×

NEPAL TIMES UPDATES

Playing
भारतको RSS र RAW माथि प्रतिबन्ध लगाउन Americaमा माग || Nepal Times
Mar 17, 2026
Playing
आज पनि हावाहुरी, ३ प्रदेशमा चट्याङसहित वर्षा, काठमाडौंमा चिसो|| Nepal Times
Mar 17, 2026
Playing
रविविरुद्धको मु द्दा फिर्ता लिन मिल्छ कि मिल्दैन ? फैसलाको प्रतिक्षा || Nepal Times
Mar 17, 2026
Playing
बजारमा अभाव देखाएर ग्यास गोदाममै लुकाइयो,शंका लागे ११३७ मा फोन गर्नु#gas #nepal #crisis
Mar 17, 2026
Playing
इराकमा २ नेपाली घा इते,१२०लाई होटलमा सारियो, बगदादमा US दूतावासमा फेरि ड्रोन हानि यो || Nepal Times
Mar 17, 2026
Playing
मित्र र श त्रु छुट्याउँदै इरान,सोध्यो तपाईहरु कसको पक्षमा ?होर्मुज खोल्न सर्त|| Nepal Times
Mar 17, 2026
Playing
मध्यरातमा पा कि स्तानले ब म बर्सायो, अस्पतालसमेत उ डाइदियो|| Nepal Times
Mar 17, 2026
Playing
विश्वको सबैभन्दा ठूलो ’विशेष बल अपरेशन’को अन्तिम तयारी || Nepal Times
Mar 16, 2026
Playing
विश्वलाई आगोको भुंग्रोमा हालेर रमाइलो गरिरहेका Trump|| Nepal Times
Mar 16, 2026
Playing
रविविरुद्ध दायर रिट ‘हेर्दाहेर्दै’मा, मंगलबार निरन्तर सुनुवाइ|| Nepal Times
Mar 16, 2026

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो

२७ भाद्र २०८२

२७ भदौ , काठमाण्डौ ।

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले मृतकको संख्या ५१ पुगेको बताए । जसमा काठमाडौं उपत्यकामा मृतक भएकादेखि अन्य जिल्लाहरुको पनि जोडिएको छ ।

Advertisement

तीन प्रहरी, एक भारतीय महिलासहित ५१ जनाको मृत्यु भएको प्रहरीले बताएको छ । पहिलो दिनको प्रदर्शनको क्रममा मृत्यु हुनेको संख्या १९ थियो भने पछि उपचारका क्रममा घाइतेहरूको मृत्यु हुँदा मृतकको संख्या शुक्रबार ५१ पुगेको हो । कैदीमात्रै ९ जना मारिएका थिए ।

बाल सुधार गृहमा रहेका ५ जना, प्रहरी तीन जना बाँकी जलेको अवस्थमा मृत भेटिएको प्रहरीले बताएको छ । बाँकी नेपाली युवा छन् । यसैबीच जेन–जी प्रदर्शनमा घाइते भएका २९९ जनाको उपचार जारी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार उनीहरूको उपचार देशभरका ३३ अस्पतालमा भइरहेको हो । जसमध्ये सबैभन्दा धेरै झापाको बीएनसी अस्पतालमा ५३ घाइते उपचाररत छन्। मुख्य प्रदर्शन स्थल बानेश्वरमा रहेको निजामती कर्मचारी (सिभिल) अस्पतालमा २३ घाइतेको उपचार जारी छ ।

यसैगरी ट्रमा सेन्टरमा ३२ जना, सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) मा ३५ जना घाइतेको उपचार भइरहेको छ । त्यसैगरी त्रिवि शिक्षण अस्पतालमा २५ जना, नेपाल पुलिस अस्पतालमा २८ जना घाइतेको उपचार चलिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

घाइतेमध्ये अहिलेसम्म १ हजार ४६५ जना डिस्चार्ज भइसकेको जानकारी पनि मन्त्रालयले दिएको छ । यसैबीच मृत्यु भएका शवको पोस्टमार्टम पनि सुरु भएको छ । त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभागका प्रमुख डाक्टर गोपाल चौधरी ९ वटा शवको पोस्टमार्टम प्रक्रिया सुरु भएको जानकारी दिए ।

हालसम्म विभागमा ३६ वटा शव पुगेका छन् । जसमध्ये एक जनाको परिचय खुल्न सकेको छैन । ‘पोस्टमार्टमको प्रक्रिया सुरु भएको छ,’ डा. चौधरीले भने, ‘ आफन्तले जिल्ला प्रहरी परिसर काठमाडौंबाट पत्र ल्याएको अवस्थामा पोस्टमार्टम गर्ने छौं ।’

उनका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौबाट पोस्टमार्टम गर्ने र शव बुझन्ने पत्र ल्याउनुपर्ने छ । अहिले यस्तो पत्र ९ जना आफन्तले ल्याएका छन् । ‘अहिलेसम्म ९ जना अभिभावकले पत्र ल्याउनुभएको छ । ती शवको पोस्टमार्टम गरेर आज बुझाउने छौं,’ डा. चौधिरीले भने ।

मृत्युको कारण पत्ता लगाउन शवको पोस्टमार्टम गरिन्छ । मृत शरीरको भित्री र बाहिरी अंगहरूको जाँच गरिन्छ । बाहिरी जाँच गर्दा पहिले उसले लगाएको लुगाको बारेमा वर्णन गरिन्छ । त्यसपछि लुगा खोलेर जनरल जाँच जस्तै शवको उचाइ, तौल, चोट, मृत्युपछि हुने परिवर्तन हातखुट्टाको अवस्था, नाक–मुखबाट केही तरल पदार्थ आएको छ कि भनेर नोट गरिन्छ ।

