×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

धेरै क्षेत्रमा हट्यो कफ्र्यु–निषेधाज्ञा,जनजीवन लयमा, अब सबै सच्चिऔं

२८ भाद्र २०८२

२८ भदौ ,काठमाण्डौ ।

नयाँ सरकार गठन भएसँगै देशभर आम नागरिकको जनजीवन सामान्य बन्दै गएको छ । आन्दोलनपछि देशका विभिन्न क्षेत्रमा केही दिनअघिदेखि लगाइको कफ्र्यु र निषेधाज्ञा हटेको छ । सबै जनता आफ्नो पेसा व्यवसायमा संलग्न भएका छन् । युवापुस्तासहित सम्पूर्ण देशवासीमा नयाँ आशा पलाएको छ ।

Advertisement

शान्ति सुरक्षाको अवस्था सामान्य रहेको छ । भ्रष्टाचारविरुद्ध र सुशासन प्रवद्र्धनको नाराकासाथ अघि बढेको जेनजी पुस्ताको मागअनुरूप पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन भएको छ ।

आमनागरिकको चाहनाअनुरूप मुलुकमा शान्ति सुव्यवस्था र कानुनी राज्यको अनुभूति दिलाउँदै वर्तमान सरकारले तोकिएको समयसीमाभित्र निर्वाचन गराई सत्ता हस्तान्तरण गर्नेछ । फागुन २१ गतेलाई निर्वाचनको मिति तय गरिएको छ ।

अब जेनजीहरुको बलिदानीलाई सार्थक तुल्याउन देश जुर्मुर्याएको छ । विश्वले नै नेपालमा भएको नौजवानहरुको क्रान्तिको सर्हाना गर्दै साथ, समर्थन, सहयोग र सहकार्यलाई निरन्तरता दिने भन्दै नेपालको सम्बृद्धिको कामना गरेको छ ।

यी सबैतिरबाट आएका हौसला र जेनजी क्रन्तिलाई अब हामी सबै नेपालीले देश निर्माणमा लगाउनु पर्छ । अब देश बनाउने जिम्मा हाम्रै काँधमा आएको छ ।यसको सुरुवात युवाहरुले भनेजस्तै गरी नयाँ अन्तरिम सरकार गठन भइसकेको छ, यो सरकारले केही निश्चित म्यान्डेड पुरा गर्नुपर्ने छ । पक्कै पनि त्यो गर्छ भन्ने आश छ ।

अर्कातिर हामी जनताका तर्फबाट पनि आआफ्नो ठाउँबाट सच्चिएर, सकेको सबै गर्नुपर्छ । यसमा सबैभन्दा पहिला त हामीले आफूमा भएको निराशा, नकारात्मकता त्याग्नु पर्छ । सुरुवात हामीले जेनजी आन्दोलनका क्रममा भएका लुटपाट तथा चोरी गरिएका सामग्री फिर्ता गरेर पनि गर्न सक्छौ । यसका लागि साथ दिएको छ, जिल्ला प्रशासन कार्यालयले ।

प्रशासनले सार्वजनिक सूचना जारी गर्दै आन्दोलनको दौरानमा सरकारी कार्यालय र प्रतिष्ठानहरू तोडफोड, आगजनी गरी खाद्यान्न, जिन्सी, नगदलगायतका सामग्री चोरी तथा लुटपाट गरिएको उल्लेख गरेको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्वीर, भिडियो र सीसीटीभी फुटेजमार्फत ती घटनामा संलग्न व्यक्ति पहिचान भएको जनाइएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालद्वारा जारी सूचनामा भनिएको छ, ‘यस्ता कार्यहरू कानूनविपरीत छन् । सार्वजनिक सम्पत्तिको सुरक्षामा नागरिकको पनि दायित्व हुन्छ । यसकारण लुटपाट तथा चोरी गरिएका सम्पत्ति आजदेखि सात दिनभित्र स्वेच्छिक रूपमा प्रशासनमा फिर्ता गर्न अनुरोध छ ।’

