NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ? मङ्लबार मंसिर ९ , २०८२
अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए मङ्लबार मंसिर ९ , २०८२
प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक मङ्लबार मंसिर ९ , २०८२
ओली अन्ततः चुनावमा भाग लिन तयार, दल दर्ता हुँदै, आयोग भने नमान्ने मङ्लबार मंसिर ९ , २०८२
Next
Prev

समाचार

दानबीर मीनबहादुरको भाटभटेनी किन ध्वस्त भयो ?

बुधबार भदौ २५ , २०८२
Reading Time: 1 min read
A A
दानबीर मीनबहादुरको भाटभटेनी किन ध्वस्त भयो ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२५ भदौ , काठमाण्डौ ।

जेनजीहरुको आन्दोलनको प्रमुख निशानमा देशको अग्रणी सुपर मार्केट भाटभटेनी पर्न पुग्यो । आज भन्दा झन्डै ४० वर्ष अघि जहाँबाट भाटभटेनीको सुरु भएको थियो ।

त्यहाँ रहेको सुपर मार्केट सहित देशका धेरै सहरमा रहेका भाटभटेनीका सुपर मार्केटहरू अहिले खण्डहरु बनेका छन् । त्यसको एउटै कारण थियो ।

LS Auto

भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले देखाएको अनावश्यक राजनीतिक रुचि । देशबाट दैनिक रोजगारी नपाएर १० हजार नेपालीहरू खाडीमा रगत र पसिना बगाउन गई रहेका छन् ।

सबै तिर निराशै निराशा भएका बेला पनि अरबौँको लगानी गरेर देशका प्रमुख शहरहरूमा अन्तर्राष्ट्रिय स्तरका सुपर मार्केटहरू खुली रहेका थिए ।

आम नेपालीहरूको मन भाटभटेनीले जित्न सफल भएकै हो । खोटाङको एउटा सामान्य किसान परिवारमा जन्मेर सरकारी जागिर त्यो पनि राष्ट्र बैङ्कको त्यागेर व्यवसाय गर्ने गुरुङको हिम्मत विरलै नेपालीले गर्न सक्छन् ।

तर आज त्यही व्यवसाय माथि चौतर्फी रूपमा हमला मात्र भएको छैन जलेर खरानी भएको छ । त्याहा कार्यरत हजारौं नेपाली बेरोजगार बनेका छन् । यो अवश्य पनि दुख कुरा हो ।

तर यहाँ सञ्चालक गुरुङले राजनीतिक दल र तिनका नेताहरूलाई दिएको चन्दाले जनतामा आक्रोश बढेको हो । आखिर भाटभटेनीका लागि किन आवश्यक थियो पार्टी कार्यालय बनाउने करोडौँको जग्गा एमालेलाई दान दिन ।

उनले सहकारी ठगीमा मुछिएका धनराज गुरुङलाई चन्दा दिन किन आवश्यक थियो ? हुन त उनले डाक्टर भगवान कोइरालाले सुरु गरेको बाल अस्पताललाई पनि ठुलो धन राशि सहयोग गरेका छन् ।

नेपालमा उनीभन्दा अन्य धेरै धनाढ्य भएपनि प्राकृतिक प्रकोप होस् या सामाजिक सहयोग मीनबहादुर नै अग्रणी दानवीर हुन् । तर जनआक्रोश भने नेकपा एमालेको पार्टीलाई कार्यालय भवन बनाउन दिएको जग्गा दान अनि अन्य नेताहरूलाई दिएको चन्दाका कारण बढेको हो भन्ने कुरा घाम जस्तै छर्लङ्ग छ ।

सरकारले व्यवसायीहरूलाई व्यवसाय गर्ने वातावरण बनाइ दिने हो । लगानी मैत्री कानुन निर्माण गर्ने हो अनि व्यवसायीले इमानदारीताका साथ राज्यलाई कर तिर्ने हो त्यो भन्दा बढी उद्योगी, व्यवसायी र सरकारमा रहने बिचको सम्बन्ध आवश्यक छैन।

