×

NEPAL TIMES UPDATES

Playing
रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन || Nepal Times
Apr 23, 2026
Playing
Iran यु द्धमा Trumpको शक्ति घटाउने विधेयक पाँचौँ पटक अस्वीकृत || Nepal Times
Apr 23, 2026
Playing
शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने || Nepal Times
Apr 23, 2026
Playing
चीनले इरानलाई पठाएको ’उपहार’ ट्रम्पले खोसे || Nepal Times
Apr 23, 2026
Playing
नेता र कर्मचारीको सम्पत्ति कसरी छानविन हुन्छ ? को को तान्निछन् ?|| Nepal Times
Apr 23, 2026
Playing
को हुन् दीपक भट्ट ? ओलीले हुक्र्याए सुधन गुरूङले पद गुमाए || Nepal Times
Apr 23, 2026
Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026

चिनियाँ परेड हेरेर फर्कदैँ ओली, सी–पुटिन–किम पहिलोपटक सँगै देखिए

१८ भाद्र २०८२

१८ भदौ , काठमाण्डौ ।

चीनले दोस्रो विश्वयुद्धमा जापानलाई हराएको ८०औँ वर्षगाँठको अवसरमा बेइजिङमा आज सैन्य परेड सम्पन्न गरेको छ । विश्वलाई आफ्नो सैन्य शक्ति देखाउने गरी आयोजना गरिएको यस परेडमा २६ देशका राष्ट्र प्रमुखहरू सहभागी भए ।

Advertisement
Advertisement

जापानविरुद्धको यस परेडमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीदेखि रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाका सर्वोच्च नेता किम जोंग उनसम्म सहभागी भए । थियानजिनमा एससीओ शिखर सम्मेलन समापनपछि राजधानी बेइजिङ पुगेका प्रधानमन्त्री ओली पूर्वनिर्धारित कार्यतालिका अनुसार बेइजिङको परेडमा सहभागी भएका हुन् ।

प्रधानमन्त्री ओली पाँचदिने चीन भ्रमण सकेर आजै नेपाल फर्किँदै छन् । चिनियाँ राष्ट्रपति सी जिंगपिङको मैत्रीपूर्ण निमन्त्रणामा सांघाई सहयोग संगठनको शिखर सम्मेलनमा भाग लिन १४ भदौमा चीन गएका थिए । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सीसँग थियानजिनमा भेटवार्ता गरेका थिए ।

यस्तै चिनियाँ उपराष्ट्रपति हान झेङसँग मंगलबार बेइजिङमा भेटवार्ता गरेका थिए । प्रधानमन्त्री ओलीले एससिओ शिखर सम्मेलनलाई सम्बोधन गर्दै बहुपक्षतामा जोड दिएका थिए । शिखर सम्मेलनमा सहभागी हुने क्रममा प्रधानमन्त्री ओलीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन लगायत विश्वका नेताहरूसँग भेटवार्ता गरेका थिए ।

करिब २५ मिनेट भएको यो भेटमा प्रधानमन्त्री ओली र राष्ट्रपति पुटिनले एकअर्कालाई भ्रमणको निम्तो दिएका थिए । प्रधानमन्त्री ओलीले मालदिभ्सका राष्ट्रपति तथा कम्बोडिया, लाओस, भियतनामका प्रधानमन्त्रीसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

आज सम्पन्न ‘भिक्ट्री–डे’को अवसरमा आयोजित कार्यक्रममा चिनियाँ सेनाले अत्याधुनिक मिसाइल, हवाई प्रतिरक्षा प्रणाली, बम वर्षक लडाकु विमान र ट्यांकसहितका हातहतियार प्रदर्शन गर्यो । बेइजिङको आकासमा १४ रंग छर्दै जे–१० एरोबेटिक्स विमानले एयर सो प्रदर्शन गरेका थिए ।