प्रशासनले तोकिएको समयमा सामग्री नफर्काउनेलाई प्रचलित कानूनबमोजिम कडा कारबाही गरिने चेतावनीसमेत दिएको छ । आन्दोलनपछि सिर्जित राज्यविहीनताको मौका छोपेर अपराधमा संलग्नको पहिचान र नियन्त्रण गर्न चार वटै सुरक्षा निकायहरूले विशेष अपरेसन सुरु गरेका छन् ।

हत्या, लुटपाट, आगजनी, तोडफोडलगायत अपराधमा संलग्न व्यक्तिका सूचना भए उपलब्ध गराउन प्रहरी प्रधान कार्यालयले सार्वजनिक अपिल गरेको छ । नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी तथा सम्बन्धित कारागार कार्यालयहरूले पनि तोडफोड र आगजनी गरेर कारागार÷बन्दीगृहबाट भागेका कैदीबन्दीलाई फिर्ता हुन अपिल गरिसकेका छन् ।

प्रदर्शन, तोडफोड र आगजनी गरेर १४ हजार ४३ कैदीबन्दी तथा थुनुवा भागेकामा करिब ३ हजार मात्रै पक्राउ परेका छन् । बाँकीको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । भागेका कैदीबन्दी भारत जान सक्ने भन्दै नेपाल–भारत सीमा नाकामा पनि कडाइ गरिएको छ । केही कैदीबन्दी भारतबाटै पक्राउ परिसकेका छन् ।

जेन–जी आन्दोलनपछि भड्किएको हिंसाको मौका छोपेर काठमाडौं उपत्यकाका विभिन्न प्रहरी युनिटबाट मात्रै गोली लोड गरिएकासहित २८ नाल घातक हतियार लुटिएका छन् । प्रहरी स्रोतका अनुसार उपत्यकाबाट एलएलआर ६ थाल, इन्सास ४ नाल र थ्री नट थ्री राइफल १८ नाल लुटिएका हुन् ।

काठमाडौंको महाराजगन्ज प्रहरी वृत्तका तीन जना प्रहरीको जलेर ज्यान गएको छ । हतियारसहित विभिन्न सुरक्षा उपकरण पनि लुटपाट भएको छ । प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना जारी गर्दै प्रदर्शनका क्रममा लुटिएका हातहतियारलगायतका सुरक्षा उपकरणहरू फिर्ता गर्न अपिल गरेको छ ।

‘नेपाल प्रहरीलगायत अन्य सुरक्षा निकायका हातहतियार सञ्चार साधन, सवारीसाधन, असबाब, अन्य भौतिक साधनहरू नियन्त्रणमा लिएको वा कतै फेला पार्नुभएको छ भने उक्त हातहतियारलगायत अन्य सामग्रीहरू स्थानीय प्रहरी वा सुरक्षा निकायको कार्यालय वा जिल्ला प्रहरी कार्यालय वा प्रहरी कन्ट्रोल ‘१००’, टोल फ्री नम्बर ‘१६६००१४१५१६’ वा नेपाल प्रहरी प्रधान कार्यालयको सम्पर्क नम्बर ‘९८५१२९३४५९’ मा सम्पर्क गरी फिर्ता गर्न,’ सूचनामा अनुरोध गरिएको छ ।

प्रहरीका यही व्यहोरा समेटिएका सूचना नेपाली सेना र सशस्त्र प्रहरीले पनि जारी गर्दै कैदीबन्दी फिर्ता हुन्, लुटिएका हतियार फिर्ता गर्न आह्वान गरेका छन् । त्यसयता नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले फरार कैदीबन्दी र लुटपाट भएका हतियारको खोजीमा परिचालन गरेका छन् । हिंसा भड्किएपछि नेपाली सेनाको कमान्डमा सेना, प्रहरी र सशस्त्रको संयुक्त फौज देशभर परिचालित छ । त्यस क्रममा केही हतियारहरू नियन्त्रणमा लिइए पनि ती हतियार प्रदर्शनका क्रममा लुटिएका हुन् वा अरू नै भन्ने यकिन भइसकेको छैन । प्रहरी प्रधान कार्यालयका एक अधिकारीले अहिलेसम्म विभिन्न किसिमका २८ नाल हतियार लुटिएको र यसको खोजी कार्य जारी रहेको जानकारी दिए । उपत्यकाका विभिन्न प्रहरी युनिटहरूमा आगजनीपछि प्रदर्शनकारीले प्रहरी पोसाक तथा सुरक्षा सामग्री प्रदर्शन गरेका भिडियोहरू पनि बाहिरिएका थिए । प्रहरी, सेना र सशस्त्रले बिहीबार नै सुरक्षाकर्मीका पोसाक दुरुपयोग नगर्न सूचनामार्फत अपिल गरिसकेका छन् ।