यहाँ गुरुङले अनावश्यक सम्बन्धमा राजनीतिक दलका नेताहरू राख्न खोज्दा यस्तो अप्रिय घटना हुन पुग्यो । यसले पक्कै पनि नेपालमा व्यवसाय गर्नेहरूलाई पाठ सिकाएको हुनु पर्छ ।

तर जति नै जे भने पनि कुनै पनि व्यवसाय माथिको भौतिक आक्रमण गुणगान योग्य वा क्षम पक्कै पनि हुन सक्दैन । हिजो १० बाई १२ फिटको कोठाबाट काठमाडौँमा गुरुङले सुरु गरेको भाटभटेनी सुपर मार्केट नेपालको सबैभन्दा ठुलो र अग्रणी बन्न सफल भएको छ ।

काठमाडौँ लगायत यसले नेपालका प्रमुख सहरहरूमा दुई दर्जन भन्दा बढी आफ्नो शाखा विस्तार गरी सकेको छ । खोटाङ जिल्लाको सामान्य किसान परिवारमा जन्मे हुर्केका मीनबहादुर गुरुङले नेपाल बैङ्कको स्थायी जागिर छोडेर काठमाडौँको नक्साल नजिकै भाटभटेनीमा ग्रोसरी व्यवसाय सुरु गरेका थिए ।

भाटभटेनीमा २० अर्ब रुपैयाँ भन्दा बढी लगानी भइसकेको छ भने करिब ७ हजारले रोजगारी पाएका छन् ।भाटभटेनी आज नेपालमा अन्तर्राष्ट्रिय स्तरको सुपर स्टोरका रूपमा स्थापित भई सकेको छ ।

भाटभटेनी सामान खरिदका लागि मात्र नभई पर्यटकीय स्थलका रूपमा समेत चिनिन थालेको थियो । रोजगारीका लागि दैनिक १० हजार नेपाली विदेश गई रहेका बेला भाटभटेनी नेपालकै रोजगारी सिर्जनामा पनि नम्बर वान हुने लक्ष्यका साथ अघि बढी रहेको थियो ।

१०औँ राष्ट्रिय कर दिवसको उपलक्ष्यमा आन्तरिक राजस्व विभागले भाटभटेनी सुपर मार्केटलाई वस्तु व्यापारतर्फ सबैभन्दा बढी कर तिर्ने कम्पनीको रूपमा सम्मान समेत गरेको थियो ।

वस्तु उत्पादक तथा आपूर्तिकर्ताको लागि पनि भाटभटेनी सुपर मार्केट महत्त्वपूर्ण बजार हो । भाटभटेनीमा २५ सय भन्दा बढी बस्तु आपूर्तिकर्ता छन् ।

त्यसमा करिब ४५० नेपाली सप्लायर्स रहेका छन् ।देशमा निकै लामो समयदेखि उकुसमुकुस थियो । ठूला भ्रष्टाचार, वंशवाद, असमान सम्झौता, नागरिक अधिकार हनन, बेरोजगारी, नेताहरू र उनीहरूका छोराछोरीको भड्किलो जीवनशैलीलाई लिएर जनतामा तीव्र असन्तुष्टि थियो ।

सरकारले तमाम मुद्धाहरुलाई सम्बोधन गर्नुका साटो नेपालमा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय ग¥यो । त्यसको तिन दिनपछि जेनजी समूहका नाममा आन्दोलन घोषणा भयो ।

भदौ २३ गते काठमाण्डौंको माइतीघर मण्डलामा सुरु भएको प्रदर्शनमा हजारौँ जेनजीहरु स्कुल तथा कलेजको ड्रेसमा सहभागी भए । जुलुस वानेश्वारमा रहेको प्रतिनिधि सभा भवन तर्फ अघि बढ्यो ।

