×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

वनमा फेरी पनि वाम बाहुल्य

१९ आश्विन २०७५

काठमाडौं : सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफोन)मा फेरी पनि वाम बाहुल्य नेतृत्व निर्वाचित भएको छ । काठमाडौंमा सम्पन्न छैंठौ महाधिवेशनबाट दुई तिहाई भन्दा बढी पदाधिकारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकटका चुनिएका छन् ।

फेकोफोनको करिव अढाई दशक लामो इतिहासमा नेपाली काँग्रेस निकटका वनकर्मीले अहिलेसम्म अध्यक्षको जिम्मेवारी सम्हाल्ने अवसर पाएका छैनन् ।

Advertisement

यसपटक उपाध्यक्ष भीमलाल श्रेष्ठ बाहेक केन्द्रका सबै महत्वर्पूण जिम्मेवारीमा नेकपा समर्थित पदाधिकारी निर्वाचित भएका छन् । छैठौ महाधिवेशनले निर्वतमान महासचिव भारती पाठकलाई सर्वसम्मत् रुपमा अध्यक्षमा चयन गरेको छ भने बहुसंख्यक केन्द्रिय पदाधिकारी पनि निर्विरोध निर्वाचित भएका छन् ।

महासचिव, सचिव, कोषाध्यक्षमा क्रमश स् बिर्खबहादुर शाही, ठाकुर भण्डारी र पार्वता गौतम चयन हुनु भएको छ । महाधिवेशनले ८८ जना केन्द्रिय चयन गरेकोमा काँग्रेस समर्थित १६ जना मात्रै केन्द्रमा चुनिएका छन् ।

Advertisement

देशभरीबाट ८ सय भन्दा बढी प्रतिनिधी सहभागी महाधिवेशनमा काँग्रेस समर्थक ६५ जना मात्रै सहभागी भए । बुधवार काठमाडौंमा सम्पन्न अधिवेशनले आगामी ४ वर्षे कार्यकालका लागि नयाँ पदाधिकारी चयन गरेको हो ।आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top