तियानमेन स्क्वायरमा सेनाको टोलीले परेड प्रदर्शन गरेको थियो । साथै ८० हजार सेता परेवा समेत आकाशमा उडाइएको थियो । औपचारिक समारोह सकिएपछि चिनियाँ राष्ट्रपति सी चिनफिङले दिवाभोज आयोजना गरेका छन् ।

दिवाभोजमा सरिक भएपछि प्रधानमन्त्री ओली आजै काठमाडौंका लागि प्रस्थान गर्दैछन् । राष्ट्रपति सीले देशको विजय दिवस परेडमा चीन कहिल्यै कुनै पनि धम्कीसँग नडराएको बताएका छन् । ‘कमरेड तथा साथीहरू, हामी चीनको विजयको ८०औँ वार्षिकोत्सव मनाउन भेला भएका छौँ’, सीले भाषणको सुरुवातमा भने ।

उनले चिनियाँ जनतालाई इतिहास सम्झन र जापानविरुद्ध लडेका दिग्गजहरूलाई सम्मान गर्न आग्रह गरे । ‘इतिहासले हामीलाई चेतावनी दिन्छ– मानवता सँगै उठ्छ र पतन हुन्छ । चीन कहिल्यै पनि कुनै पनि धम्की दिने व्यक्तिसँग डराएको छैन र सधैँ अगाडि बढेको छ’, सीले भने ।

उनले भने, ‘नयाँ यात्रा, नयाँ युग हो।’ परेडअघि सी, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उन सँगै देखिएका थिए । यी तीन नेता सार्वजनिक रूपमा सँगै देखापरेको पहिलोपटक हो । सँगै इरानी राष्ट्रपति मसउद पेजेश्कियन पनि थिए ।

चिनियाँ परेड हेर्न उत्तर कोरियाली नेता किम जोङ उन छोरी किम जु एसहित चीनको राजधानी बेइजिङ पुगेका हुन् । यो किमको पहिलो बहुपक्षीय बैठक हो । दक्षिण कोरियाको गुप्तचर संस्था (एनआईएस) ले किम जु एलाई किम जोङ उनको सम्भावित उत्तराधिकारी मान्दै आएको छ ।

उनी २०२२ नोभेम्बरमा पहिलो पटक सार्वजनिक रूपमा देखिएकी थिइन् र त्यसयता प्रायः हरेक महत्त्वपूर्ण कार्यक्रममा बुबासँगै देखिएकी छिन् । उनको उमेरबारे निश्चित जानकारी छैन, तर एनआईएसले उनी करिब १० वर्षकी भएको अनुमान गरेको छ ।

उत्तर कोरियाको सरकारी मिडिया केसीएनएका अनुसार, किमलाई बेइजिङ स्टेसनमा चिनियाँ कम्युनिस्ट पार्टीका उच्च पदाधिकारीहरू, जसमा विदेशमन्त्री वाङ यी पनि थिए, ले स्वागत गरेका थिए । यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने बेइजिङमा आज भएको सैन्य परेडलाई अमेरिकाविरुद्धको षड्यन्त्र भनेका छन् ।

युक्रेनमा युद्ध अन्त्य गर्नका लागि ट्रम्पले रूसी राष्ट्रपति पुटिनलाई अगस्ट १५ मा आफ्नै भूमिमा बोलाएर छलफल गरेका थिए । तर अहिलेसम्म युद्धविराम हुन सकेको छैन । युद्धविरामका लागि वार्ताको टेबलमा बस्नका लागि ट्रम्पले दिएको दुई साताको अल्टिमेटम सकिनै लागेको छ ।

उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न रूसलाई सेना र हतियार प्रदान गर्दै आएको छ । उत्तर कोरियासँग अमेरिकाको सम्बन्ध अगाडिदेखिनै राम्रो छैन । ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी सम्हालेलगत्तै अमेरिका र चीनबीचको व्यापार युद्ध उत्कर्षमा पुगेको थियो ।

