×

NEPAL TIMES UPDATES

Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026
Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026
Playing
World News: उड्दा उड्दै Indiaको शुखोई बेपत्ता, Iranले झार्यो अमेरिकी लडाकु विमान || Nepal Times
Mar 06, 2026
Playing
सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो || Nepal Times
Mar 06, 2026
Playing
Top 15 Afternoon News || Mar-06-2026 || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाले देशभर आँधी ल्यायो, जनताको अपार समर्थन || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला || Nepal Times
Mar 06, 2026
Playing
प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको ३० स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३ || Nepal Times
Mar 06, 2026
Playing
रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि || Nepal Times
Mar 06, 2026
Playing
मतगणना अपडेटःदेशभर रास्वपाको अग्रता,कांग्रेस र एमाले पछाडि || Nepal Times
Mar 06, 2026
Playing
झापा ५ मा बालेनले केपी ओलीलाई सुरुवातमै पछि पारे
Mar 06, 2026
Playing
नेपालको चुनावमा विदेशी मिडियाका अधिक चासो, कसले के लेखे ? || Nepal Times
Mar 05, 2026
Playing
आमा सुशीला तिमीले “जे भन्यौ, त्यो पूरा गर्‍यौ” !|| Nepal Times
Mar 05, 2026
Playing
US-Israel-Iran यु द्धः आजका १० हेडलाइन || Nepal Times
Mar 05, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-21-2082 || Nepal Times
Mar 05, 2026
Playing
कतारबाट नेपालीको गुहार, “हामी डराएका छौँ, देशले बेवास्ता नगरोस् ” || Nepal Times
Mar 05, 2026

रामचन्द्र पौडेल राष्ट्रपति निवासमैः शितल निवासमै आज पनि वार्ता

२७ भाद्र २०८२

२७ भदौ , काठमाण्डौ ।

हिजो साँझसम्म पनि सारा नेपालीले सैनिक मुख्यालयतर्फ एकोहोरो ध्यान केन्द्रित गरिरहँदा रात पर्दै गएपछि भने अब शितल निवासबाटै निकाश दिइन लागिएको खबरहरु बाहिर आए । शितल निवास अर्थात राष्ट्रपतिको कार्यालय र निवास ।

जेनजीको आन्दोलनमा जलेको भनिएको शितल निवासमा नै अहिलेसम्म राष्ट्रपति रामचन्द्र पौडेल रहेको पनि यससंगै पुष्टि भयो । यसअघि भने उनी कहाँ छन्, किन सार्वजनिक भएनन् लगायतका अनेक टिकाटिप्पणीमात्रै होइन सार्वजनिक गर्न सेनासमक्ष माग गर्दै प्रदर्शनसमेत गरिएको थियो ।

तर अब सबै कुराहरु क्लियर हुँदै गएको छ । शितल निवासमै हिजोदेखि जारी छलफल आज पनि जारी राख्दै निकाश दिइने बताइएको छ । यद्यपि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गर्न सर्वपक्षिय सहमति जुटेको छ ।

तर कुन प्रक्रियामा गर्ने भन्ने विषयमा आजको छलफलमा निश्कर्ष निकालिने बताइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा बिहीबार दिनभर र रातभर शीतल निवासमा संवैधानिक विज्ञ, पूर्वप्रधानन्यायाधीश कार्की र नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देलको सहभागितामा गहन छलफल भएको थियो ।

उक्त छलफलमा जेनजीका तर्फबाट राखिएको संसद विघटनको मागमा भने सहमति हुन सकेन । छलफलमा संसद विघटन गर्ने कि नगर्ने भन्ने विषयमा सहमति जुट्न नसकेपछि निष्कर्षमा पुग्न नसकिएको हो । यद्यपि, अन्तरिम सरकारको नेतृत्वका लागि सुशीला कार्कीलाई प्रधानमन्त्री वा मन्त्रिपरिषद् अध्यक्ष नियुक्त गर्ने विषयमा भने प्रारम्भिक सहमति बनिसकेको हो ।

छलफलमा जेनजी समूहको प्रतिनिधित्व गर्दै अधिवक्ता ओमप्रकाश अर्याल सहभागी थिए, जो काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका कानुनी सल्लाहकार पनि हुन् । बालेन शाहले कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनको पक्षमा समर्थन जनाइसकेका छन् ।

राष्ट्रपति पौडेलले बिहीबार नेपाली कांग्रेसका नेताहरू तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि परामर्श गरेका थिए । सो क्रममा कांग्रेस नेताहरूले कार्कीको नेतृत्वमा सरकार गठन गर्न सकिने धारणा व्यक्त गरेका छन् भने प्रचण्डले पनि उक्त प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया दिएका छन् ।

