्ताको चुनौती पनि महत्त्वपूर्ण कारण हो। समसामयिक मुद्दामा तत्काल प्रतिक्रिया दिने, सामाजिक सञ्जालमार्फत सीधा सम्पर्क गर्ने र नयाँ शैलीमा राजनीति गर्ने नेताहरूको उदयसँगै पुराना नेताहरूको भाषण शैली, सोच र कार्यशैली पुरानो देखिन थालेको छ।

यसले युवापुस्तामा नयाँ विकल्प खोज्ने इच्छा बलियो बनाइदिएको छ। तेस्रो, आन्तरिक गुटबन्दी र व्यक्तिगत स्वार्थले शीर्ष नेताहरूको छवि कमजोर बनाएको छ। पार्टीलाई विचारका आधारमा होइन, व्यक्तिगत स्वार्थ र कुर्सीमा सीमित गर्ने प्रवृत्तिले नेताहरूलाई जनताबाट टाढा पु¥याएको छ।

चौथो, विश्वसनीयताको सङ्कट नै अहिलेको मूल कारण हो। पटक–पटक सत्तामा पुगेका नेताहरूले प्रतिवद्धता जनाए गरेजस्तो विकास नगरेको, भ्रष्टाचार नियन्त्रणमा असफल भएको र मुलुकलाई स्थिरता नदिएको जनगुनासो छ। वाचा र व्यवहार बिचको फरकले जनताको विश्वास खोसिँदै गएको छ।

अब, नेताहरूका लागि सच्चिने कि सक्किने भन्ने दिन आइसकेको छ । उनीहरुका लागि यो गम्भीर चेतावनी हो। लोकप्रियता घट्नु केवल व्यक्तिगत बेइज्जती मात्र होइन, लोकतान्त्रिक प्रणालीमै प्रश्न उठाउने विषय पनि हो। यदि शीर्ष नेताहरूले समयमै आफ्नो शैली परिमार्जन गरेनन् भने जनताले विकल्प खोज्न ढिलाइ गर्ने छैनन्।

राजनीतिक नेतृत्व केवल इतिहासमा नाम राख्नका लागि होइन, भविष्यलाई दिशानिर्देश गर्नका लागि हो। पुराना नेताहरूले आफ्नो क्रेज घट्दो अवस्थामा आत्ममन्थन गरेर नयाँ पुस्तासँग सहकार्य गर्न सके, अझै जनताको मन जित्ने सम्भावना बाँकी छ। नभए, इतिहासले उनीहरूलाई पुराना पानामा सीमित गर्नेछ।

भर्खरको समाचार

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

होर्मुजमा नेटो उतार्दै ट्रम्प,शक्तिराष्ट्रलाई युद्धमा नहोमिन इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, ग्यासमा कति ?

petrol-pump-india_AFP

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

सम्बन्धित खबरहरु

Scroll to Top