इरानमा केही महिनाअघि इसराइलसँग मिलेर अमेरिकाले शक्तिशाली बम हमला गरेको थियो । तिक्ततापूर्ण सम्बन्ध रहेका चारै देशका नेताहरू बेइजिङ परेडमा काँधमा काँध मिलाएर सहभागी भएपछि ट्रम्पले त्यसलाई अमेरिकाविरुद्धको षड्यन्त्र भनेको सिएनएनले जनाएको छ ।

’राष्ट्रपति सी र चीनका अद्भुत जनतालाई दीर्घकालीन खुशीको दिन शुभकामना । कृपया अमेरिकाविरुद्ध षड्यन्त्र गर्दै गरेका पुटिन र किम जोङ–उनलाई पनि मेरो तर्फबाट अभिवादन पु¥याइदिनुहोस्,’ ट्रम्पले आफ्नो ट्रुथ सोसल अकाउन्टमा लेखेका छन् ।

चीनलाई स्वतन्त्र बनाउन अमेरिकाले ठूलो योगदान गरेको पनि ट्रम्पले ट्रुथ सोसल अकाउन्टमा लेखेका छन् । ’ठूलो प्रश्न भनेको राष्ट्रपति सीले अमेरिकाले दिएको सहयोग र त्यागलाई स्मरण गर्छन् कि गर्दैनन् भन्ने हो,’ ट्रम्पले भनेका छन् ।

यसअघि एससीओको शिखर सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि चीन पुगेका थिए । त्यहाँ उनले रूसी राष्ट्रपति पुटिन र चिनियाँ राष्ट्रपति सीसँग छुट्टाछुट्टै लामो छलफल गरेका थिए । सी, पुटिन र मोदी पनि काँधमा काँध मिलाएर हिँडेको दृश्यले अमेरिकामा तहल्का मच्चाएको थियो ।

पछिल्लो समय रूसी तेल किनेर भारतले युक्रेन युद्धमा रूसलाई सघाएको भनेर अमेरिकाले उसमाथि ५० प्रतिशत भन्सार दर लगाएको छ । चर्को भन्सार दर लगाए पनि अमेरिकालाई कुनै जवाफ नदिएर मोदीले अमेरिकाविरुद्ध चीन र रूससँग सम्बन्ध विस्तार गर्न खोजेको विश्लेषण छ ।

वाशिङ्टनका विश्लेषकहरूले ती राष्ट्रहरूले अमेरिकाविरुद्ध ध्रुवीकरण गरेको बताएका छन् । राष्ट्रपति ट्रम्प भने यसबारेमा चिन्तित नरहेको भनेर सिएनएनले लेखेको छ । मंगलबार बिहान ट्रम्पले स्कट जेनिङ्स शोमा दिएको अन्तर्वार्तामा कुनै पनि देशले अमेरिकामाथि आक्रमण गर्न नसक्ने बताएका छन् ।

’हामीसँग संसारकै सबैभन्दा शक्तिशाली सेना छ । उनीहरूले कहिल्यै पनि हामीमाथि आक्रमण गर्ने छैनन्। गरे त्यो उनीहरूको अन्तिम गल्ती हुनेछ,’ उनको भनाइ उद्धृत गर्दै सिएनएनले लेखेको छ । तर कतिपयले भने चीनको आजको सैन्य परेड एक प्रकारको शक्ति प्रदर्शनको रुपमा बुझेका छन् ।

चिनियाँहरूको भनाइमा सैन्य परेडले त्यो कठिन र ऐतिहासिक विजयलाई स्मरण गर्छ । द ग्लोबल टाइम्सले लेखेको छ,– यो केवल आगो र रगतका ती वर्षहरूको सम्झना मात्र होइन, बरु नयाँ युगको सन्दर्भमा विश्वलाई सन्देश पनि हो । शान्तिको लागि पूर्वीय शपथ र मानवजातिको साझा भविष्यको निर्माणप्रति गम्भीर प्रतिबद्धता पनि हो ।