अन्य दलहरुले पनि अहिलेसम्म यसमा विरोध जनाएका छैनन । यता जारी वार्तामा कार्की र राष्ट्रपति पौडेलबीच अन्तरिम सरकार गठन, संसद् विघटन, प्रदर्शनका क्रममा मृत्यु भएकाहरूलाई सहिद घोषणा तथा क्षतिपूर्ति, घाइतेको उपचार, ३० वर्षयताका भ्रष्टाचार छानबिनका लागि आयोग गठनलगायतका मागहरूबारे पनि छलफल भएको थियो ।

यता कार्कीलाई टुंगो लगाएसँगै निम्तिने सम्भावित विरोध वा प्रदर्शन रोक्न पनि सेनाले तयारी गरिरहेको छ । मध्यरातमा कफ्र्यू जारी रहेका बेला काठमाडौँका सडकहरूमा सेनाको उपस्थिति बाक्लो पारिएको थियो । बिहीबार साँझ ७ बजेदेखि नै सेनाले कडाइ गर्दै सर्वसाधारणहरूलाई चाँडै घर फर्कन आग्रह गरिरहेको थियो ।

मध्यरातमा सेना मुख्यालय भद्रकाली, नारायणहिटी, सिंहदरबार, शीतलनिवास, निर्मल निवास, मुख्य सडकहरू लगायतका स्थानमा सेनाको उपस्थिति बाक्लो थियो भने ब्यारेकहरूलाई पनि हाइ एलर्टमा राखिएको बुझिएको छ ।

काठमाडौँबाहिरबाट पनि सेनाका गाडीहरू मगाइएको छ । यससंगै राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वन्यायाधीश सुशीला कार्कीलाई अहिले केही बेरमा प्रधानमन्त्री नियुक्त गर्ने तयारी गरेका छन्। कार्कीको शपथ ग्रहण पनि आजै गराउने तयारी रहेको शीतल निवासले बताएको छ ।

कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्न बिहीबार दिउँसो राष्ट्रपति पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलले संयुक्त रूपमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि छलफल गरेका थिए । त्यस्तै राष्ट्रपति पौडेलले अस्पतालमा उपचाररत कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि टेलिफोनमा परामर्श गरेका थिए ।

राष्ट्रपतिले पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भने शितल निवासमै बोलाएर भेटे र कार्कीको नियुक्तिबारे परामर्श गरे । कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनसँग पनि शितल निवासमै उनले छलफल गरेका थिए ।

राष्ट्रपति पौडेलले नेताहरूलाई ’आज जसरी पनि प्रधानमन्त्री नियुक्त गर्नुपर्ने प्रेसर छ, यो प्रेसर धान्न सकिँदैन, आजै नियुक्त गर्नुपर्छ’ भनेर खबर गरेका थिए । त्यसपछि उनीहरूसँग फोनवार्ता, भेटघाट गरेर छलफल सुरू गरेका हुन् ।

उनले संविधानविदहरूसँग पनि शितल निवासमै बिहीबार अपराह्न ४ बजेदेखि परामर्श गरेका थिए । संविधानविद पूर्णमान शाक्य, भिमार्जुन आचार्य, विपिन अधिकारी, चन्द्रकान्त ज्ञवाली, ललित बस्नेतलाई उनले शितल निवासमा डाकेका थिए । संविधानविदहरूले संसद र संविधान भित्रैबाट नियुक्तिको बाटो खोज्नुपर्ने सुझाए ।

तर राष्ट्रपतिले अहिले राजनीतिक परिस्थितिका कारण त्यो सम्भव नभएको बताएका थिए । अहिले संविधान संशोधन गर्न निवर्तमान प्रधानमन्त्री ओलीले संसदमा प्रस्ताव पेस गर्नुपर्ने र त्यो बाटो अहिले सुरक्षाका कारणले सम्भव नभएको राष्ट्रपतिले बताएको बुझिएको छ ।

संसद बसेर, पूर्वप्रधानन्यायाधीश कार्कीलाई संसदभित्र अहिले छिराएर, संविधानको बाटोबाट प्रधानमन्त्री बनाउन पनि राजनीतिक र सुरक्षाका कारणले सम्भव नभएको उनले संविधानविदहरूलाई भनेका छन् । अर्कातिर चाँडै प्रधानमन्त्री नियुक्त गर्नुपर्ने भनेर जेन–जी समूहको एकदमै ठूलो दबाब रहेको पनि राष्ट्रपतिले बताएका थिए ।

राष्ट्रपतिले संसद बोलाउन वा निवर्तमान प्रधानमन्त्रीले प्रस्ताव पेस गर्न सुरक्षा हिसाबले सम्भव नभएको र समय पनि नभएको भनेपछि संविधानविदहरूले यस्तो संकटको अवस्थामा एउटा बाटो हामीले पहिले पनि निकाल्दै आएको हो र संविधान अनुसार राष्ट्रपति संविधानको संरक्षक र पालनकर्ता भएकाले त्यसैका आधारमा प्रधानमन्त्री नियुक्त गर्न सकिने भनेर सुझाएका छन् ।

