×

NEPAL TIMES UPDATES

Playing
भारतको RSS र RAW माथि प्रतिबन्ध लगाउन Americaमा माग || Nepal Times
Mar 17, 2026
Playing
आज पनि हावाहुरी, ३ प्रदेशमा चट्याङसहित वर्षा, काठमाडौंमा चिसो|| Nepal Times
Mar 17, 2026
Playing
रविविरुद्धको मु द्दा फिर्ता लिन मिल्छ कि मिल्दैन ? फैसलाको प्रतिक्षा || Nepal Times
Mar 17, 2026
Playing
बजारमा अभाव देखाएर ग्यास गोदाममै लुकाइयो,शंका लागे ११३७ मा फोन गर्नु#gas #nepal #crisis
Mar 17, 2026
Playing
इराकमा २ नेपाली घा इते,१२०लाई होटलमा सारियो, बगदादमा US दूतावासमा फेरि ड्रोन हानि यो || Nepal Times
Mar 17, 2026
Playing
मित्र र श त्रु छुट्याउँदै इरान,सोध्यो तपाईहरु कसको पक्षमा ?होर्मुज खोल्न सर्त|| Nepal Times
Mar 17, 2026
Playing
मध्यरातमा पा कि स्तानले ब म बर्सायो, अस्पतालसमेत उ डाइदियो|| Nepal Times
Mar 17, 2026
Playing
विश्वको सबैभन्दा ठूलो ’विशेष बल अपरेशन’को अन्तिम तयारी || Nepal Times
Mar 16, 2026
Playing
विश्वलाई आगोको भुंग्रोमा हालेर रमाइलो गरिरहेका Trump|| Nepal Times
Mar 16, 2026
Playing
रविविरुद्ध दायर रिट ‘हेर्दाहेर्दै’मा, मंगलबार निरन्तर सुनुवाइ|| Nepal Times
Mar 16, 2026

‘क्यारिअर किलर’देखि ‘गुआम किलर’सम्मःचीनको नयाँ अस्त्र?

१८ भाद्र २०८२

१८ भदौ , काठमाण्डौ ।

नेपालीहरुले विहानी पखको तरखर गर्दै गर्दा चीनले विश्वलाई भव्य सैन्य परेड देखाइरहेको थियो । जहाँ राष्ट्रपति सी जिंगपिङले सम्बोधन गरे । र त्यसपछि चीनको विजय दिवस परेडमा चिनियाँ सैन्य शक्ति प्रदर्शन गरिएको थियो । यसलाई चिनियाँ साथै अन्तर्राष्ट्रिय मिडियाहरुले प्रत्यक्ष प्रशारण गरेका थिए ।

Advertisement

यसमा आणविक क्षमता भएका अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्रहरू पनि समावेश छन् । यस परेडमा बीबीसीकी एसिया डिजिटल रिपोर्टर टेसा वोङ भन्दै थिइन्, ’म रक्षा विज्ञ अलेक्ज्याण्डर नीलसँग बसिरहेको छु ।

अहिलेसम्म उनीहरूले छोटो देखि मध्यम दूरीका विभिन्न प्रकारका मिसाइलहरू, बहु प्रक्षेपण रकेट प्रणालीहरू र मानवरहित लडाई हवाई सवारी साधनहरू जसलाई स्टेल्थ ड्रोन पनि भनिन्छ पहिचान गरेका छन्,’ उनी भन्छिन्, ’हामीले हाइपरसोनिक ग्लाइड भेहिकल, वाइजे–२१ एन्टी–शिप क्रूज मिसाइल, र जेएल–३ पनडुब्बी–प्रक्षेपित ब्यालिस्टिक मिसाइल पनि अवलोकन गर्यौं।’

’हामीले डीएफ–५सी देख्यौं, जुन चीनको डोङफेङ–५ आणविक अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्रको नयाँ संस्करण हो,’ टेसाले वर्णन गर्दै थिइन् । वास्तवमा विश्वयुद्ध समाप्तिको ८० औँ वर्षगाँठको अवसरमा चिनियाँ राष्ट्रपति सीले मुलुककै सबैभन्दा ठूलो सैन्य परेड आयोजना गरेका हुन् । जहाँ चीनले आफ्ना अत्याधुनिक हतियार पनि प्रदर्शन ग¥यो ।

चीनले प्रदर्शन गरेका मुख्यमुख्य हतियार यस्ता छन्: 