चिनियाँहरूले विजय दिवसलाई इतिहासलाई सम्झने, शहीदहरूलाई सम्मान गर्ने, शान्तिको कदर गर्ने र राम्रो भविष्यको लागि प्रयास गर्ने चारवटा पक्षलाई जोड दिएका छन् । ग्लोबल टाइम्सको दाबीअनुसार यो सैन्य परेडले चीनका १.४ अर्बभन्दा बढी जनताको सामूहिक इच्छाशक्ति र विश्वभरका शान्तिप्रिय जनताको साझा अपेक्षालाई एकत्रित गर्छ ।

ग्लोबल टाइम्सले लेखेको छ– इतिहासलाई सम्झनु भनेको दोस्रो विश्व युद्धमा पूर्वी मोर्चाको मुख्य युद्ध क्षेत्रको रूपमा चीनको उपलब्धिको गम्भीर घोषणा र युद्धको सही ऐतिहासिक दृष्टिकोणको पुनः पुष्टि हो ।

केही समयदेखि, दोस्रो विश्व युद्धको इतिहास वर्णन गर्दा, जानाजानी वा अनजानमा चीनको मुख्य पूर्वी युद्ध क्षेत्रको रूपमा गरेको विशाल योगदानलाई कम आँक्ने वा बेवास्ता गर्ने आवाजहरू सुनिएका छन् । तर, इतिहासको सत्य मेट्न सकिँदैन ।

ग्लोबल टाइम्सको सम्पादकीयमा दाबी गरिएको छ,– आजको विश्व शान्तिपूर्ण छैन, आक्रमणको इतिहासलाई अस्वीकार गर्ने छाया अझै बाँकी छ र सैन्यवादलाई पुनर्जनन गर्ने नाटक बारम्बार मञ्चन हुन्छ । यो पृष्ठभूमिमा, शान्तिको रक्षा गर्न हाम्रो दृढता र क्षमता प्रदर्शन गर्नु इतिहासलाई उल्ट्याउन खोज्ने र युद्धपछिको व्यवस्थालाई चुनौती दिने सबै शक्तिहरूलाई चेतावनी हो ।

चिनियाँ जनताले आक्रमणका कार्यहरूलाई सुन्दर बनाउने कुनै पनि प्रयासलाई कहिल्यै स्वीकार गर्ने छैनन् न त ऐतिहासिक सहमति चुनौती दिने कार्यलाई चिनियाँ जनताले चीनको सार्वभौमिकता, सुरक्षा र विकास हितलाई हानी पु¥याउने कुनै पनि योजनालाई चुपचाप सहने छैनन् ।

साथै चिनियाँले विजय दिवसलाई राम्रो भविष्य निर्माणसँग पनि जोडेका छन् । ग्लोबल टाइम्सका अनुसार राम्रो भविष्यको लागि प्रयास गर्नु भनेको मानवजातिको साझा भविष्यको समुदाय निर्माणलाई प्रोत्साहन गर्ने चीनको महान् अभ्यास हो ।

उसले लेखेको छ,– मानवजातिको भाग्य एकअर्कासँग जोडिएको र नजिकबाट सम्बन्धित छ । पक्षपात र घृणा, शत्रुता र टकरावले नयाँ युद्ध र विपत्तिहरू मात्र निम्त्याउँछ । पारस्परिक सम्मान, समानता र लाभकारी सहकार्य नै अगाडि बढ्ने सही बाटो हो ।

Advertisement

मानवजातिको साझा भविष्यको समुदाय निर्माण गर्ने र चार विश्वव्यापी पहलहरू गर्ने चीनको प्रस्ताव यो ऐतिहासिक अनुभवको गहिरो सारांश र समयको जवाफ हो ।

भर्खरको समाचार

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top