जेन–जी आन्दोलनपछि सुशीला कार्की प्रधानमन्त्री, ६ महिनाभित्र निर्वाचन गर्ने जिम्मेवारी

२७ भदौ ८२, शनिबार

२८ भदौ ,काठमाण्डौ ।

Advertisement

जेन–जी आन्दोलनको बलमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बनेकी छन्।

६ महिनाभित्र मध्यावधि निर्वाचन गर्ने स्पष्ट म्यान्डेटसहित उनले देशको कार्यकारी नेतृत्व सम्हाल्न थालेकी हुन्।

Advertisement

राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।

शनिबार उनी औपचारिक रूपमा पदभार ग्रहण गर्ने तयारीमा छिन्।

Advertisement

नेपालकी पहिलो महिला प्रधानन्यायाधीशका रूपमा इतिहास रचिसकेकी कार्की अहिले शान्ति, स्थायित्व र लोकतान्त्रिक प्रक्रियामा विश्वास कायम गर्ने चुनौतीमा छिन्।

उनको नेतृत्वमा भ्रष्टाचार र कुशासनविरुद्ध उठेका आवाजलाई लोकतान्त्रिक रूपान्तरण र निर्वाचनमा परिणत गर्ने अपेक्षा गरिएको छ।

प्रमुख तीन दलहरूले संसद् विघटनको विरोध गरे पनि रास्वपाले उनको नियुक्ति स्वागत गरेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top