त्यसपछि क्रमशः छाती, पेट, टाउको खोलिन्छ र सबै अंगको जाँच गर्ने गरिन्छ । केही चोट वा रोग छ कि भनेर जाँच गरेपछि मृत्यु हुनुको कारण पत्ता लगाइन्छ । मृत्युको कारण निर्धारण गर्न बाहिरी चोट, भित्री चोट र प्रयोगशालाको रिपोर्ट हेरेर थाहा पाउन सकिन्छ ।

डा. चौधरीका अनुसार गोली लागेको केसमा पनि नियमित जसरी नै पोर्टमार्टम गरिनेछ । गोली कुन एंगलबाट लागेको छ, इन्ट्री पोइन्ट कुन हो, एक्जिट पोइन्ट कुन हो, शारीरिक इन्फर्मेसन पनि संकलन गरिने डा. चौधरीले बताए ।

उनका अनुसार यो विषय अन्तर्राष्ट्रिय इस्यू बनिसकेका कारणले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नै पोस्टमार्टम गर्नुपर्ने हुन्छ, जस कारण अन्तर्राप्ट्रिय रूपमा मान्य होस् । यी सबै जाँच सकिसकेपछि सम्पूर्ण अंग पुनः सही ढंगले शवमा मिलाएर बाहिरबाट सिलाएर प्याक गरेर परिवारलाई विधिपूर्वक बुझाइन्छ ।

डा. चौधरी भन्छन्, ‘के आधारमा यो व्यक्ति भनियो भन्ने वैज्ञानिक आधार स्पष्ट भए पछि मात्र आफन्तलाई शव जिम्मा लगाउँछौं ।’ यता मृत्यु भएकाहरूका आफन्तले भने पोस्टमार्टम गर्न नदिने बताएका छन् । टिचिङ हस्पिटलको पोस्टमार्टम ब्लकमा शव राखिएका मृतकका आफन्तहरूले पोष्टमार्टम गर्न नदिने बताएका हुन् ।

पहिलो दिन सुरुमै नयाँ बानेश्वरमा प्रहरीको गोली लागेर मृत्यु भएका रसिक खतिवडाकी आमा रचना खतिवडाले आफ्नो छोराको पोस्टमार्टम गर्न नदिने बताइन् । ‘हाम्रो छोराको छातीमा गोली हानेर मारिएको छ । मृत्युको कारण प्रहरीको गोली हो भन्ने थाहा हुँदाहुँदै मेरो छोरालाई चिर्न दिँदैनौं,’ रचनाले भनिन् ।

नयाँ बानेश्वरमा भएको पहिलो दिनको प्रदर्शनका क्रममा रसिकको छाती र कोखामा १–१ गोली लागेको थियो । उनको मृत्युपछि शव कहाँ राखिएको छ भनेर थाहा नपाएको रचनाको भनाइ छ । बानेश्वरमै गोली लागेर मृत्यु भएका सन्तोष विकका दाइ भोलाबहादुर थापाले समेत आफ्नो भाइको पोस्टमार्टम गर्न नदिने बताए ।

आफ्नो भाइको गोली लागेर मारिएको अवस्थामा १०–१२ वटा हस्पिटल चहार्दाचहार्दै बल्ल ट्रमा सेन्टरमा रहेको पत्ता लागेको उनको भनाइ छ । पहिलो दिन नै बानेश्वरमा गोली लागेर मृत्यु भएका धनगढीका गौरव जोशीका मामा शिशिर भट्टले पनि आफ्नो भान्जाको पोस्टमार्टम गर्न नदिने बताए ।

मृत्युको कारण थाहा भएको अवस्थामा पोस्टमार्टम गर्न नदिने उनको भनाइ छ । उनले सबै मृतकका आफन्तहरू एकजुट भएर पोस्टमार्टम गर्न नदिने पक्षमा रहेको बताए । मृतकका आफन्तहरूले राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिनुपर्ने माग अघि सारेका छन् ।

त्यस्तै मृतकलाई शहीद घोषणा गर्दै उचित क्षतिपूर्तिसहितका विभिन्न मागहरू अघि सारेका छन् । अन्तरिम सरकार गठनका लागि भइरहेका छलफलमा आफूहरूको प्रतिनिधित्व हुनुपर्ने समेत उनीहरूको माग छ । बानेश्वरमै गोली लागेर मृत्यु भएका नेपालगञ्जका १९ वर्षीय आयुश थापाका बुबा सुशीले थापाले पनि छोराको पोस्टमार्टम गर्न नदिने बताए ।

मृतकका आफन्तहरूको सहमतिमा मात्रै पोस्टमार्टम गर्ने वा नगर्ने भन्ने निर्णयमा पुगिने टिचिङ अस्पतालले जनाएको छ । मृतकका आफन्तहरूको स्वीकृति लिएर मात्रै पोस्टमार्टम गरिने र नचाहेको खण्डमा नगर्ने अस्पतालले जनाएको हो ।

भर्खरको समाचार

बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद

812314fc-c1df-43bb-850a-62bb8dd9ac4c

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

काबुलमा पाकिस्तानको भीषण आक्रमण, ४ सय जना मारिए

afganistan-kabul-sky-news

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

होर्मुजमा नेटो उतार्दै ट्रम्प,शक्तिराष्ट्रलाई युद्धमा नहोमिन इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, ग्यासमा कति ?

petrol-pump-india_AFP

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

सम्बन्धित खबरहरु

Scroll to Top