हिंसा भड्किएको मौका छोपी कारागारमा तोडफोड र आगजनी गरेर भागेका कैदीबन्दीहरूलाई पनि फिर्ता हुन प्रशासन र सुरक्षा निकायहरूले अपिल गरिसकेका छन् । भागेका कैदीबन्दी र थुनुवामध्ये शुक्रबार साँझसम्म करिब ३ हजार जना पक्राउ परिसकेका छन् ।

यसमध्येका केही आफैं सम्पर्कमा आएपछि कारागारमै पठाइएको र बाँकीलाई विभिन्न जिल्लाका इलाका र राजमार्ग क्षेत्रबाट पक्राउ गरिएको हो ।

प्रहरीले बिहीबार जारी गरेको सूचनामा भनिएको छ, ‘देशभर भएको प्रदर्शनका क्रममा नेपाल प्रहरीका विभिन्न कार्यालय र इलाकाहरू तथा कारागार कार्यालयमा भएको तोडफोड÷आगजनीपश्चात् अनुसन्धानका क्रममा हिरासतमा रहेका अभियुक्तहरू र अदालतबाट तोकिएको सजाय भुक्तान गर्न कारागारमा रहेका कैदीबन्दीहरू भागी निस्केकाले त्यस्ता अभियुक्त र कैदीबन्दीलाई सम्बन्धित जिल्लाको जिल्ला प्रहरी कार्यालय, स्थानीय प्रहरी इकाइ वा अन्य सुरक्षा निकायको स्थानीय कार्यालयहरूमा समेत यथाशीघ्र सम्पर्कमा आउन हुन अनुरोध गरिएको छ ।’

विभिन्न अपराध अभियोगमा पुर्पक्षमा रहेकादेखि जन्मकैद सजाय पाएकासम्मका कैदीबन्दी भागेका कारण उनीहरूबाट समाजमा थप सुरक्षा चुनौती बढेकाले जतिसक्दो छिटो लुटिएका हतियार नियन्त्रणमा लिने र भागेका कैदीबन्दीलाई पहिलेकै ठाउँमा फर्काउनुपर्ने अहिलेको चुनौती रहेको एक प्रहरी अधिकृतको भनाइ छ ।

काठमाडौं उपत्यकाभित्र मात्रै राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, प्रधानमन्त्री कार्यालय सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत प्रदर्शनपछिको हिंसाका क्रममा जलेर नष्ट भएका छन् । सरकारी र सार्वजनिक सम्पत्ति÷संरचनाबाहेक उद्योग÷प्रतिष्ठान तथा व्यक्तिका भौतिक सम्पत्तिमा पनि सुनियोजित तोडफोड, आगजनी र लुटपाट भएका छन् ।

यसबाहेक काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुसहित उपत्यकाभित्र मात्रै दर्जनौं प्रहरी युनिटहरू जलेर खरानी भएका छन् । प्रहरी प्रधान कार्यालयले शुक्रबार सार्वजनिक अपिल जारी गर्दै आपराधिक गतिविधिमा संलग्नको तस्बिर, भिडियोलगायत उपलब्ध गराउन आग्रह गरेको छ ।

‘यही भदौ २३ र २४ गते काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा भएको विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा घटेका विभिन्न अप्रिय घटना, आगजनी, लुटपाट, आम सर्वसाधारणमा त्रास सिर्जना हुने किसिमका अन्य विविध घटनाहरूसँग सम्बन्धित तस्बिर, भिडियो तथा विभिन्न सामाजिक सञ्जालका लिंकहरू तपाईंहरूसँग छ भने कृपया हामीलाई पठाई सहयोग गर्नु हुन अनुरोध गर्छौं,’ सूचनामा भनिएको छ ।

Advertisement

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top