×

NEPAL TIMES UPDATES

Playing
होर्मुजकोमा १०,००० बढी अमेरिकी से*ना तैनाथ, सी ले दिए ४ बँुदे शान्ति प्रस्ताव|| Nepal Times
Apr 15, 2026
Playing
दीपक खड्काको फाइल अब अख्तियारमा || Nepal Times
Apr 15, 2026
Playing
देउवा, ओली, प्रचण्ड अनि बालेनमा को धनी ?|| Nepal Times
Apr 15, 2026
Playing
सरकारको १८ बुँदे प्रतिवद्धतामा प्रतिपक्ष दल के भन्छन् ?#balen #ashika #nepal || Nepal Times
Apr 15, 2026
Playing
५ वर्षमा १५ लाख रोजगारी र एआई निर्यातसहितका १४ राष्ट्रिय प्रतिबद्धता|| Nepal Times
Apr 15, 2026
Playing
सीमा नाघेर गतिविधि नगर्न देउवा पक्षलाई गगनको चेता*वनी, पूर्णबहादुरको काउन्टर|| Nepal Times
Apr 14, 2026
Playing
एमसीसी र बीआरआईको सन्तुलन नमिलाए बालेन सरकारलाई कठिन || Nepal Times
Apr 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-01-2083 || Nepal Times
Apr 14, 2026
Playing
‘नेपाललाई बफर स्टेट होइन, भाइब्रेन्ट ब्रिज बनाउने’ भारतसँग जलमार्ग, चीनको बन्दरगाह उपयोग
Apr 14, 2026
Playing
F– 35, MV–22, USS Tripoliले घेरियो होर्मुज, साउदी किन बेचैन ? || Nepal Times
Apr 14, 2026

भेनेजुएला नजिकै अमेरिकी हमलाः ११ लागुऔषध तस्कर मारिए

१८ भाद्र २०८२

१८ भदौ , काठमाण्डौ ।

अमेरिकाले लागुऔषध तस्करी गर्ने एक गिरोहमाथि ठूलो कारबाही गरेको राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । उनले अमेरिकी सेनाले क्यारेबियन सागरको दक्षिणी भागमा लागुऔषध बोकेको एउटा जहाजमाथि हमला गरेका बताए ।

Advertisement
Advertisement

यो जहाज भेनेजुएलाबाट निस्केका र यसलाई ‘ट्रेन डी अरागुआ’ नामक एक आपराधिक गिरोहले चलाइरहेको बताइएको छ । ट्रम्पका अनुसार उक्त आक्रमणमा ११ जना तस्कर मारिएका छन् । ट्रम्पले यो आक्रमण अन्तर्राष्ट्रिय जलक्षेत्रमा भएको र यसमा कुनै पनि अमेरिकी सैनिक घाइते नभएको बताए ।

उनले जहाज अमेरिकातर्फ लागुऔषध लिएर गइरहेको बताए । अमेरिकी राष्ट्रपतिले जो कोहीले पनि अमेरिकामा लागुऔषध ल्याउने प्रयास गरेमा उसलाई कडा सजाय दिइने चेतावनी पनि दिए । यसै विषयमा अमेरिकी विदेश मन्त्री मार्को रुबियोले यो जहाज एक लागुऔषध आतंकवादी संगठनको हिस्सा भएको आरोप लगाए ।

हालै अमेरिकाले ल्याटिन अमेरिकी लागुऔषध तस्करहरूसँग जुध्नका लागि भेनेजुएलाको जलक्षेत्रमा आफ्नो नौसेनाको शक्ति बढाउने योजना बनाइसकेको छ । यसैबीच, यस घटनामा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकामाथि झूटो लागुऔषध–तस्करीको प्रचार गरेको आरोप लगाएका छन् ।

उनले अमेरिकाले आफ्नो देशलाई बदनाम गरेर आफूलाई सत्ताबाट हटाउन चाहेको बताए । मादुरोले यदि, अमेरिकाले आक्रमण गरेमा सेनासहित सम्पूर्ण जनतालाई हतियार उठाउन आह्वान गर्ने चेतावनी दिएका छन् । हालैका हप्तामा ट्रम्प प्रशासनले भेनेजुएली राष्ट्रपतिमाथि सैन्य र राजनीतिक दबाब बढाइरहेको छ ।

मदुरोलाई पक्राउ गर्न सघाउने जानकारी दिनेलाई दिइने भनेको पुरस्कार राशी बढाएर अमेरिकाले केही अघि ५ करोड डलरमा पुर्याएको थियो । यता अमेरिकाको जुनसुकै सैन्य हस्तक्षेप विरुद्ध लड्ने मदुरोले कसम खाएका छन् ।

तर यता ट्रम्पले लागुऔषध तस्कर समूहहरूमाथि कारबाही गर्ने विषयलाई आफ्नो प्रशासनको मुख्य लक्ष्य बनाएका छन् । यो आप्रवासनलाई सीमित गर्ने र अमेरिकाको दक्षिणी सीमा सुरक्षित गर्ने प्रयासको एक हिस्सा हो । यसका लागि दक्षिणी क्यारिबियन र नजिकैको समुद्री क्षेत्रमा अमेरिकी नौसेनाको ठूलो तैनाथी भएको हो ।

