काठमाडौंमा कर्फ्यु र निषेधाज्ञा खुकुलो ,जनजीवन  सामान्य बन्दै

२७ भदौ ८२, शुक्रबार
Share this
730shares
२७ भदौ  , काठमाण्डौ ।
कर्फ्यु र निषेधाज्ञा खुकुलो बनाउँदै लगेसँगै काठमाडौं उपत्यकामा जनजीवन क्रमशः सामान्यतर्फ फर्किरहेको छ।
अघिल्लो दिनको तुलनामा आज बिहान सडकमा देखिने सवारीसाधनहरूको संख्या बढी थियो।
गाडीको आवाजाहीसँगै पैदल हिँड्नेहरूको उपस्थिति पनि प्रष्ट रूपमा बढेको छ।
हिजोसम्म सुनसान र तनावग्रस्त देखिएका क्षेत्रहरूमा आज मानिसहरूको आवतजावतले नयाँ ऊर्जा भरेको अनुभूति भइरहेको छ।
पसलहरू आंशिक रूपमा खुलेका छन् भने दैनिकीमा फर्कन आतुर देखिने सर्वसाधारणले राजधानीलाई फेरि पुरानै गतिमा ल्याउँदै छन्।
सुरक्षाकर्मीहरूको कडाइ अझै कायम भए पनि वातावरण सहज हुँदै गएको संकेत स्पष्ट छ।
उपत्यकाको सडक जीवन विस्तारै सामान्य बन्दै गएको देखिन्छ।
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top