कोइराला परिवारबाट सभापति उठ्ने निर्णय भएको छैनःशसांक

कोइराला परिवारबाट सभापति उठ्ने निर्णय भएको छैनःशसांक

विराटनगर,असोज १९
नेपाली कांग्रेसका महामन्त्री शसांक कोइरालाले पार्टीको वर्तमान कन्द्रीय नेतृत्व आगामी महाधिवेशनबाट मात्र परिवर्तन गर्न सकिने वताएका छन् । विराटनगर विमानस्थलमा बिहीबार साँझ सञ्चारकर्मीहरुसंग कुरा गर्दै उनले नेपाली कांग्रेसको आगामी दुई वर्ष पछि हुने महाधिवेशनबाट मात्र वर्तमान सभापति शेरबहादुर देउवाको नेतृत्व परिवर्तन गर्न सकिने धारणा व्यक्त गरे ।

महामन्त्री कोइरालाले गत संसदीय र स्थानीय निर्वाचन पार्टी पराजित हुनुमा अन्तरघात, तिक्तता,गुटउपगुट मु्ख्य कारण रहेको वताउदै यसको जिम्मेवारी नेतृत्व लगायत केन्द्रीय समितिका सवैले लिनु पर्ने बताए ।

उनले आगामी महाधिवेशनमा कोइराला परिवारबाट सभापति उठने कुराको कुनै निर्णय नभएको पनि स्पष्ट पारेका छन् । कोइराला परिवार वाहिरका जिम्मेवार नेतासँग समेत छलफल र सहमति गरी सभापतिको उम्मेवार हुन सक्ने विचार व्यक्त गरे ।

महामन्त्री कोइरालाले निर्मला हत्या मात्र होइन महंगी,करको वृद्धि, शान्ति सुरक्षा कमीवाट जनता पीडित भएको वताउदै यस सम्वन्धमा नेपाली कांग्रेसले सदनदेखि सडकसम्मको विरोध गरी सरकारलाई सचेत गराएको दावी गरे ।

फरक प्रश्नको जवाफमा उनले मुलुक विखण्डन कार्यमा संलग्न समूह वा व्यक्तिलाई कांग्रेसले कहिले पनि समर्थन नगर्ने वताउदै मुलुक टुक्राउने जोकोही भएपनि कानून अनुसार कारवाही गर्नु पर्ने प्रष्ट पारे । उनले नेपाली कांग्रेस अनुशासन समितिमा जिम्मेवार न्याय दिने व्यक्तिलाई राखी अनुशासन उल्लघन गर्नेलाई कारवाही गर्न खुट्टा कमाउन नहुने पनि बताएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.