दुई सिटे जे–२०

परेडमा चीनको प्रमुख लडाकु विमानको सबैभन्दा पछिल्लो भेरियन्ट देखाइएको छ । दुई सिटे जे–२० एस विमानले लडाकु ड्रोनहरूलाई नियन्त्रण गर्न सक्छ । त्यस्तै जे–३५ ए विमान पनि परेडमा देखियो। जुन गत नोभेम्बरमा मात्र सार्वजनिक भएको थियो । यो विमानले ६ वटा क्षेप्यास्त्र बोक्न सक्छ ।

एच–६जी बमवर्षक

लामो दूरीमा बमवर्षा गर्न सक्ने एच–६ विमानकै नयाँ नौसैनिक भेरियन्टका रुपमा एच–६जे विमान प्रदर्शन गरिएको छ । यसको इन्जिन अपग्रेड गरिएको बताइएको छ ।

‘क्यारिअर किलर’ क्षेप्यास्त्र
चीनले भर्खरै सार्वजनिक गरेको वाईजे–१५ क्षेप्यास्त्र पनि परेडमा देखियो। यो पानीजहाजमा प्रहार गरिने क्षेप्यास्त्र प्रणाली हो । त्यसका अलावा वाईजे–१९ हाइपरसोनिक क्षेप्यास्त्र पनि पहिलोपटक सार्वजनिक भयो ।

यसका बारेमा ज्यादा जानकारी सार्वजनिक गरिएको छैन । तर यो युद्धपोत ध्वस्त पार्न प्रयोग गरिने हाइपरसोनिक ग्लाइड भेहिकल हतियार भएको अनुमान छ । त्यस्तै, वाईजे–२० ब्यालिस्टिक मिसाइल पनि परेडमा देखियो। यसले जमिन र पानी दुवै स्थानमा निसाना लगाउन सक्छ।

त्यसैले यसलाई ‘एयरक्राफ्ट क्यारिअर किलर’ भन्ने गरिन्छ । चीनले आज प्रदर्शन गरेको अस्त्रहरुमा आणविक–सक्षम अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र पनि छन् । विभिन्न प्रकारका छोटोदेखि मध्यमसम्म दूरीका क्षेप्यास्त्र, बहुप्रक्षेपण रकेट प्रणाली र मानवरहित लडाइँ हवाई सवारीसाधन (जसलाई स्टेल्थ ड्रोन पनि भनिन्छ) देखाइएका हुन् ।

जसमा हाइपरसोनिक ग्लाइड सवारीसाधन, वाईजे–२१ एन्टी–सिप क्रुज मिसाइल र जेएल–३ पनडुब्बी–प्रक्षेपित ब्यालिस्टिक मिसाइल पनि छन् । डीएफ–५सी पनि प्रदर्शन गरिएको छ, जुन चीनको डोङफेङ–५ आणविक अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र (आईसीबीएमको नयाँ संस्करण हो ।

सीजे–१००० हाइपरसोनिक क्रुज क्षेप्यास्त्र

चीनले परेडमा लामो दूरीमा प्रहार गर्ने यो हाइपरसोनिक क्रुज क्षेप्यास्त्र पनि प्रदर्शन ग¥यो । यसले हजारौँ किलोमिटर टाढा निसाना लगाउन सक्ने बताइएको छ ।

‘गुआम किलर’ डीएफ–२६डी
परेडमा चीनले एकदमै नयाँ डीएफ–२६ डी क्षेप्यास्त्र पनि प्रदर्शन ग¥यो। यो मध्यम दूरीमा प्रहार गर्न सक्ने ब्यालिस्टिक क्षेप्यास्त्र हो । जसको मारक क्षमता ५ हजार किलोमिटर छ । ताइवानमा युद्धको अवस्थामा गुआममा रहेको अमेरिकी सैन्य अखडाले मुख्य भूमिका खेल्नेछ।

त्यस्तो अवस्थामा चिनियाँ सेनाले यही हतियारद्वारा गुआमलाई निसाना बनाउने अनुमान छ। त्यसैले यसलाई ‘गुआम किलर’ भन्ने गरिन्छ।

हवाइ प्रतिरक्षा प्रणाली

शत्रुको आक्रमणलाई रोक्ने हवाइ प्रतिरक्षा प्रणाली एकदमै महँगो हतियार हो। चीनले यस्ता अनेकौँ प्रणाली परेडमा प्रदर्शन गरेको छ । चीनले पहिलोपटक एचक्यू–२० प्रणाली सार्वजनिक रुपमा प्रदर्शन ग¥यो । त्यस्तै १७० किलोमिटर टाढासम्म रेन्ज भएको एचक्यू–२२ ए, २५० किलोमिटर रेन्ज भएको एचक्यू–९ र ब्यालिस्टिक क्षेप्यास्त्र तथा स्याटलाइट खसाउन प्रयोग हुने एचक्यू–१९ पनि परेडमा देखियो। यसका अलावा नवनिर्मित एचक्यू–२९ प्रणाली पनि परेडमा सहभागी थियो। जसलाई ब्यालिस्टिक क्षेप्यास्त्र रोक्न बनाइएको हो ।

