सामाजिक सञ्जालमार्फत् गरिएका विभिन्न भ्रामक प्रचारप्रति ध्यान नदिन नेपाली सेनाको आग्रह

२७ भदौ ८२, शुक्रबार
Share this
783shares

२७ भदौ , काठमाण्डौ ।
नेपाली सेनाले सामाजिक सञ्जालमार्फत् सेनासँग जोडेर गरिएका विभिन्न भ्रामक प्रचारप्रति ध्यान नदिन आग्रह गरेको छ।

Advertisement

सेनाले आफ्नो आधिकारिक धारणा र गतिविधि नियमित रूपमा प्रेस विज्ञप्ति, प्रेस नोट तथा आधिकारिक सामाजिक सञ्जालमार्फत् सार्वजनिक गर्दै आएको स्पष्ट पारेको छ।

शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ, “विद्यमान परिस्थितिमा नेपाली सेनालाई जोडेर विभिन्न प्रकारका टिप्पणी, धारणा र विश्लेषणहरू प्रसारित भइरहेका छन् । तर, नेपाली सेनाले आफ्ना धारणा र गतिविधिहरू आधिकारिक माध्यममार्फत् निरन्तर जानकारी गराउँदै आएको छ।”

Advertisement

सेनाले थप स्पष्ट गर्दै भनेको छ, “तसर्थ, सर्वसाधारणलाई भ्रामक वा झुट्टा समाचारमा विश्वास नगर्न अनुरोध गरिन्छ।”

Advertisement

विहीबार साँझदेखि रातिसम्म सामाजिक सञ्जालमा सेनाको भूमिकाबारे अनेकौँ हल्ला फैलिएको थियो।

त्यसको खण्डन गर्दै सेनाले सूचना आदान–प्रदान सहज बनाउन पृतना हेडक्वार्टरहरूसँग सम्पर्क गर्न सकिने व्यवस्था गर्दै सम्पर्क नम्बरहरू सार्वजनिक गरेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top