छलफलमा सहभागी संविधानविदका अनुसार यस्तो अवस्थामा कुन धारा अन्तर्गत प्रधानमन्त्री नियुक्त गरिएको हो भन्ने चाहिँ उल्लेख हुने छैन । संविधानको पालनकर्ता र संरक्षकका हिसाबले राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछन् । ’संविधानको धारा ६१ (४) मा संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ भनेर लेखिएको छ ।

संविधानको पालनकर्ता र संरक्षकका हिसाबले प्रधानमन्त्री नियुक्त गर्नुभएको छ भन्ने खालको भाषा लेखेर नियुक्त गर्न हामीले सुझाएका छौं,’ ती संविधानविदले भने । सुशीला कार्कीलाई यसअघि खिलराज रेग्मीलाई जस्तै, अन्तरिम मन्त्रिपरिषदका अध्यक्षका रूपमा नियुक्त गर्ने कि भन्नेबारे पनि छलफल चलेको थियो।

निर्वाचन गराउन गठित अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष भन्ने कि प्रधानमन्त्री नै भन्ने भन्नेबारे पनि छलफल भएको थियो । ’तर प्रधानमन्त्री नै भनौं, संवैधानिक पद त्यही हो भनेर धेरैले सुझाएपछि राष्ट्रपति पनि त्यसमा सहमत हुनुभयो। त्यसैले प्रधानमन्त्री नै भनेर नियुक्ति आउँछ होला,’ छलफलमा सहभागी अर्का संविधानविदले भने।

यसरी नियुक्त भएका प्रधानमन्त्रीको काम, कर्तव्य र अधिकार के हुने भन्नेबारे पनि सामान्य छलफल भएको उनले बताए । ’यसरी नियुक्त प्रधानमन्त्रीको मुख्य जिम्मेवारी निर्वाचन गराउने र अहिलेको आन्दोलनमा भएको दमन, त्यस क्रममा युवाहरूको मृत्यु भएको र त्यसपछिको विध्वंसको छानबिन गर्ने; यी दुई मुख्य काम हुने भनिएको छ ।

कसरी उल्लेख हुन्छ भन्ने चाहिँ थाहा छैन,’ ती संविधानविदले भने । नियुक्त प्रधानमन्त्रीले संसद विघटन र चुनावको मिति सिफारिस गर्ने उनले बताए । यसअघि जेन–जी समूहद्वारा प्रस्तावित प्रधानमन्त्री कार्कीले पनि बिहीबारै राष्ट्रपति पौडेल र प्रधानसेनापति सिग्देलसँग भेट र छलफल गरिन् ।

त्यसपछि मध्यरातसम्म तीन जनाबीच शितल निवासमा छलफल चल्यो । जुन अन्तिम निश्कर्षमा पुग्न केही बाँकी रहेपछि अहिले पनि वार्ता जारी छ । अबको केहीबेरमा भने कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने र शपथ पनि खुवाउने बताइएको छ ।

यस्तै जेनजी अभियन्ता सुदन गुरुङलाई पनि शीतल निवास बोलाइएको छ । जेनजी प्रतिनिधिहरू पनि संविधान बमोजिम नै निकास खोज्ने विषयमा सकारात्मक रहेकोले आजै अन्तरिम सरकार गठन हुने देखिएको छ । राष्ट्रपति कार्यालय शीतल निवासले आज बिहान मात्र गृह मन्त्रालयका कर्मचारीलाई नयाँ प्रधानमन्त्रीको स्वागत गर्न तयार अवस्थामा रहन निर्देशन दिएको थियो।

यसबीच कार्कीले भने राष्ट्रपति बाहेक कुनै पनि राजनीतिक दलका नेताहरूसँग म भेट्दिनँ भनेर उनीहरूसँग भेट्न वा छलफल गर्न नमानेको पनि बुझिएको छ । यसैबीच यता नेपाली सेनाले पनि पछिल्लो समय विभिन्न प्रकारका टिका टिप्पणी, धारणा र विश्लेषणहरु सम्प्रेषण भइरहेको बताउँदै गलत, भ्रामक र झुटा समाचारमा विश्वास नगर्न आम सर्वसाधारणलाई अनुरोध गरेको छ ।

नेपाली सेनाले एक सूचना जारी गर्दै जनसम्पर्क तथा सूचना निर्देशनालयलगायतका स्थानीय स्तरमा पृतना हेडक्वार्टरसँग समन्वय गर्न पनि अनुरोध गरेको छ ।

भर्खरको समाचार

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

सम्बन्धित खबरहरु

Scroll to Top