प्रहरीले त्यही बल प्रयोग ग¥यो र १७ जना किशोरहरूको प्रहरीको गोली लागि मृत्यु भयो । त्यसपछि प्रदर्शनले उग्र रूप लियो । यति हुन नपाउँदै विद्रोहको ज्वाला जिल्ला जिल्ला सम्म पुगी सकेको थियो ।

आन्दोलनकै क्रममा इटहरीमा थप दुई जनाको मृत्यु भयो भने ४ सय बढी घाइते भए । यसको आक्रोश भोलिपल्ट भदौ २४ गते सङ्घीय राजधानीमा आन्दोलनकारी हरूले राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू मात्र हैन पुराना दलका नेताहरूमाथि पोखे।

उनीहरूका निवासहरूमा आगजनी भयो । नेताहरू घरघरमा कुटिए । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएर मात्र पुगेन हेलिकप्टर चढेर बालुवाटारबाट भाग्नु पर्याे ।

देशको सबै भन्दा ठूलो पार्टी नेपाली काँग्रेसका सभापति पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु सहितले आफ्नै निवास बुढानीलकण्ठमा निर्घात कुटिए ।

प्रतिनिधि सभा, सिंहदरबार, बालुवाटार, शीतल निवास, काँग्रेस, एमाले, माओवादी लगायतका पार्टी कार्यालयहरू र अधिकांश सरकारी कार्यालय देशभर निशानामा परे । आगो लगाइयो ।

आन्दोलनको लक्ष्य र उद्देश्य पवित्र होला तर जेनजीमा नाममा भएको भौतिक संरचनाको आगजनी भत्र्सना योग्य बन्न पुगेको छ । यसको दोष राज्य र आन्दोलनकारी दुवैले लिनु पर्छ किन कि अब बन्ने नयाँ संरचना पनि तिनै आम नेपालीले गाँस काटेर तिरेको करले नै बन्ने हो ।

नेपालले विगतका दशकहरूमा असङ्ख्य आन्दोलन देखेको छ। ती आन्दोलनहरू कहिले शासन–सत्ताविरुद्ध, कहिले नीतिविरुद्ध उत्रिएका छन्।

तर, आन्दोलनको स्वरूप जस्तोसुकै भए पनि एउटा साझा त्रुटि देखिन्छ,सार्वजनिक वा निजी भौतिक संरचना तोडफोड र आगजनी। भत्काउन जति सजिलो हुन्छ, तर बनाउन फलामको चिउरा चपाए सरह कठिन हुन्छ।

सडकमा उत्रिएको जनशक्ति र आक्रोशले तत्काल परिवर्तनको बाटो देखाएपनि नष्ट गरिएका भवन, सवारीसाधन वा व्यवसाय फेरि निर्माण गर्न वर्षौँ लाग्छ।

यसबिचमा त्यसको भार आम नागरिकमै पर्छ । जे नहुनु थियो , त्यो भइसक्यो, अब इतिहासमै नकारात्मक रूपमा सम्झिने गल्ती जेनजीका नाममा गर्न हुँदैन।

Tags: #जेनजीको निशाना#भाटभटेनी निशानामा

लोकप्रीय

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

विचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

थप समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?
ताजा समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन
अन्तर्राष्ट्रिय

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप
ताजा समाचार

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक
अन्तर्राष्ट्रिय

अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक

मङ्लबार मंसिर ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

World News: Dubai मा भारतको ल डाकु विमान दु र्घट ना, Modi अफ्रिकामा || Nepal Times

00:16:05

World News: बंगलादेशमा भूक*म्पमा ६ को मृ*त्यु, पाकिस्तानमा वि*स्फो*ट*मा १५ मा*रि*ए || Nepal Times

00:20:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक

शुक्रबार मंसिर ५ , २०८२

हालका पोस्टहरू

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.