तोप र ट्यांक
चीनले अमेरिकाको हाइमार्स रकेट लन्चरलाई टक्कर दिन पीएचएल–१६ रकेट लन्चर बनाएको छ। त्यो पनि परेडमा देखिएको थियो । त्यस्तै ९९बी ब्याटल ट्यांक पनि पहिलोपटक परेडमा देखा प¥यो ।

ड्रोन
चीनले यो परेडमार्फत अनेक किसिमका हवाइ तथा समुद्री ड्रोन पनि प्रदर्शन ग¥यो । जीजे–११, एफएज–९७ जस्ता ड्रोन देखा परे। त्यस्तै नाम समेत सार्वजनिक नभएका नयाँ एआई प्रविधियुक्त ड्रोन पनि देखाइएको छ ।

अर्थात चीनले विशाल सैन्य परेडमा पहिलो पटक सार्वजनिक गरेका नयाँ अस्त्रहरूमा लेजर हतियार, परमाणुअस्त्र बोक्न सक्ने बलिस्टिक क्षेप्यास्त्र र पानीमुनि प्रयोग गरिने विशाल ड्रोनहरू हुन् । त्यहाँ चीनले आफूले बनाएको अन्तरमहादेशीय परमाणु बलिस्टिक क्षेप्यास्त्रको नयाँ संस्करण प्रदर्शन ग¥यो ।

उक्त क्षेप्यास्त्रे १२ वटासम्म युद्धशीर्ष बोक्न सक्छ । परेडमा प्रदर्शित दोङ्फेङ–५ क्षेप्यास्त्र अन्तरमहादेशीय रणनीतिक परमाणुअस्त्र हो। त्यो तरल इन्धनबाट चल्छ । चीनको उत्तरी क्षेत्रबाट प्रहार गर्न सकिने गरी त्यसको डिजाइन गरिएको छ ।

उक्त क्षेप्यास्त्र अमेरिका र पश्चिम युरोपसम्म प्रहार गर्न सकिने गरी ठूला परमाणुअस्त्र बोक्न सक्षम रहेको सेन्टर फर स्ट्रटजिक एन्ड इन्टरन्याश्नल स्टडीज नामक थिङ्क ट्याङ्कले जनाएको छ । चीनको सैन्य परेडलाई अब पेन्टागनका विज्ञहरू र विश्वभरि रक्षा अधिकारीहरूले विश्लेषण गर्नेछन् ।

चिनियाँ जनमुक्ति सेना (पीएलए)ले व्यापक सैन्य आधुनिकीकरण कार्यक्रम सुरु गरेको र त्यसले केही क्षेत्रमा अमेरिकालाई पनि उछिनेको छ । ध्वनिको गतिभन्दा पाँचगुना बढी गतिमा यात्रा गर्ने हाइपर्सोनिक क्षेप्यास्त्र निर्माणमा चीनलाई अग्रणी मानिन्छ ।

चीनले आर्टिफिशल इन्टलिजन्स र स्वचालित अस्त्रमा समेत व्यापक लगानी गरेको छ । तीमध्येको एउटा उदाहरण एजेएक्स ००२ नामक १८ मिटर लामो पानीमुनि परमाणु ऊर्जाबाट चल्ने ठूलो ड्रोन हो । यद्यपि परमाणुअस्त्रमा अझै चीन रुस र अमेरिकाभन्दा धेरै पछाडि छ ।

ती दुई देशसँग त्यस्ता हजारौँ क्षेप्यास्त्र छन्। चीनसँग सयौँको सङ्ख्यामा परमाणुअस्त्र छन्। तर उसले परमाणुअस्त्रको सङ्ख्या बढाउनुका साथै त्यसको विकासमा नवीन तरिकाको खोज समेत गरिरहेको छ ।

भर्खरको समाचार

७३ वर्षीया प्रधानमन्त्रीले ३५ वर्षे युवालाई सुम्पिदैछिन देशको ताला चाबी

e7afe765-d01e-4438-a49e-15e8325de544

बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद

812314fc-c1df-43bb-850a-62bb8dd9ac4c

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

काबुलमा पाकिस्तानको भीषण आक्रमण, ४ सय जना मारिए

afganistan-kabul-sky-news

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

होर्मुजमा नेटो उतार्दै ट्रम्प,शक्तिराष्ट्रलाई युद्धमा नहोमिन इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, ग्यासमा कति ?

petrol-pump-india_AFP

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

सम्बन्धित खबरहरु

Scroll to Top