रोयटर्सका अनुसार अमेरिकी कोस्ट गार्ड र नौसेनाका जहाजहरू दक्षिणी क्यारिबियनमा नियमित रूपमा सञ्चालन भए पनि यो त्यस क्षेत्रमा हुने सामान्य तैनाथीभन्दा निकै ठूलो छ । एक अमेरिकी अधिकारीले नाम नबताउने सर्तमा बिहीबार सातवटा अमेरिकी युद्धपोत र एउटा आणविक शक्तिबाट चल्ने पनडुब्बी (सबमरिन) त्यस क्षेत्रमा छन् अथवा आउँदो हप्ता त्यहाँ पुग्ने अपेक्षा गरिएको छ ।

पेन्टागनले अमेरिकी मिसन वास्तवमा के हो भनेर सार्वजनिक रूपमा बताएको छैन । तर, ट्रम्प प्रशासनले अब लागुऔषध तस्कर र आपराधिक समूहहरूविरुद्ध सेना प्रयोग गर्न सकिने बताएको छ । पेन्टागनलाई विकल्पहरू तयार गर्न निर्देशन दिएको छ ।

रोयटर्सका अनुसार भेनेजुएलाले बिहीबार संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससमक्ष अमेरिकी नौसैनिक तैनाथीबारे गुनासो गरेको छ । वासिङटनले संयुक्त राष्ट्र संघको संस्थापक बडापत्रको उल्लंघन गरेको आरोप लगाएको छ ।

“यो एउटा ठूलो प्रचार अभियान हो, जसको उद्देश्य विज्ञहरूले ‘काइनेटिक एक्सन’ भन्ने विषयलाई सही साबित गर्नु हो । यसको अर्थ एउटा सार्वभौम र स्वतन्त्र देशमा सैन्य हस्तक्षेप गर्नु, जुन देश कसैका लागि खतरा होइन,” गुटेरेससँगको भेटपछि संयुक्त राष्ट्र संघका लागि भेनेजुएलाका राजदूत स्यामुएल मोनकाडाले पत्रकारहरूलाई भने ।

ह्वाइट हाउसले बिहीबार अमेरिकामा लागुऔषधको बढ्दो प्रयोग रोक्न अमेरिका सबैशक्तिको प्रयोग गर्न आफू तयार भएको बताएको थियो । “धेरै क्यारिबियन राष्ट्रहरू र यस क्षेत्रका अन्य देशहरूले प्रशासनको लागुऔषध विरोधी अभियान र प्रयासहरूको प्रशंसा गरेका छन्,” ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले पत्रकारहरूसँग भनिन् ।

ट्रम्प प्रशासनले फेब्रुअरीमा मेक्सिकोको सिनालोआ कार्टेल र अन्य लागुऔषध समूहहरूका साथै भेनेजुएलाको आपराधिक समूह ‘ट्रेन डे अरागुआ’लाई विश्वव्यापी आतंकवादी संगठनको रूपमा सूचीकृत गरको थियो ।

रोयटर्सका अनुसार अमेरिकी सैनिक तैनाथीको अंगको रूपमा यूएसएस सान एन्टोनियो, यूएसएस इवो जिमा र यूएसएस फोर्ट लाउडरडेलजस्ता जहाजहरू छन् । स्रोतहरूले रोयटर्सलाई बताएअनुसार, यी जहाजहरूमा २२ सय मरिन सैनिकसहित ४५ सय सुरक्षाकर्मी छन् ।

अधिकारीहरूका अनुसार अमेरिकी सेनाले गुप्तचर जानकारी संकलन गर्न यस क्षेत्रमा ए–८ जासुसी विमानहरू पनि उडाइरहेको छ । तर, ती विमानहरू अन्तर्राष्ट्रिय जलक्षेत्रमा सञ्चालन भएका छन् ।

एक अमेरिकी अधिकारीले रोयटर्सलाई बताएअनुसार, एक आणविक शक्तिबाट चल्ने पनडुब्बी पनि यो नौसैनिक बलको हिस्सा हो । एसोसिएटेड प्रेस समाचार एजेन्सीले आगामी दिनहरूमा चार हजार नाविक र अमेरिकी मरिन सैनिकसहितका जहाजहरू थपिएर यो बल अझ विस्तार हुनसक्ने उल्लेख गरेको छ ।

अमेरिकाले भने भेनेजुएलाको भूमिमा कुनै पनि सैनिक पठाउने योजना घोषणा गरेको छैन । संयुक्त राष्ट्र संघको लागुऔषध तथा अपराध कार्यालयका अनुसार भेनेजुएला कोकिन उत्पादन गर्ने देश होइन ।

कोकिनको मुख्य स्रोत लगभग सबै कोलम्बिया, पेरु र बोलिभियामा केन्द्रित छ । गत जुनमा प्रकाशित पछिल्लो रिपोर्टअनुसार, विश्वभर उत्पादन हुने ३७ सय टन कोकिनमध्ये २५ सय टनभन्दा बढी कोलम्बियाबाट आउँछ ।

भेनेजुएला उत्पादन नक्सामा देखिँदैन । सीएनएनका अनुसार अमेरिकी लागुऔषध प्रवद्र्धन एजेन्सीका अनुसन्धानकर्ताहरू पनि यस्तै निष्कर्षमा पुगेका छन् । मार्चमा प्रकाशित आफ्नो वार्षिक प्रतिवेदनमा उनीहरूले अमेरिकामा बरामद गरिएको ८४ प्रतिशत कोकिन कोलम्बियाबाट आउने उल्लेख गरेका छन् ।

Advertisement

बरामदको हिसाबले भेनेजुएला ल्याटिन अमेरिकी देशहरूमध्ये छैटौँ स्थानमा छ, जसको हिस्सा दुई प्रतिशतभन्दा कम छ ।

भर्खरको समाचार

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

सम्बन्धित खबरहरु

Scroll to Top